Author: Transparentgroup

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा नयाँ केही आएन भन्ने सांसदहरुको प्रश्नको एकमुष्ठ जवाफ दिएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले दिनु भएको १५ बुदे जवाफ जस्ताको तस्तै । १. गत वर्षको साउन ६ गते यस सम्मानित सदनमा संबोधन गर्ने क्रममा मैले “जहिल्यै काम भइरहेको झैं हुने तर कहिल्यै नसकिने” हाम्रो विकास निर्माणको कामका तरिकाप्रति ‘ओर्क इन प्रोग्रेस १’ भन्दै टिप्पणी गरेको थिएँ । हामीसँग रहेको सीमित स्रोत र विकासमा हामीले मार्नु परेको तीब्र फड्कोको बीचमा रहेका बिरोधाभाषलाई उल्लेख गरेको थिएँ । विकास(निर्माणको हाम्रो यस्तो ढाँचा, सुस्त गति र ‘ओर्क इन…

Read More

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच संघीय निजामती सेवा विधेयकमा मत बाझिएको छ । जसका कारण प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट उक्त विधेयक आइतबार पास हुन सकेन । आज उपसमितिले जुटाएको सहमति बमोजिम विधेयक पारित गरेर प्रतिनिधिसभामा पेस गर्ने तयारी गरिए पनि कांग्रेस र एमालेबीच कुरा नमिलेपछि पास हुन नसकेको हो । विशेषागरी कांग्रेस र एमालेबीच ‘अवकाशप्राप्त कर्मचारीको ‘कुलिङ पिरियड’ बारे कुरा मिल्न नसकेको बताइएको छ । कर्मचारी अवकाशपछिको नियुक्तिलाई व्यवस्थित गर्न कुलिङ पिरियड’को प्रावधान राख्न कांग्रेस र एमाले सहमत भए पनि कति वर्ष राख्ने भन्नेमा दुई दलबीच मतैक्यता हुन सकेको छैन । कांग्रेस कुलिङ…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकहरूको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन्। उनले आजपनि नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भए पनि वैदेशिक रोजगारमा रहेका नागरिकहरूको श्रमको सम्मान गर्न नसकेको आरोप लगाए। उनले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको तलबभत्ता विदेशबाट पठाइएको रेमिटेन्सले धानेको छ हामीले नुनको सोझो गर्नु पर्दैन ?  भन्दै प्रश्न गरे। वैदेशिक रोजगारीको नाममा आजपनि लाखौं मानिसहरू दलालबाट ठगिएको उनको भनाइ छ। वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकहरूको…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकको नेतृत्वको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा। विश्व पौडेलको नाम अघि सारेका छन् । पौडेल अहिले गभर्नर सिफारिश समितिका विज्ञ सल्लाहकारको रुपमा छन् । यसअघि देउवाले गभर्नरको लागि राष्ट्र बैंकमा निर्देशकको रुपमा काम गरिरहेका डा। गुणाकर भट्टको नाम अघि सारेका थिए । तर, उनको राजीनामा स्विकृत नहुँदा अहिलेसम्म नियुक्ती प्रक्रियामा नै सरकार पुग्न सकेको छैन् । डेपुटी गभर्नर निलम ढुंगानाले भट्टको राजीनामा स्विकृत नगर्दा समस्या उत्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीचको भेटवार्तामा गभर्नर कांग्रेसले अघि सारेको व्यक्ति बनाउनेबारे सहमति भएको बताईन्छ । देउवाले पार्टीको पदाधिकारी बैठक राखेरपनि प्रधानमन्त्री…

Read More

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी नदी दोहन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अध्यक्ष केसीले कर्मचारी र जनप्रतिनिधिको सेटिङ्गमा कालीगण्डकीमा दोहन भईरहेको बताए । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकीबाट बालुवा र ढुंगा जथाभावी झिक्ने काम जारी रहेको तर सरकार रमिते बनेको आरोप लगाए । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले दोहन नरोकिए कालीगण्डकी कोरिडोर भासिने चेतावनी दिए । तर सरकार यतातिर भन्दा पनि आफ्ना दलका जनप्रतिनिधिको बचाउमा लागीरहेको कसीको आरोप छ ।

Read More

काठमाण्डौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकामा भारत र पाकिस्तानको प्रशंसा गरेका छन्। आइतबार ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु। उनीहरूले सही समयमा बुद्धि र साहस देखाए र यो द्वन्द्व रोक्ने निर्णय गरे, नत्र लाखौँ निर्दोष मानिसहरूको मृत्यु र ठूलो क्षति निम्त्याउन सक्थ्यो।ट्रम्पले भारत र पाकिस्तानलाई यो ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न अमेरिका सक्षम भएकामा आफूलाई पनि गर्व महसुस भएको उल्लेख गरेका छन्। आफ्नो पोस्टमा उनले भारत र पाकिस्तानसँगको व्यापार बढाउने कुरा पनि गरेका छन्। साथै ट्रम्पले भारत र पाकिस्तानसँग मिलेर कश्मीर मुद्दाको शान्तिपूर्ण…

Read More

धनगढी । स्थानीय सेवा ऐन ल्याउन माग गर्दै सुदूरपश्चिमका स्थानीय सेवाका कर्मचारी आन्दोलित भएका छन्। प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक प्रदेश सभाबाट पारित गर्नुपर्ने माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। बैशाख २८ गतेदेखि विधेयक पारित नहुँदासम्म चरणबद्ध आन्दोलन गर्ने घोषणाअनुरुप आइतवार मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन्। बिहान ९ बजेदेखि ११ बजेसम्म मुख्यमन्त्री कार्यालय अगाडि प्रवेशद्वारमा धर्नामा बस्ने संघर्ष समितिका संयोजक झलक दौल्यालले बताए। स्थानीय सेवा ऐन ल्याउन पटकपटक आग्रह गर्दा पनि नल्याइएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनले बताए।

Read More

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसले आ–आफ्ना सांसदहरुलाई आज अनिवार्य रुपमा संसदमा उपस्थित हुनका लागि ह्वीप जारी गरेका छन् ।कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आ–आफ्ना पार्टी सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टी सांसदहरूलाई ह्वीप लगाएको छ । आर्थिक वर्ष २०८२र८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आजको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिने भएपछि कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टी सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । ‘वैशाख २८ गते ११ बजे बस्ने संसद् बैठकमा नीति तथा कार्यक्रम पारित गरिने हुँदा अनिवार्य उपस्थित…

Read More

काठमाण्डौं । आम जनता पार्टीले दलाल दलतन्त्रविरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको सचिवालय बैठकले दलीय गणतन्त्रको भण्डाफोर गर्दै जनताको जन गणतन्त्र स्थापना गर्न देशव्यापी कमाण्ड तोकेको छ। वर्तमान गणतन्त्र जनताको लागि नभई दलका नेता र तिनका आसेपासे झोलेहरूको लागि रहेको टिप्पनी गर्दै बैठकले यस्तो निर्णय गरेको हो। पार्टीले गणतन्त्र दिवसको सन्दर्भ पारेर ‘दलीय गणतन्त्रको भण्डाफोर गरौँ, जनगणतन्त्रको दिशामा अघि बढौँ’ भन्ने मुल नाराका साथ दलाल दलतन्त्रविरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्न लागेको आजपाका प्रवक्ता चन्द्र भुषण साहले आज जारी गरेको प्रेस विज्ञाप्तिमा उल्लेख छ। भण्डाफोर अभियान सञ्चालनका…

Read More

काठमाडौं । ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको मुग्लिन(नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । बिहान ७ बजेदेखि अवरुद्ध भएको सडक ट्रक हटाइ दुवैतर्फ सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । बिहानदेखि सडक खुलाउन  प्रहरी र सडक बिभागले काम गरेका थिए । अन्तत कोईला बोकेर पल्टेको ट्रकलाई पन्छाएसँगै सडक दुईतर्फी खुलेको हो । ट्रक अन्यत्र सारिएपछि सडक सुरु भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको उनले बताए । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका थिए । हाल सडक सुरु भए पनि लामो जामका कारण यात्रु सकसमा परेका छन् । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७…

Read More