Author: Transparentgroup
काठमाडौं । जनमत पार्टीबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले प्रदेश सभाका सभामुखलाई राजीनामा पत्र लेखेर पठाएकी छन् । जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको गुरुङले उल्लेख गरेकी छन् । ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ, आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु,’– उनले लेखेको पत्रमा भनिएको छ । जनमत पार्टीले पनि सांसद गुरुङको राजीनामा स्वीकृत गरिदिन सभामुखलाई अनुरोध गरिसकेको बताइएको छ ।
ललितपुर । ललिपुरमा स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ।मंगलवार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो। महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरण गरे। ०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो। उनको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरेका थिए। कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताए। झनाख्य पार्कमा अब कुनैपनि शालिक नबनाउने मेयर महर्जनको भनाइ छ। झनाख्य पार्कमा…
काठमाडौं । भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग ( आईपीएल ) का खेलहरु १७ मे अर्थात् जेठ ३ गतेदेखि सुरु हुने भएको छ । फाइनल खेल भने ३ जुन अर्थात् जेठ २० गते हुनेछ । गत बिहीबार हिमाचल प्रदेशको धर्मशाला रंगशालामा पञ्चाब किङ्गस् र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पाकिस्तानतर्फबाट भारतीय भूमिमा आक्रमण सुरु भएको भन्दै बीचमै खेल स्थगित गरिएको थियो । सोमबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड ( बीसीसीआई) ले बाँकी खेलका नयाँ तालिका सार्वजनिक गरेको हो । आईपीएलको परिमार्जित तालिका अनुसार, १७ मेमा बेंगलुरु र कोलकाताबीचको खेल बेंगलुरुमा खेलिनेछ । लिग स्टेजको अन्तिम खेल लखनउ र बेंगलुरुबीच…
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानूनमन्त्री अजयकुमार चौरसियासिहत प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् । बैठकमा कानूनमन्त्री चौरसियासहित मुख्य सचेतकसमेत रहेका एमालेका महेश वर्तौला, माओवादीका हितराज पाण्डे र रास्वपाका सन्तोष परियार सहभागी छन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे काठमाडौं बाहिर भएकोले सहभागी भएका छैनन् । जेठ महिनाको संसदको क्यालेन्डर र पूर्वबजेटबारे छलफल गर्न सभामुख घिमिरेले बैठक बोलाएका हुन् । यो बैठक सकिए लगत्तै कार्यव्यवस्थाको बैठक बस्ने छ । आज दुवै संसदमा विनियोजन विधेयक ९बजेट०का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ । प्रतिनिध सभा बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभा बेठक आज दिउँसो सवा १…
बुटवल । ट्रक यातायात व्यवसायीहरूको समस्याका विषयलाई लिएर अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको कम्पनी अध्ययन समितिले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो। पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २४औँ वार्षिक साधारण सभाबाट बनेको कम्पनी अध्ययन कमिटीका संयोजक पङ्कज राईले अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। उनले यातायात क्षेत्रका विभिन्न समस्याहरूलाई आगामी आर्थिक वर्षमा समाधान गर्न आग्रह गर्दे विभिन्न ४ बुद्धे ध्यानाकर्षण पत्र बुझाएको बताए । उनले यातायात क्षेत्रका कम्पनीहरू विशुद्ध व्यवसायमुलक भएको हुँदा कम्पनी दर्ता गर्ने र अद्यावधिक गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दे उक्त सम्बन्धी केही समय अगाडी अदालतले समेत आदेश दिएको…
काठमाण्डौं । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज (मंगलबार) तेस्राे खेल खेल्दै छ। आजको तेस्राे खेलमा नेपालले हङकङ-चीनसँग खेल्ने छ। हङकङसँग भने याे दाेस्राे खेल हाे। थाइल्यान्डमा जारी क्वालिफायर खेलकाे पहिलाे दिन खेल मैदान भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे हाे। खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडेका थिए। तर, दाेस्राे खेलमा नेपाल बहराइनसँग भिडेको थियाे। जसमा नेपालले ९ विकेटले पराजित गरेकाे थियाे। नेपाली टोली इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा रहेका…
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । उहाँले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताउनुभयो । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको…
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२(८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ृकर प्रस्ताव बाहेके सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित…
काठमाण्डौं । भारतले पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ विमानस्थल खुला गरेको छ। सोमबार भारतको नागरिक उड्डयन प्राधिकरणले बन्द गरिएका ३२ वटा विमानस्थल खुला गरेको जनाएको छ। भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार बन्द गरिएको ३२ वटै विमानस्थल सोमबारदेखि नै पूर्ण रूपमा सञ्चालनमा आएको छ। शनिबार युद्धविराम घोषणा भएपछि पनि केही विमानस्थल सञ्चालनमा आएको थियो। सञ्चालनमा बाँकी रहेका विमानस्थलहरू सोमबारदेखि नै सञ्चालनमा आएको हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतीय नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेर सुरक्षा जोखिमलाई मध्यनजर गरेर ३२ विमानस्थल मे १५ सम्मका लागि बन्द गरिएको थियो।
हुम्ला । राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय हुम्लाको टोली गाउँगाउँमा पुगेको छ । पछिल्लो समय सरकारले सबै निकायमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेपछि जिल्ला प्रशासनको आग्रहमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले जिल्लाको तल्लो क्षेत्र ताँजाकोटबाट शिविर सञ्चालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्दले बताए । यही हिजो ९आइतबार० सुरु गरिएको राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्नेसम्बन्धी सेवा गाउँगाउँमा पुर्याएर हुम्लीवासी आमाबुवा, दिदी बहिनी तथा दाजुभाईका घरदैलोमा सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको उनले बताए। उक्त शिविर जिल्लाका सात वटै गाउँपालिकामा सञ्चालन गर्ने भएकाले राष्ट्रिय परिचयपत्र नभएका सबै नागरिकले आवश्यक पर्ने सक्कलै कागजात दुरुस्त गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क