Author: Transparentgroup
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुख्य बाली धान रोप्ने तयारी भइरहेका बेला किसानहरूले मलको अभाव झेल्नुपरेको बताए। उनले भने, ‘हरेक वर्ष जब मुख्य बाली धान रोप्न तयारी हुन्छ, किसानले समयमा पर्याप्त मल पाउँदैनन, कोटा प्रणाली मार्फत मल वितरण हुन्छ तर त्यो व्यवहारीक र सहज छैन, किसानले ५० किलो मल माग गर्दा मुस्किलले ५ किलो मात्रै पाउँछन्।’ सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १६ मा ज्यादै लोकप्रिय प्रकारको कार्यक्रम अगाडि सारिएको भएपनि किसानकहाँ जाँदा किसानहरुले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको…
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायको विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । पीडितलाई केन्द्रविन्दुमा राखेर मात्र संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याइने उनको भनाइ छ । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा लेखकले संक्रमणकालीन न्यायको विषय गम्भीर र अत्यन्तै महत्वपूर्ण भएको बताए । ‘संक्रमणकालीन न्यायसम्बन्धी विषय अत्यन्तै महत्वपूर्ण र गम्भीर भएकाले योसँग सम्बन्धित कानुनलाई पूर्णता दिएका छौं । यसअघि, कानुनले पूर्णता नपाउँदा मुद्दा सम्बोधन हुनसकेको थिएन । अब पीडितलाई न्याय दिने गरी संक्रमणकालीन न्याय टुंगो लगाइनेछ,’ उनले भने । यौनजन्य हिंसाका पीडित धेरै रहेको चर्चा गर्दै उनले बलात्कार र यौनजन्य हिंसामा कुनै मेलमिलाप हुन नसक्ने स्पष्ट…
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले इतिहासकै सबैभन्दा ठूला दल मिलेर बनेको सरकारले सामाजिक गतिशीलतालाई बुझेर नीति तथा कार्यक्रम ल्याउन नसकेको बताएका छन् । आज ९बिहीबार० प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैउनले आम जनतामा निराशा, असन्तुष्टि र नकरात्मकता निर्माण भइरहेको अवस्थामा सरकारले नीति तथा कार्यक्रममार्फत नयाँ दृष्टिकोण र विचार दिन नसकेको बताएका हुन् । ‘अहिले पहिलो र दोस्रो सबैभन्दा ऐतिहासिक दलहरुबाट निर्मित सरकारले दुःखको साथ मैले भन्नुपर्छ, सामाजिक गतिशीलता जतातिर गइराखेको छ, त्यो गतिशलतालाई बुझ्न सकेन । आम जनतामा निराशा, असन्तुष्टि र अराजकतापूर्ण नकारात्मक स्थितिको निर्माण भइरहेको छ । त्यसलाई नयाँ दृष्टिकोण र विचार राज्यले दिनुपर्ने थियो…
काठमाडौं । नेकपा ( माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले भारत र पाकिस्तानको विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेका छन् । आज ( बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् । ‘पछिल्लो समय भारत र पाकिस्ताबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा के हो ? माग गर्दछु,’– उनले भने । पछिल्लो समय जम्मु कश्मिरमा भारत र पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भइरहेको छ । कश्मिरको पहलगाममा आतङ्कवादी हमला हुँदा एक नेपालीसहित २६ जना मारिएका थिए । उक्त घटनापश्चात भारतले पनि पाकिस्तानविरुद्ध कारबाही सुरु गरिसकेको छ । साथै,…
काठमाडौँ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा दिवङ्गत भएका चलचित्रकर्मीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । सो कोषमार्फत तीन जना बिरामी र एक जना मृतक चलचित्रकर्मीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए । “हामीले यसअघि पनि आवश्यक परेकालाई सहयोग गरिरहेका छौँ । यो हाम्रो दायित्व र कर्तव्य पनि हो । चलचित्रकर्ममा लाग्नुभएकालाई आवश्यक पर्दा सहयोग गर्न नै हामीले कोषको स्थापना गरेका हौँ”, अध्यक्ष डिसीले स्पष्ट गरे । उनका अनुसार मस्तिष्कमा रक्तस्राव भई ग्रिनसिटी अस्पतालमा उपचाररत निर्देशक सन्तोष ढकालको परिवारलाई एक लाख, दिवङ्गत प्राविधिक श्रीकृष्ण तिमल्सिनाको काजक्रियाका लागि परिवारलाई ५० हजार, खुट्टा…
काठमाण्डौं । संघिय संसद अन्तगर्त प्रतिनिधि सभाको बैठक आज शुरु भएको छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक शुरु भएको हो। बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा सांसखदहरुले आ–आफ्नो धारणा राखीरहेका छन् । आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने छ। गत वैशाख २२ गतेदेखि सरकारको नीति तथा कार्यक्रममाथि निरन्तर छलफल चलिरहेको छ। गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज ९बिहीबार० साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ । आज बस्ने बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नसक्ने बताइएको छ । विगत एक महिनादेखि नेपाल रुाष्ट्र बैंक गभर्नरविहीन छ । सत्तारुढ दलबीच भागबण्डा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिमा सहमति जुटिसकेको छ । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा।गुणाकर भट्टलाई देउवाले गभर्नर बनाउन चाहेपनि उनको राजीनामा स्वीकृत नभइसकेकाले समस्या आएको पाइएको छ । कांग्रेसले भट्टपछि भावी गभर्नरको सूचीमा ज्ञानेन्द्र…
काठमाडौँ । काठमाडौँको तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने वर्ष २३ की नगिना तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । दुर्घटनामा तीन जना घाइते भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ । मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने वर्ष २७ को पदम थापा मगर, भ्यान चालक काभ्रे मण्डन देवपुर घर भई हाल शान्तिनगर बस्ने वर्ष ३५ का रत्न बहादुर सार्की र बसमा सवार दोलखा घर भएकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।…
काठमाडौं । नेपाल आर्मीको विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई हराउँदै राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि उचालेको हो । ललितपुरस्थित च्यासल फुटबल मैदानमा सम्पन्न फाइनलमा आर्मीले गण्डकीलाई २–० ले हराउँदै उपाधि उचालेको हो। आर्मीको लागि राजेन्द्र कार्की र अम्बरबहादुर गुरुङले गोल गरे। खेलको २२औं मिनेटमा राजेन्द्रले गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफको ४३औं मिनेटमा अम्बरबहादुरले गोल गर्दै अग्रता दोब्बर बनाए। राजेन्द्र प्लेयर अफ द म्याच भए। प्रतियोगिताको इमर्जिङ प्लेयर एपिएफका पवन माओ, बेस्ट डिफेन्डर रन्जित राउत र बेस्ट किपर गण्डकीका जोशन राई घोषित भए। बेस्ट स्कोरर आर्मीका काशिराज राई र राजेन्द्र कार्की भए। दुवैले समान ६ गोल गरेका थिए।…
काठमाण्डौं । दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ । मोहिनी एकादशीका नामले चिनिने यसदिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताएको छ । ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङग निर्णायक समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिए । वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेतायुगमा रामचन्द्रले पनि गुरु वशिष्ठसँग प्रश्न गरेको बताइन्छ । सीता वियोगका बेला दुःख र कष्ट नाशका लागि भगवान् रामचन्द्र गुरु वशिष्ठसँग जिज्ञासा राखेपछि यसको महत्वबारे उनले प्रस्ट पारेको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क