Author: Transparentgroup
काठमाडौँ । किसानलाई पर्याप्त मलखाद सहजरुपमा उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद प्रभु साहले वर्षायाम सुरु भएसँगै किसानहरुलाई मलखादको अभावमा खेती लगाउन समस्या भएकोतर्फ सभामुखमार्फत सरकारको ध्यानार्कषण गराएका हुन् । आमजनता पार्टीका सांसद साहले खेतीबालीको समयमा सरकारले रासायनिक मल उपलब्ध नगराउँदा किसानहरु महँगो शुल्कमा मल खरिद गर्न बाध्य भएको गुनासो गरे । “ मल खरिद र वितरणको जिम्मा केन्द्र सरकारको हो कि हैन रु”, सांसद साहले भने, “३० लाख हेक्टर जगा जहाँ ११ लाख मेट्रिक टन खाद आवश्यक पर्नेमा पाँच लाखको मात्र ठेक्का गर्छ । त्यसमा पनि तीन मेट्रिक टनमात्र भित्रिएको छ ।”…
काठमाडौँ, २४ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानर्कषण गराएका छन् । सांसदहरूले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदन व्यक्त गरेका हुन् . बैठकको शून्य समयमा सांसदहरूले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको द्वन्द्वमा नेपाल सरकारको कूटनीतिक कौशलता, सडक, पुल निर्माण, खानेपानीको अभाव, विद्युत् प्राधिकरण घाटामा गएको सन्दर्भलगायत सासामयिक विषयमा ध्यानार्कषण गराए । सांसद नारायणप्रकाश (एनपी) साउदले भारत र पाकिस्तानबीच पछिल्लो समय विकसित सम्बन्धको वर्तमान स्थितिमा पाकिस्तानी उच्चस्तरीय सैन्य प्रतिनिधिको नेपाल भ्रमण तत्कालका लागि स्थगन गर्न सुझाव दिए । सांसद डोलप्रसाद (डिपी) अर्यालले भारतमा बसोबास गरिरहेका नेपालीका विषयमा सरकार संवेदनशील हुन आग्रह गरे…
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रम्हले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको बताएएका छन् । गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेशका अवसरमा आज गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा उनले इतिहासका अनेक घटनाको साक्षीका रूपमा गोरखापत्रले राष्ट्रलाई योगदान गरेको बताउँदै अहिले सरकारले लिइरहेको ‘समृद्ध नेपाल, सुखी नेपाल’ को को राष्ट्रिय आकाङ्क्षा गोरखापत्रले पहिलो दिनको प्रकाशनमै ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया‘’ को उद्घोषबाट आरम्भ गरेको स्मरण गरे । “राणा र राजतन्त्रकालमा शासकविरोधी कुनै सङ्केतसम्म पनि छाप्न नपाइने स्थिति थियो । अहिले हामी स्वतन्त्र छौँ । अहिले प्रधानमन्त्रीबाट गोरखापत्रलाई कुनै दबाब, निर्देशन, इशारा केही…
काठमाण्डौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री एनपी साउदले पाकिस्तानी उच्चस्तरीय सैन्य टोलीको नेपाल भ्रमणको समयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकमा मन्त्री साउदले भारत र पाकिस्ताबीचमा विकसित परिस्थितलाई सरकारले नजरअन्दाज गरेको बताएका हुन्। ‘छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको देखिन्छ,ु बैठकमा साउदले भने, ‘भ्रमण पूर्वनिर्धारित नै भएपनि वर्तमान स्थितिका बारे संवदेशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो।’ भारतको जिम्मु काश्मिर स्थित पहलगाम घटनामा आस्थाका आधारमा नेपालीको ज्यान जाने गरी घटना भएको उल्लेख गरे। विश्वव्यापी आतंकवादी आक्रमणबाट…
काठमाडौँ । नेपाल सरकार अन्तर्गतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागिता सम्झौता सम्पन्न भएको छ । आज खानेपानी मन्त्रालय सिंहरबारमा एक कार्यक्रमको आयोजना गरी खानेपानी मन्त्रालयका सहसचिव ई रमाकान्त दुवाडी र कर्णाली प्रदेश सरकार, जलस्रोत तथा उर्जा विकास मन्त्रालयका तर्फबाट प्रदेश सचिव इन्द्रदेव भट्टले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै खानेपानीमन्त्री प्रदीप यादवले भने, “यो सम्झौता संघीयता अन्तर्गत तीन तहका सरकारहरूबिच समन्वय र सहकार्यको उत्कृष्ट नमुना हो । खानेपानी क्षेत्रको सुशासन प्रवद्र्धन तथा पूर्वाधार विकासका लागि लागत साझेदारीमा…
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रवक्ता समेत रहेका उपाध्यक्ष प्रकाश ज्वालाले सम्पत्ति विवरण सार्वजनिक नगरेकोप्रति असन्तुष्टि जनाए। देशमा अनियमित, कुशासन, सरकारी कार्यालयमा ढिलासुस्ती, महंगी बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पठाउने खोजेको हो रु भन्दै प्रश्न गरे। उनले सर्वसाधारणलाई सिंहदरबार छिर्नका लागि चाहिने पासको व्यवस्था हटाउन पनि माग गरे। उनले कुशासनको अर्को नमूना सिंहदबार गेटमा देखिने बताए।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले उर्जामन्त्री दिपक खड्कालाई सदनमा उभिएर नेपाल विद्युत प्राधिकरणको नाफा/घाटाबारे जवाफ दिन सदनमार्फत माग गरेकी छिन् । उनले भनिन्,‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफा भएको विद्युत प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा छ भनिएको सुनिएको छ, यस विषयमा सदनमा आएर उर्जामन्त्रीज्यूले स्पष्टीकरण दिनको लागि माग गर्न चाहन्छु ।’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकारले गभर्नर नियुक्तीको लागि लामो समय खर्चिएको भन्दै प्रश्न उठाईन् । मेरिटोक्रेसीको आधारमा गनर्भर नियुक्ती गर्न सकिने भएकोले त्यसमा विलम्ब हुनु गलत भएको उनको टिप्पणी छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको विषयमा कांग्रेस र एमालेको फरक मत देखिएको छ । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा सर्वसम्म्त कार्यसमिति चयन गरेको छ ।उक्त अधिवेशनमा डा. बद्रि केसी नेतृत्वको टिम सहभागी भएन । अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री डा. आरजु राणाले गरेकी थिईन् । क्लोजिङ सेरोमनीमा भने विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पुगेका थिए । सो सम्मेलनलाई लिएर एमाले नेतृत्व पँक्ति भने असन्तुष्ट छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री डा. राणालाई समेत एकता अधिवेशनमा नजान भनेको कुरा बाहिरिएको छ । तर, राणाकै जोडबलमा महेश श्रेष्ठ अध्यक्ष बनेको…
काठमाडौं । उप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंह बैद्यसहित १७ जनाविरुद्ध बालमन्दीरको जग्गा हिनामिनामा मुद्दा चल्ने भएको छ। महान्यायाधिवक्ता रमेश बडालले सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए। यसअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा चलाउन नपर्ने रायसहित उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा फायल पेश गरेको थियो। तर महान्यायाधिवक्ताले फायल अध्ययनपछि मुद्दा चल्ने निर्णय गरेका हुन्।महान्यायाधिवक्ताको निर्णयसँगै अब जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गरेर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ। यसअघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी ) ले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल…
काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने भएका छन्। राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक यही वैशाख २८ गते (आइतबार) दिउँसो १:१५ बजे बस्ने छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन्। रासस
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क