Author: Transparentgroup
काठमाडौं। आज २,५६९औं बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ । स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ। स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए । बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै…
काठमाडौं, वैशाख २९ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६९औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको जयन्ती नेपालसहित विश्वभर मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात् निधन वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । बौद्ध धर्मावलम्बीले बुद्धलाई भगवानको रुपमा पुज्ने गर्दछन् । बौद्ध धर्मावलम्बीले…
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । आइतबार संघीय संसदमा अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । सीमित स्रोत साधनको परिचालनबाट विकास, सेवा प्रवाह र जनताको जीवनस्तरमा उल्लेखनीय सुधार भएको अर्थमन्त्रीले बताएका छन् । अहिले पनि मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउँदै नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशीलता र विकासमा तीव्रता हासिल गर्ने अभिभारा काँधमा रहेको उनको भनाइ छ । परिस्थितिमा विकासको ढाँचा, गति र संस्कृति बदल्न, राष्ट्रिय आवश्यकता अनुरूपको आर्थिक सुधार गर्न, उद्यमशीलता,…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते राजावादीहरूको एउटा बेलुन फुटिसकेको भन्दै जेठ १५ गते अर्को बेलुनमा हावा भर्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् । किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले ‘खबरदार’ भन्दै राजावादीहरूलाई आन्दोलनमा नउत्रन चेतावनी दिएका हुन् । राजसंस्था पुनस्र्थापना र हिन्दुराज्यसहितका माग राख्दै संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम तय गरेको छ । आजै मात्रै समितिले बैठक बसेर आन्दोलनका कार्यक्रमहरू तय गरेको छ । ‘सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा नहुने बताएका छन् । राजावादी पार्टी र संगठनहरूले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेर राजा फर्काउने भन्दै लागि रहेका बेला प्रधानमन्त्रीले राजावादीका सपना पूरा नहुने बताएका हुन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्रीले भने, ‘यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन ।’ प्रधानमन्त्रीले बदलिँदो समयलाई ख्याल गर्दै अघि बढ्न राजावादीहरूलाई आग्रह गरे । उनले इतिहासमा मिल्किसकेको राजतन्त्रको पछि लाग्न भन्दा संविधानअनुसार अघि बढ्न राजावादीहरूलाई सुझाव दिए…
काठमाण्डौं । संयुक्त जनआन्दोलन समितिले राजसंख्या पुनःस्थापनाको आन्दोलनलाई सफल बनाउन गाउँगाउँबाट सुझाव लिने भएको छ ।संयुक्त जनआन्दोलन समितिको आइतबार बसेको बैठकले आगामी जेठ १५ गतेदेखि सुरु हुने राजसंस्था पुनःस्थापनाको आन्दोलन सफल बनाउन सुझाव लिने निर्णय गरेको हो । संयोजक नवराज सुवेदीको अध्यक्षतमा बसेको बैठकले गरेको निर्णयमा भनिएको छ, मोर्चामा रहेका दल, संघसंस्था र अभियानहरूको काठमाडौं उपत्यकाव्यापी प्रदेश, जिल्ला, क्षेत्रिय अध्यक्ष र पालिका अध्यक्षहरू तथा वर्गीय संगठनका केन्द्रीय पदाधिकारीहरूको संयुक्त बैठक बैशाख २८ गते दिनको २ बजे राप्रपा केन्द्रीय कार्यालयमा गर्ने । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य्रप्रति आस्था राख्ने प्रवुद्ध व्यक्तिहरूको भेला जेठ ६ गते गर्ने । बैठकले चैत्र ४…
काठमाण्डौं । आगामी आर्थिक वर्ष २०८२र८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित भएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि दुवै सदनमा उठेको प्रश्नको छुट्टाछुट्टै उत्तर दिएपछि दुवै सदनले नीति तथा कार्यक्रम बहुमतबाट पारित गरेका छन्। दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभामा ध्वनी मतको सहायतामा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारले अब यहीँ नीति तथा कार्यक्रममा आधारित भएर आगामी जेठ १५ गते बजेट सार्वजनिक गर्नेछ।
काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले मनसुनजन्य विपद् प्रतिकार्यका लागि सरकारको तर्फबाट तयारी बढाउन अनुरोध गरेका छन् ।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै उनीहरूले अब मनसुन सुरु भइ देशव्यापी रुपमा प्राकृतिक विपद्का कारण धनजनको नोक्सानी व्यहोर्नुपर्नेतर्पm ध्यानाकर्षण गरे । सांसदहरूले विपद्का कारण हुने सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी तथा प्रतिकार्य र सर्तकता अपनाउन पनि सरकारको ध्यानाकर्षण गरे । उनीहरुले भारत र पाकिस्तानका बीच हिजो भएको युद्धबिरामको स्वागत गर्दै शान्ति र समृद्धिका पक्षमा समग्र विश्व एक हुनुपर्नेमा जोड दिए । सो अवसरमा सांसद नारायणदत्त मिश्रले बाढी तथा प्राकृतिक विपद्का कारण जोखिममा रहेका कैलाली जिल्लाको पूर्वी भेग टीकापुर र भजनी नगरपालिका लगायतका क्षेत्रलाई…
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई आर्थिक बर्ष २०८२र०८३ को बजेटका सन्दर्भमा सुझाव दिएको छ। अध्यक्ष चन्द्र ढकालले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई महासंघको तर्फबाट बजेट सुझाव पेस गरेका हुन्। महासंघले पूर्व बजेट छलफलको कार्यक्रम नै आयोजना गरी अर्थमन्त्री बिष्णु पौडेललाई५८ बुँदे बजेट सुझाव दिएका हुन् । नेपाल पछाडि पर्नुको मुख्य कारण सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी लगानी अत्यन्त न्युन हुनु कारण रहेकोले लगानीसम्बद्ध एकीकृत कानुन, एकमात्र सहजीकरण, नियमन गर्ने निकाय र एकीकृत सेवा पहिलो आवश्यकता भएको उनले बताए। त्यसैगरी लगानी दशक घोषणा गरी नीतिगत स्थायित्व र ठोस कार्ययोजना दोस्रो प्राथमिकता भएको भन्दै उनले कार्ययोजना निर्माणमा महासंघले सघाउने बताए।…
काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ‘डायबिटिजको बिरामीलाई मिठाई खुवाएको’ संज्ञा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद साहले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘यो नीति तथा कार्यक्रमलाई मैले एक शब्दमा भन्नुपर्दा डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै हो, राज्यको उच्च ओहोदामा बस्नेहरुले खुलेआम लुट्ने अनि भ्रष्टाचार गरेको पैसा विदेशमा थुपार्ने, अहिलेको मूल प्रवृत्ति भएको छ । लुटको पैसा, भ्रष्टाचारको कालो धन रोक्छौं र फिर्ता ल्याउँछौं भनेर प्रतिबद्धता हुनुपर्दथ्यो । त्यसरी नीति आउनुपर्दथ्यो । तर, यहाँ त ठीक उल्टो भएको छ, खुलेआम लैजानुहोस भन्नेखालको नीति तथा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क