Author: Transparentgroup

काठमाडौँ । मुलुकको विकास र समृद्धिका लागि मागका आधारमा सन्तुलित बजेट बाँडफाँटको आवश्यकता महसुस गरिएको छ । काठमाडौँमा आज पूर्वअर्थमन्त्री तथा आर्थिक क्षेत्रका जानकार सहभागी एक कार्यक्रममा उनीहरुले तीन तहका सरकारको समन्वय र सहकार्यमा विकासमा ढाँचा तयार पारी लागू गर्नुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरद्वारा संयुक्त रुपमा आयोजित ‘सङ्घीयताको कसीमा आव २०८२ र८३ को बजेट’सम्बन्धी छलफल कार्यक्रममा उनीहरुले बजेट निर्माणको चरणमा रहेको यो अवसरमा बजेटलाई छर्नुभन्दा आवश्यकताका आधारमा विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री डा बाबुराम भट्टराईले दिमागमा नै सङ्घीयता चाहिँदैन भन्ने सोचको विकास भइरहेको उल्लेख…

Read More

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा सांसद राईलाई पक्राउ गरिएको थियो । बुधबार बयान र थुनछेक बहस सकिएपछि उनलाई धरौटीमा छाड्न आदेश भएको हो । सांसद राई कुनै समय उक्त सहकारीको सहसचिव समेत थिइन् । उनी सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको खुलेको छ । राई आर्थिक वर्ष २०७३/ ७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४र७५ र २०७५र७६…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता पदम गिरीले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको टिप्पणी गरेका छन् ।बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर बाहेक)’ माथिको छलफलका क्रममा पूर्वमन्त्रीसमेत रहेका गिरिले विनियोजित विधेयकले जनतामा आशा जगाए पनि बजेटमार्फत कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण रहेको बताए । उनले भने, “विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता हेर्ने हो भने सरकार साच्चिकै मुलुकको विधमान समस्याप्रति गम्भीर छ भन्ने स्पष्ट हुन्छ । मुलुकमा आज जुन अर्थतन्त्रको अवस्था छ, यो वर्तमान अवस्थाबाट मुलुकलाई कसरी गतिशील…

Read More

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकको विद्यमान समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको बताएका छन् । बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उनले संरचनात्मक परिवर्तनसहितको क्रमभङ्गता अन्त्य गरी मुलुकलाई सङ्कटबाट जोगाउने किसिमले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । “राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुपमा परिवर्तन गरौँ, महँगो र भ्रष्टीकृत निर्वाचन प्रणाली फेरेर पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ, सांसदलाई कानुन बनाउन केन्द्रित गरौँ, मन्त्री संसद् बाहिरबाट नियुक्त गरौँ”, नेता श्रेष्ठले भने ।…

Read More

धुलिखेल । हिजो परेको अबिरल बर्षा र त्यस पछि आएको बाढीका कारण अवरुद्ध रहेको बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ। सोमवार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो। सडक खुलेसँगै आज दिउँसोदेखि यातायातका सम्पूर्ण साधन दुईतर्फी चल्न थालेको प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। रोशी खोलामा बाढी आएपछि सोमवार रातीदेखि सडक अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालय भक्तपुरको पहलमा प्रहरी र स्थानीयको सहयोगमा अवरुद्ध सडक खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले बताए। यसअघि गत वर्ष असोज १० देखि १२ गतेसम्म रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको विभिन्न…

Read More

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्त्व दिने बताएका छन् । केही समय अघिदेखि आर्थिक सुधार थालेका छौँ । त्यसबाट सकारात्मक नतिजाहरू पाइरहेका छौँ । आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्त्व दिनेछौँ,आगामी बजेटबारे विकास साझेदारहरूसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने, अध्यादेशबाट गरिएका कानुन संशोधनहरू, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावहरू, विभिन्न नीति तथा निर्णयहरू नीतिगत सुधारका महत्त्वपूर्ण पक्षहरू हुन् । अर्थमन्त्री पौडेलले विकास साझेदारहरूलाई आगामी बजेट विशेषगरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी गराए । स्रोत सुनिश्चितता हिसाबले…

Read More

विराटनगर । गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका रूपमा स्थापित गर्ने बताएका छन् । कारागार कार्यालय मोरङको नवनिर्मित भवन तथा संरचनाको आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले कारागारमा बस्ने कैदीबन्दीको समय सदुपयोग गरी आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले आधुनिकीकरणसहित कारागारलाई उद्योगग्रामका रुपमा रुपान्तरण गर्न लागेको स्पष्ट गरे । उनले प्रचलित कानुनी प्रावधानबमोजिम कारागारमा राख्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि कैदीबन्दीको मानव अधिकारप्रति सरकार संवेदनशील रहेको बताए । लोकतन्त्रमा सबै व्यक्तिको मानवअधिकार सुनिश्चित हुने प्रसङ्ग उल्लेख गर्दै उनले कैदीबन्दीको तुलनामा कारागार भवन कम भएको र आवश्यक पूर्वाधारसमेत नभएको भन्ने गुनासो सम्बोधन गर्ने पक्षमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिए । फरक प्रसङ्गमा…

Read More

काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश भएको छ । नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो । अभिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट पेश गरेका हुन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेको चर्चा छ । यही चर्चाबीच गभर्नर छनोट समितिका सदस्य रहेका पौडेलले आइतबार त्यसबाट राजीनामा दिएका थिए । यसअघि गभर्नर बनाउन सहमति जुटेको भनिएका डा। गुणकर भट्टविरुद्ध पनि सर्वोच्चमा रिट परेको छ । रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र…

Read More

काठमाडौं । प्रतिनिधि सभाले प्रि(बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ । आज, भोलि, जेठ १ गते र जेठ दुई गते गरी चार दिन छलफल हुनेछ । चार दिनमा १८ घण्टा छलफल गर्ने गरी समय निर्धारण गरिएको छ । पहिलो दिन आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा छलफल हुनेछ । जम्मा १८ घण्टा छलफल हुनेछ । यसमा नेपाली कांग्रेस र नेकपा एमालेलाई ५र५ घण्टा समय पाएका छन् । माओवादी केन्द्रले २ घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले ५० मिनेट पाएका छन्…

Read More

काठमाडौँ । नेकपा एमालेकी सांसद जुली महतो महासेठले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार ढल्छ भन्ने सोच्न दिवास्वप्न मात्रै भएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महतोले प्रतिनिधिसभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार स्थिर र जिम्मेवार सरकार भएको बताइन् । उनले भनिन्, ‘अहिले कांग्रेस र एमालेको स्थिर र जिम्मेवार सरकार छ । यो सरकार बनेसँगै सत्ताको खेल होइन स्थायित्वको युग सुरु भएको छ । कसैले सरकार ढल्छ भन्ने सोचेको छ भने त्यो दिवा स्वप्न हुनेछ ।’ उनले अव सत्ताको खेल नभई जनताले स्थायित्व र प्रगतिको अपेक्षा गरेका बताइन् । जनताको अपेक्षामाथि…

Read More