Author: Transparentgroup
भारत । नेपालले साफ यु–१९ च्याम्पियनसिपको उपाधि उचाल्न नपाएको पनि ठ्याक्कै एक दशक पुगिसकेको छ। खासमा यो उमेर समूहमा प्रतियोगिता नै नभएर होइन। हो त सेमिफाइनलबाट नेपाल माथि उक्लिन नसकेर। यो उमेर समूहमा मात्रै तीनपल्ट प्रतियोगिता आयोजना भएका छन्। ती दुवै प्रतियोगिता नेपालमा आयोजना भएका हुन्। यसपल्ट भने भारतको अरुणञ्चल प्रदेशमा हुँदैछ। नेपाल सधैंजस्तो एकपल्ट पुन सेमिफाइनलमा पुग्न सफल भएको छ। अब नेपाल १० वर्षपछि फाइनलमा स्थान बनाउन बंगलादेशसँग खेल्दैछ। तर, हालको खस्किँदो लयले नेपाल फेरि इतिहास लेखाउन सक्षम होला तरु मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ ठकुवा नै गर्दै भन्छन्,‘हाम्रो खेल नराम्रो छैन। त्यसैले हामी सक्छौं।’ नेपालले पहिलो खेलमा प्रतियोगिताकै कमजोर…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता रहेको बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लागेका हजयात्रीलाई शुभकामना दिने क्रममा उनले सो धारणा व्यक्त गरेका हुन् । “विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हजयात्राले यसमा ठुलो योगदान दिने विश्वासका साथ तपाईँहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु”, उनले भने ।…
काठमाडौँ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघका निजामती कर्मचारीले माथिल्लो तहबाट अवकाश पाएपछि संवैधानिक, कूटनीतिक र राजनीतिक पदमा नियुक्ति खान कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको हो । आज समितिको बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकले कुलिङ पिरियड दुई वर्ष राख्ने प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव आफूहरूको माग बमोजिम आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लेखकलाई धन्यवाद दिएका थिए । त्यसपछि यो विषयमा सहमति जुटेको समिति सदस्य…
काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’आजदेखि सुरु भएको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारा सहित आजबाट सुरु भएको कार्यक्रम यही जेठ ४ गतेसम्म हुनेछ । सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी छन् । चीन, भारतलगायत मुलुकका उच्च तहका व्यक्तिहरू नेपाल आइसकेका छन् । संवादमा राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताउनुभयो । उहाँले नेपालको विकास र समृद्धिका लागि चीनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत र समस्यारहित एवं हार्दिक सम्बन्ध रहीआएको उल्लेख गर्दै चीनले विकास र…
कोरला । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा पनि सुरू हुनसकेको छैन । लामो समयसम्म अध्यागमन कार्यालय सञ्चालन हुन नसक्दा यसको मार स्थानीय व्यापारीलाई परेको छ । नेपालतर्फको अध्यागमन कार्यालयमा ताला लागेको छ । कार्यालय कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अन्योल छ । नाका सञ्चालन हुनका लागि भन्सारका साथै आवश्यक पशु तथा खाद्य क्वारेन्टाइन स्थापना भएको छैन । भन्सार कार्यालय सञ्चालनमा आउन क्वारेन्टाइन सञ्चालन आवश्यक छ । स्थानीयहरू सरकारले कोरलानाका सञ्चालनका लागि सक्रियता नदेखाउँदा…
काठमाडौं । नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ । रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए । कामदारको अनुरोधपछि राजदूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ । नेपाल फर्कन चाहनेको हकमा बहिर्गमन भिसाका लागि साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजातसमेत पठाइसकिएको नेपाली दूतावासले जनाएको छ । साउदी अरबबाट नेपाल जान इच्छुक नेपाली श्रमिकलाई र विशेषगरी सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरतलाई…
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) ले आजदेखि ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु गर्दैछ । सुदूरपश्चिमको बैतडीस्थित पाटनमा शुरू हुने अभियानको बिहान ११ बजे उद्घाटन हुने कार्यक्रम रहेको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। शनिबार अछामको साफे बगरमा जनजागरण अभियानको कार्यक्रम आयोजना गर्नेछ। जेठ महिनाभरि अभियान सञ्चालन गर्ने माओवादीको लक्ष्य छ । कार्यक्रमको स्वरूपअनुसार मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीका प्रत्येक प्रदेश समितिले १(१ स्थानमा सभा आयोजना गर्नेछन्। त्यस्तै, जिल्ला समन्वय समितिहरूले १÷१ स्थानमा जनसंवाद कार्यक्रम सञ्चालन गर्नेछन् । कोशी प्रदेशका जिल्लाहरूमा हाल भइरहेको जनसभाहरूलाई यसै अभियानको हिस्सा बनाइनेछ भने बाँकी…
रुपन्देही । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकको सम्भावित कार्यसूचीमा तीन महत्त्वपूर्ण एजेन्डा समावेश छन् । पहिलोमा प्रदेश सभा सदस्यहरूले शून्य समयमा आफ्ना धारणा राख्नेछन् । दोस्रोमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर सम्बन्धी विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन् । साथै छलफलमा उठेका प्रश्नहरूको जवाफ समेत मन्त्री कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको छ । यस्तै मन्त्री कार्कीले प्रदेश आर्थिक ऐन, २०८१ को अनुसूची–२ मा भएको व्यवस्था हेरफेर गरिएको सम्बन्धी विवरण सभामा प्रस्तुत गर्ने प्रदेश सभा…
काठमाडौं । पूर्वमन्त्री एवं सिन्धुपाल्चोकका सांसद मोहन बहादुर बस्नेतले अर्बौं रुपैयाँको भ्रष्टाचार रोक्न आफूले ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम९टेरामक्स० जडान गर्ने नीतिगत निर्णय गरेको दावी गरेका छन् । भ्रष्टाचार मुद्दा दायर हुनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर बयान दिएका उनले कसैको गोपनीयता भंग गर्ने र कल डिटेल हेर्ने उद्देश्यले आफूले त्यो प्रणाली स्थापनाको निर्णय नगरेको जिकिर गरेका हुन् । भ्रष्टाचार मुद्दा दायर हुनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर मोहन बस्नेतले दिनुभएको बयान यस्तो छ मेरो कार्यकालमा केवल अर्बौं रुपियाँ दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले कलवाइपास गरेर हिनामिना गरेको कुरा सार्वजनिक मात्र भएन, त्यस बेला बङ्गाली नागरिक रुवेल चौधरी लगायत दर्जनौँ…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क