Author: Transparentgroup
काठमाडौं । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको जावलाखेल भनिमण्डलस्थित रामबाघ महलमा केही बेरअघिबाट बैठक सुरु भएको हो। जेनजी विद्रोहले अध्यक्ष केपी शर्मा ओलीले सत्ताच्युत भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो। बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन केही बेरमा पेश गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको, प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको, शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशंका रहेको जस्ता विषय समेटिएको उनले बताए। केही दिनअघि मात्र बसेको सचिवालय बैठकले पार्टी ११ औं महाधिवेशनमा जाने निर्णय…
काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जेनजीका मागहरू अबको ६ वर्षपछि मात्रै पूरा हुने बताएका छन्। सभामुख देवराज घिमिरेसँगको कुराकानीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । संसद विघटन नभएको भए अहिलेकै संसदबाट संविधान संशोधन गरेर मागहरू पूरा गर्न सकिने भएपनि त्यो अवस्था नरहेको बताए। अब निर्वाचित हुने सांसदहरूले पनि आफ्नो कार्यकालको अन्तिमतिर मात्रै संविधान संशोधन गर्ने र जेनजीका मागहरू अबको ६ वर्षपछि मात्रै पूरा हुने अवस्था आउने बताए। अहिलेका प्रधानमन्त्री संविधानसम्मत बन्नुभएको प्रधानमन्त्री नरहेको बताए। वर्तमान सरकारका मन्त्रीहरू फागुन २१ मा निर्वाचन गरानेतर्फ भन्दा राजनीतकि दलहरूसँग मुठभेड गराउनेतर्फ उद्यत रहेको आरोप लगाए।…
काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिँदो सुरक्षा चुनौतीलाई ध्यान दिँदै एकैपटकमा १ सय ६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमान्ड जिम्मवारी बदली गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायब निरीक्षक ४९ जना गरी जम्मा १ सय ६८ अधिकृतको जिम्मेवारी बदली गरिएको हो। मुख्यालयले कमान्डमा खटिने अधिकृतहरूको पहिले नै अनुमान सूची प्रकाशन गर्ने र सोही सूचीमा रहेका अधिकृतहरूलाई नै कमान्ड जिम्मेवारीमा खटाउँदै आएको छ। साथै विगतमा सीमा क्षेत्रमा खटिएर राजस्व संकलनमा उत्कृष्ट कार्य गरेका अधिकृतहरूलाई पनि कामान्डम प्राथमिकतामा राखेर जिम्मेवारी दिइएको…
काठमाडौँ । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय युवा सङ्घले मोटरसाइकल स्कर्टिङ गरेर जावलाखेलसम्म पुर्याएको छ । जावलाखेल स्थित पार्टी प्यालेस ९रामबाग महल०मा केन्द्रीय समितिकै बैठक बस्दै छ । गुण्डुबाट मोटरसाइकलमा स्कर्टिङ गर्ने कार्यक्रम तय भएसँगै ललितपुर प्रहरीले र्याली नगर्न आग्रह गरेको छ । जुलुस र र्याली नगर्न यसअघि नै जिल्ला प्रशासन कार्यालय मार्फत आग्रह गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए । उनले भने, ‘जुलुस नगर्नु भनेर यसअघि नै जिल्ला प्रशासन कार्यालयले आग्रह गरिसकेको छ ।’ उनका अनुसार र्याली जुलुस नगर्न तथा र्याली र जुलुसमा झण्डा प्रयोग नगर्न नेपाली काँग्रेस तथा नेकपा एमालेलाई जानकारी गरार्ई सकिएको…
जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का उपाध्यक्ष तथा लोसपा मधेस संसदीय दलका नेता जितेन्द्र सोनलले दाबी पेश गरेका छन् । मधेशमा नयाँ सरकार गठनका लागि कांग्रेस–एमाले इतर ५ दलको गठबन्धन बनेको थियो । सोनलले जनता समाजवादी पार्टी ( जसपा) नेपाल, जनमत पार्टी, नेकपा ( माओवादी केन्द्र) , लोसपा नेपाल र नेकपा ( एकीकृत समाजवादी ) का ५६ सांसद्का समर्थनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेश गरेका हुन् । मधेशमा जसपा नेपालको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८ र एकीकृत समाजवादीको ७ सांसद छन् । कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा नयाँ सरकार गठनको…
काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनकाबारे दलहरुसँग छलफल गरेका छन् । सभामुख घिमिरेले आज विहान ९ बजेदेखि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतकहरुसँग छलफल गरिरहेका छन् । सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा ( एमाले) , नेकपा ( माओवादी केन्द्र ) , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ( एकीकृत समाजवादी ) , जनमत पार्टी र जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई छलफलका लागि बोलाएका थिए । बैठकमा प्रमुख दलका तत्कालीन प्रमुख सचेतकहरू एमालेबाट महेश बर्तौला, कांग्रेसबाट श्याम घिमिरे, राप्रपाबाट ज्ञानेन्द्र शाही, माओवादीबाट हितराज पाण्डेलगायत सहभागी रहेका छन् । प्रतिनिधिसभा विघटन र अन्तरिम…
भद्रपुर। असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र डुबानका कारण यहाँको ५१२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको छ । उक्त क्षतिका कारण यहाँका ७४९ परिवार प्रभावित भएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भारीवर्षा र वर्षापछिको बढी र डुबानका कारण करिब रु सात करोड ६० लाख २८ हजार २२० बराबरको कृषिबालीमा क्षति भएको पुगेको हो। बाढीले सबैभन्दा बढी झापा गाउँपालिकाको वडा नं १, २ र ३ का ३६५ दशमलव २७ हेक्टर क्षेत्रफलमा लगाइएका धान, गहुँ र सागसब्जीमा क्षति गरेको उनले जानकारी दिए । यसैगरी केन्द्रले सङ्कलन गरेको विवरणअनुसार गौरीगञ्ज…
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि अन्तरराष्ट्रिय दिवस(२०२५ का अवसरमा सोमबारदेखि यहाँ आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन समापन गर्दै आज उनले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष विपद्को सामना गरिरहनुपरेको भन्दै यसका लागि प्रभावकारी व्यवस्थापन र सूचना प्रणाली आवश्यक रहेको बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रम समापनमा मन्त्री घिसिङले भने, “नदी प्रणाली र जल व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा विपद् व्यवस्थापनमा समस्या देखिएको छ…
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत भदौ मसान्तसम्म विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको हो । गत भदौ महिनामा मात्र एक खर्ब ७४ अर्ब ६७ करोड विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो दुई महिनामा खुद द्वितीय आय अर्थात् खुद ‘ट्रान्सफर’ तीन खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो…
काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले १० दलको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुृनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले भोलि विहान ९ बजेका लागि बैठक बोलाएका हुन् । सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा ( एमाले ), नेकपा ( माओवादी केन्द्र ) , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ( एकीकृत समाजवादी ) , जनमत पार्टी र जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई बोलाइएको छ । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा आज सर्वोच्च अदालतमा १० वटा रिट परेको छ । संसद् पुनर्स्थापनाको पक्षमा रिट परेपछि सभामुख घिमिरेले थप सक्रियता बढाएका हुन् । अब कसरी…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क