Author: Transparentgroup

काठमाडौं । यो वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो। सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ। सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कुल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्। विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कुल ४५६ आरोहीले आरोहण अनुमति लिएका…

Read More

लुम्बिनी । सांस्कृतिक र ऐतिहासिक महत्वका प्राचीन कलाकृतिको संरक्षण, अभिलेखीकरण र संरक्षण गर्ने उद्देश्यले लुम्बिनी संग्रहालयमा स्थापना गरिएको ‘कन्जरभेसन ल्याब’को शुभारम्भ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्स, सांस्कृतिक मामिला अधिकृत एरिका अलेक्ज्याण्डर, लुम्बिनी प्रदेश र लुम्बिनी विकास कोषका अधिकारीहरू सो अवसरमा सहभागी रहे । दूतावास अन्तर्गतको संस्कृति संरक्षणका लागि राजदूत कोषले बुद्ध फाउण्डेसनलाई उपलब्ध गराएको २ लाख ४४ हजार ९६६ अमेरिकी डलरको अनुदानमा उक्त ल्याब तयार भएको हो । बृहत्तर लुम्बिनी क्षेत्रबाट सांस्कृतिक र ऐतिहासिक महत्वका प्राचीन कलाकृतिहरूको संरक्षण, दस्तावेजीकरण र संरक्षणको लागि उक्त अनुदान प्रदान गरिएको हो । कोषअन्तर्गतका…

Read More

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिदा मनाइरहेका निर्दोष नागरिकलाई धर्म सोधेर क्रुर हत्या गर्ने आतंककारीलाई कडा जवाफ दिइएको बताएका छन् । सोमबार बेलुकी राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले भने, ‘यो हमलापछि सिंगो देश, नागरिक समाज, राजनीतिक दल एकस्वरमा आतंकको विरुद्धमा कडा कारबाहीका लागि उठेका थिए, त्यसपछि हामीले आतंकवादलाई माटोमा मिलाउनका लागि भारतको सेनालाई जिम्मा दिएका थियौं ।’ त्यसक्रममा हरेक आतंककारी संगठनलाई ‘आफूहरूको बहिनी, छोरीको शिरबाट सिन्दुर हटाउनुको नतिजा के हुन्छ भन्ने सन्देश’ पुगेको उनले बताए । ‘अपरेशन सिन्दुर नाम मात्र होइन, देशको सयौं मान्छेको भावनाको प्रतिबिम्ब पनि हो’, उनले भने, ‘अपरेशन सिन्दुर न्यायको अखण्ड प्रतिज्ञा हो । ६ मेको…

Read More

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक बर्ष २०८२/८३ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र बजेट तर्जुमाका लागि प्रस्तुत सुझाव ग्रहण गर्दै आज उनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्व राम्रोसँग बुझेकै कारण सरकारले अधिकतम सहजीकरण गरिरहेको उल्लेख गरे । अर्थमन्त्री पौडेलले भने,“वर्तमान सरकार गठन भएलगत्तै निजी क्षेत्रले लामो समयदेखि भनिरहेका समस्या अन्त्य गर्न कानुन संशोधनलगायतका महत्वपूर्ण प्रयास भएका छन् । त्यसलाई कार्यान्वयन गर्न आवश्यक निर्णय लिएर अघि बढिरहेका छौँ । आर्थिक सुधार सुझाव आयोगले दिएको…

Read More

काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष एवं गणतन्त्र नेपालको प्रथम जननिर्वाचित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि अपमान गरेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा ( सोमबार)  सुरु भएको पार्टीको सहायक संगठन योङ्ग कम्युनिस्ट लिग ( वाईसीएल )  कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले कर्णालीमाथि गरेको अपमान सहन नसकिने बताएका हुन् । अध्यक्ष प्रचण्डले वर्तमान सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर यस प्रदेशका जनतामाथि फेरि विभेद, अपमान र अन्याय गर्न खोजेको बताए । उनले भने, ‘हामी कर्णाली जनतासँग मिलेर सरकारको यो रवैयाको विरोध गर्छौं,’– उनले भने ।…

Read More

काठमाण्डौं । पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा देखिएका छन् । अन्य सांसद सरह उनी प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा आशनग्रहण गरेका छन् । तर, प्रहरीको उनीतर्फ नजर गएको छैन । यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । विष्णु पन्थीविरुद्ध एक वर्ष अगाडि नै पक्राउ पूर्जी जारी भएको खुलेको थियो । मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष अगाडि उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि अहिलेसम्म पक्राउ परेका छैनन् । उनलाई अदालतको फैसला कार्यान्वयनमा अटेरी गरेको भन्दै ६ महिना कैदको सजाय तोकिएको छ । उनी लुम्बिनीका पूर्वस्वास्थ्यमन्त्री…

Read More

काठमाण्डौं । गभर्नर समितिका सदस्य अर्थविद् विश्व पौडेलले समितिबाट राजीनामा दिएका छन्। उनले इमेलमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राजीनामा पठाएका हुन्। अर्थमन्त्री सिफारिस समितिको संयोजक छन्। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरका रूपमा पौडेलको नाम सिफारिस गर्ने सहमति भएसँगै उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन्। अर्थविद पौडेलले आइतबार सोमबार राजीनामा बुझाउने जानकारी गराएका थिए। यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पनि गभर्नर बन्न राजीनामा दिएका थिए। तर लामो समयसम्म पनि उनको राजीनामा स्वीकृत नभएपछि सत्तारूढ दलले नयाँ गभर्नर सिफारिस गर्ने तयारी गरेको हो। पौडेल अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार र योजना आयोगका उपाध्यक्ष समेत भइसकेका छन्। उनले चितवन–१…

Read More

दमौली । राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आइपुगेका छन् । उनी व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

Read More

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हासिल गर्न सांस्कृतिक विविधता सहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताएका छन् । गौतमबुद्धको जन्मजयन्तीको अवसरमा आज शुभकामना, व्यक्त गर्दै उनले भनेका छन्, ‘त्यसैले इतिहासको रथलाई पश्चगमनतर्फ होइन, प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता हो ।’ बुद्धजयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण भएको उनको भनाइ छ । ‘शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम…

Read More

लुम्बिनी। भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्तीको बिशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित बुद्ध पूर्णिमा विशेष समारोह आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा कार्यक्रम हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए । विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय तथा प्रदेशमन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, कूटनीतिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरुको समेत सहभागिता रहने छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्युं०…

Read More