Author: Transparentgroup
काठमाण्डौं । नेपाल आइसिसी टी–२०विश्वकपमा छनोट भएका छन्। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकपका लागि छनोट भएको हो। ओमानमा भइरहेको आइसीसी टी– २० विश्वकप एसिया(इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गरेको हो। अहिले भर्खर सकिएको खेलमा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानको विश्वकप यात्रा तय भएको हो । प्रतियोगितामा अपराजित रहेका दुवै टीम दुई खेल बाँकी छँदै विश्वकपमा पुगेका छन् । नेपाल र ओमानले अहिलेसम्म सुपर सिक्समा ६ अंक बटुलेका छन् । रनरेटका आधारमा ओमान शीर्षस्थानमा छ भने नेपाल दोस्रोमा । अहिले हुने खेलमा…
काठमाडौं। काठमाडौं महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ। कामपा-२६ ले आफ्नो वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि उक्त प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको हो। उक्त प्रविधिको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष एवं महानगरपालिका सुशासन समितिका संयोजक ख्यामराज तिवारीले यो प्रणाली जडान गरेसँगै वडाभित्रका सबै घरको विस्तृत विवरण थाहा पाउन सकिने बताए। वडाध्यक्ष तिवारीले आज लैनचौरस्थित वडा कार्यालयमा डिजिटल नम्बर ‘०९ लक्ष द्रव्य ६१११’ कोड सहितको विवरण समावेश गरिएको सूचनापाटी (नम्बरप्लेट) जडान गरेका छन्। कामपा-२६ भित्र लैनचौर, गल्कोपाखा, ठमेल, कपुरधारा, सामाखुशी, रानीबारी, नयाँबसपार्क लगायत क्षेत्रहरू पर्दछन्। महानगरले दुई दशकदेखि मेट्रिक ठेगाना…
काठमाडौं। नेपाली कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्। देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाए। उनले १४औं महाधिवेशनका कुल प्रतिनिधि संख्याको करिब ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको जानकारी दिए। पार्टीको केन्द्रीय कार्यालय सानेपामा हस्ताक्षर बुझाउँदै नेता घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्दै निवेदन दिइएको बताए। उनले पार्टीभित्र विवाद वा विद्रोहका लागि नभई महाधिवेशन प्रतिनिधिहरूले स्वर्गीय नेता सुवर्णशम्शेर राणालगायतले प्रयोग गरेको असल अभ्यासलाई अबलम्बन गरेको बताए। विशेष अवस्थामा विशेष महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको विशेषाधिकार भएको…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी चुनावबाट नभाग्ने प्रष्ट पारेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले अहिलेको यही प्रणालीबाट हुने निर्वाचन भने दीर्घकालिन समस्या समाधान नहुने पनि जिकिर गरे । जेनजी आन्दोलनको बीचमै हामीले भनेका थियौं, संसद्ले निकास दिन सकेन, त्यसकारण यो विघटन हुनुपर्छ भनेर माग राख्ने हामी हौं । हामीले राजीनामा समेत दियौं । संसद् विघटन भयो । नयाँ निर्वाचनमा नै जानुपर्छ,’ उनले भने, ‘तर, त्यसअघि यही निर्वाचन प्रणालीबाट हुने निर्वाचनले देशलाई निकास दिन सक्दैन ।…
काठमाडौं, २९ असोज । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) बाट जितेन्द्र सोनल र नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवको दाबी परेको छ । दुवै जनाले जनमत पार्टीको १३ सांसद्को समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् । सोनलले जसपा नेपालका १९, जनमत पार्टीको १३, नेकपा ९माओवादी केन्द्र० को ९, लोसपा नेपालका ८ र नेकपा ( एकीकृत समाजवादी) का ७ गरी ५६ सांसद्को समर्थनमा आज विहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिर्ए । त्यस्तै कांग्रेस नेता यादवले पनि कांग्रेसको २२, एमालेको २५ र जनमतको १३ सांसदको समर्थन पेश गर्दै मुख्यमन्त्रीमा दाबी गरेका हुन् । कूल १०७…
काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा ( एमाले ) को नेतृत्वमा केपी ओली रहेसम्म एकता नहुने बताएका छन् । धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले एमालेमा ओलीको नेतृत्व नरहेको खण्डमा एकतको ढोका खुल्नसक्ने बताएका हुन् । ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुदैन। तर, ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ,’– उनले भने । साथै, उनले तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने बताए । कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए । ‘अहिले मेरो जेन–जी युवाहरुसँग…
काठमाडौँ, २९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले आज जारी गरेको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ । “उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ”, समवेदनमा भनिएको छ, “उहाँको यो वीरतापूर्ण कार्य, उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।” बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन…
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटमा अन्तर व्यवस्थापिका संघ ९आईपीयू०को १५१ औं महासभामा नेपालको संघीय संसदको तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपियूको १५१ अौँ महासभा स्वीट्जरल्यान्डको जेनेभामा यही अक्टुबर १९२३ मा सम्पन्न हुँदैछ। उक्त महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा संघीय संसदको एक प्रतिनिधि मण्डल जाँदैछ। आइपियूको महासभामा नेपालको सहभागिता, राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक विषयमा जानकारी तथा…
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपाली कांग्रेस निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनमा जानबाट कांग्रेस पछि नहट्ने बताए। लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने घिमिरेले बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । वर्तमान सरकार र संसद् विघटन भने असंवैधानिक रहेको उनको जिकिर छ । सर्वोच्च अदालतमा संसद् विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरू चाल्ने उनले बताए । उनले भने, ‘लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट पछि हट्दैनौँ । सर्वोच्च अदालतले गरेको…
काठमाडौँ । नेपाल र ओमानबीच बुधबार हुने ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेलले एउटा तय निश्चित गर्नेछ, जसले यो खेल जित्छ त्यो ट्वान्टी–२० विश्वकपमा पुग्छ । समूह विजेता बन्दै सुपर सिक्सको पनि पहिलो दुई खेल जितेपछि ओमान र नेपाल यति बलियो स्थितिमा पुगेको छ कि बुधबार साँझ हुने यी दुईबीचको खेलले यस क्षेत्रबाट विश्वकप पुग्ने एउटा टोली पाउने छ । सुपर सिक्समा नेपालले यूएईमाथि १ र कतारमाथि ५ रनको सनसनी जित पाएको थियो । जति साँधुरो विजय हात पार्यो, नेपाल विश्वकपको त्यत्ति नजिक पुगेको छ । ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा ९ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क