Author: Transparentgroup

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले बुधबार टेस्ट क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन् । भारतले अर्को महिना गर्ने इंग्ल्यान्ड भ्रमणअघि रोहितको यो निर्णय बाहिर आएको हो । तर उनले ५० ओभरको क्रिकेट भने खेलिरहने छन् ।रोहितले भारतका लागि ६७ टेस्ट खेलेका छन् । त्यसमा उनले ४ हजार ३ सय १ रन बनाएका छन् । त्यसमा १२ शतक समावेश छ । त्यसमध्ये उनको सबैभन्दा उच्च व्यक्तिगत स्कोर २ सय १२ रहेको छ । यो उनले सन् २०१९ मा दक्षिण अफ्रिकाविरुद्ध खेलमा बनाएका थिए । उनको औसत भने ४० माथि रहेको छ । ‘टेस्ट क्रिकेटमा भारतको प्रतिनिधित्व गर्न पाउने पनि आफैंमा ठूलो सम्मान हो,’ ३८ वर्षीय रोहितले…

Read More

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ। बुधबार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको गाउँपालिका–२ का वडाध्यक्ष आलम अंसारीले जानकारी दिए। स्थानीयवासीले चन्दा सङकलन गरी खरिद गरिएको बस विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए। गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले विद्यालयका प्रधानाध्यापक समिमअख्तर फलाहीलाई बसको साँचो हस्तान्तरण गरे। स्थानीयवासीले विद्यालयलाई चन्दा सङ्कलन गरेर बस हस्तान्तरण गरेकामा धन्यवाद दिँदै उनले शिक्षा यो प्रवर्द्धनतर्फको ऐतिहासिक कदम भएको धारणा राखे। ‘हामीले गाउँपालिकालाई शिक्षामैत्री बनाउने प्रतिबद्धता गरेका छौँ। सोहीअनुसार सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यमार्फत शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ’, अध्यक्ष आजादले भने।…

Read More

काठमाडौँ । ‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तरराष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि आजै भएको हो । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र…

Read More

काठमाण्डौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे सो बैठक बस्ने भएको हो।आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने छ। गत वैशाख २२ गतेदेखि सरकारको नीति तथा कार्यक्रममाथि निरन्तर छलफल चलिरहेको छ। गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।

Read More

काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो। भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ। मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए। भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए। ुआन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र…

Read More

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौबजीलाई दिइएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक, स्वयम्भूले डीआईजी धौबजीलाई बुधबारदेखि प्रवक्ताको जिम्मेवारी दिएको हो । सशस्त्र प्रहरीको सम्पूर्ण गतिविधिबारे जानकारी दिन धौबजीले भूमिका खेल्ने बताइएको छ । यसअघिका प्रवक्ता डीआईजी कुमार न्यौपानेको बराह बाहिनी सुनसरीमा सरुवा भएको थियो । न्यौपानको ठाउँमा छिन्नमसता बाहिनी मुख्यालय महोत्तरीबाट सरुवा भएर आएका डीआईजी धौबजीलाई जिम्मेवारी दिइएको हो ।

Read More

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ । आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा मारेको हो । अख्तियार स्रोतका अनुसार बुधबार छापा मारेर आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिइएको छ । निजी ऊर्जा उत्पादकहरूको संस्था ( इप्पान ) का पदाधिकारीका अनुसार हरेक कम्पनीको आईपीओ निष्कासनमा सर्वसाधारणलाई सेयर जारी हुने रकमको ५ प्रतिशतका दरले कमिसन माग गर्ने गरिएको छ । ४३ जलविद्युत् कम्पनीको आईपीओ स्वीकृति क्रममा रहेकामा त्यसमध्ये ४२ कम्पनीसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पठाएका भनिएका व्यक्तिहरूले रकम माग…

Read More

काठमाण्डौं । पछिल्लो समय बिकशित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतिय समकक्षी सशस्त्र सीमा बल ९एसएसबि०सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तिब्रता दिएको छ । यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिएको छ । अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिईएको छ, भने बाहिनी मुख्यालयहरुले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका…

Read More

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार बस्नेगरी बैठक बोलाएका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पर्सि बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ। बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए। बैठकले भारत र पाकिस्तान युद्धमा पार्टीको धारणा पनि तय गर्नसक्ने सुनाए। सत्तारुढ दल एमालेसँग कुरा नमिल्दा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ। बैठकमा त्यसबारेमा पनि छलफल हुने जनाइएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति पनि कांग्रेसभित्र मिश्रित प्रक्रिया आइरहेको छ।

Read More

काठमाडौं । लामो कसरतपछि राजावादी शक्तिहरु अन्ततः एक ठाउँ आइपुगेका छन् । उनीहरुले भोलि संयुक्त साझा आन्दोलन कार्यक्रम घोषणा गर्ने तयारी छ । बेग्लाबेग्लै गरेका आन्दोलनहरु अपेक्षितरुपमा प्रभावकारी हुन नसकेपछि राजावादीहरु सहकार्यमा आउन बाध्य भएका हुन् । यसअघि जुँगाको लडाईंले गर्दा राजावादी नेताहरुले एक–अर्काको अस्तित्व स्वीकार्न सकिरहेका थिएनन् । साझा आन्दोलन गर्नुपर्नेमा सबै सहमत भए तापनि कसले नेतृत्व गर्ने भन्नेमा हानाथाप थियो । अहिले राजावादीलाई एक ठाउँमा ल्याउन ल्याउन निर्मल निवासले पनि भूमिका खेलेको बुझिएको छ । भोलिको आन्दोलन घोषणा नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गर्न लागेको हो । आन्दोलन घोषणा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र…

Read More