Author: Transparentgroup

काठमाण्डौं । सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको  पहिलो बैठकले सप्ताहव्यापी कार्यक्रममार्फत दिवस मनाउने निर्णय गरेको हो। बैठकले पर्वतारोहण, वातावरण संरक्षण, हिमाली संस्कृति प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवाह अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू तय गरेको छ। कार्यक्रममा हिमाली पदयात्रा, सांस्कृतिक प्रदर्शनी, सरसफाइ अभियान, अन्तरक्रिया गोष्ठी, फोटो प्रदर्शनी तथा विद्यार्थी लक्षित सचेतनामूलक गतिविधि समावेश गरिने छ। सो अवसरमा पर्यटनमन्त्री पाण्डेले सगरमाथा केवल भौगोलिक उच्चता नभई नेपाल र सम्पूर्ण विश्वको गौरव भएको उल्लेख गर्दै दिवसलाई सोही भावनासहित मनाउनुपर्ने आवश्यकता औँल्याए। उनले…

Read More

काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अप्ठ्यारो नहोस् भनेर उक्त सूचना जानकारी गराइएको बताए। मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म ९१९ दिन० सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ। वैकल्पिक सडक प्रयोग गर्न अनुरोध प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ,…

Read More

काठमाडौँ । सगरमाथा संवाद शुक्रबारदेखि सुरु हुँदै छ । नेपाल सरकारले सगरमाथा संवादलाई अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित यसै वर्षदेखि यो कार्यक्रम सुरु गर्न लागेको हो । सगरमाथा संवादको पहिलो ‘संस्करण जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा आयोजना हुँदै छ । सगरमाथा संवाद हरेक दुई वर्षमा फरक मुद्दाका उठानसहित सञ्चालन गरिने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । संवादको पहिलो संस्करणमा जलवायु परिवर्तन सम्बद्ध विषय उठान गरे जस्तै अन्य संस्करणमा ज्वलन्त वैश्विक मुद्दालाई बहसमा ल्याउने प्रयत्न गरिने छ । जसमा विश्व शान्ति प्रव्रिmया, समावेशी लोकतन्त्र, महिला सशक्तीकरण र समाजका सीमान्तकृत वर्गको उत्थानलगायतका विषयमा नेपालका सफलताका कथासँगै आवश्यक मार्गदर्शनमा सगरमाथा संवाद सहायक हुने विश्वास…

Read More

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । आर्थिक वर्ष २०८२/ ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ । सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जवाफ दिनुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो । प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि सोही प्रस्तावमा छलफल भइरहेको थियो । सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्यव्यवस्था…

Read More

काठमाण्डौं । आइसिसी विश्वकप लिग(२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ ( क्यान ) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रिय सदस्य छुम्बी लामा लगायतले बुधबार साँझ टोलीको बिदाइ गरेका हुन्। शृंखला अगाडि नेपालले बेलायतको स्थानियन टोली तथा स्टकल्यान्डको ‘ए’ टोलीसँग अभ्यास खेल खेल्नेछ । नेपाली टोली बुधबार साँझ ६ बजे बेलायत प्रस्थान गरेको हो। बिदाइ कार्यमक्रममा मुख्य प्रशिक्षक स्टुवार्ट ल र कप्तान रोहितकुमार पौडेल भने उपस्थित थिएनन् । क्यानका सचिव पारस खड्काका अनुसार व्यक्तिगत कारणले मुख्य प्रशिक्षक बेलयायत गएको र त्यही टोलीसँग जोडिने जानकारी दिए । उता,…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले भोलि शुक्रबारदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए । उनले नेपालको विकास र समृद्धिका लागि चीनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गरे । प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत र समस्यारहित एवं हार्दिक सम्बन्ध रहीआएको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा…

Read More

काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहेका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।समितिले सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको छ । त्यसैगरी डिजिटल कारोबारलाई ध्यानमा राख्दै विद्युतीय सेवा करको दायरा बढाउन, अन्तर्राष्ट्रिय सेवा प्रदायकहरूबाट प्राप्त तथ्याङ्कको व्यवस्थापन गर्न, घर–जग्गा कारोबारजस्ता क्रियाकलापहरूलाई व्यावसायिक रूपमा वर्गीकृत गरी करयोग्य बनाउन सुझाव दिएको छ । पुँजीगत लाभकरको अभिलेखलाई प्रविधिमैत्री र पारदर्शी बनाउन, करदातासम्बन्धी तथ्यांक तथा आर्थिक विवरणहरूको अन्तर९आबद्धता कायम गर्ने प्रणाली विकास गर्नुपर्ने समितिको राय…

Read More

काठमाडौँ । सरकारले गभर्नर छनोटका लागि उपप्रधान एंव अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिस समिति खारेज गरेर पुनः नयाँ समिति गठन गर्ने निर्णय गरेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार अर्थमन्त्री पौडेलको प्रस्तावमा पुरानो समिति खारेज गरी नयाँ गठन गरिएको हो । अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित नयाँ समितिमा पूर्वगभर्नर मध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहेका छन् । यसअघिको समितिका विज्ञ सदस्य विश्व पौडेलको राजीनामा पछि सो पदमा पाण्डे आएका हुन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ९बाफिया०को व्यवस्थाअनुसार यसअघि गत चैत ११…

Read More

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। बस्नेत सिन्धुपाल्चोक – २ बाट निर्वाचित कांग्रेस सांसद हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन्। भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वतस् निलम्बन हुने व्यवस्था छ।

Read More

काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ । बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेतलाई मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

Read More