Author: Transparentgroup

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )  का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले संविधानका सबै उपलब्धिको रक्षा गर्ने गरी अग्रगामी हिसाबले संविधान संशोधन गर्न आफूहरू तयार रहेको बताउनुभएको छ । उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानका लागि तथा महङ्गो र भ्रष्टीकृत निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्छ भनी पार्टीले भन्दै आएको स्पष्ट पार्नुभयो । गोरखाको जौबारीमा विसंं २०१६ मा जन्मिनुभएका उहाँले २०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । उहाँ विसं २०४७ मा एकता महाधिवेशनबाट नेकपा –एकता केन्द्र० को पोलिटब्युरो सदस्य, विसं २०५१ मा सचिव, महासचिव हुँदै मसालको महामन्त्री हुनुभयो । २०६२–०६३ को जनआन्दोलनसँगै एकता केन्द्र–मसाल र नेकपा…

Read More

थाइल्यान्ड । थाइल्यान्डमा भइरहेको आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले सुपर–३ मा स्थान पक्का गरेको छ। समूह ‘सी’ अन्तर्गत हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाले रद्द भएसँगै नेपालले सुपर(३ मा स्थान पक्का गरेको हो। समूहमा नेपाल शीर्ष स्थानमा रहेर सुपर(३ मा पुग्दा हङकङ र बहराइन भने बाहिरिए। नेपालले चार खेलबाट पाँच अंक जोड्यो। पाँच अंक नै भएको हङकङ भने बाहिरियो। नेपालले चार खेलमा दुई जित र एक खेलमा हार बेहोर्दा एक खेलमा अंक बाढ्यो। हङकङले एक जित निकाल्यो भने तीन खेलमा अंक बाढ्यो। उसका तीन खेल वर्षाले अवरूद्ध भयो। रनरेटमा नेपालभन्दा अघि रहे पनि हङकङले एक मात्र जित निकाल्दा…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । छलफलका क्रममा सांसदहरूले शिक्षा, स्वास्थ्य, कृषिलगायत जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् । सांसद अम्मरबहादुर थापाले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे । उनले भने, “शिक्षकका मागमा सम्झौता गरिन्छ, तर कार्यान्वयन नहुँदा बारम्बार आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर सुधार गर्न र राष्ट्रको ढुकुटी बलियो बनाउन के गर्न सकिन्छ भन्नेबारे गम्भीर सोच आवश्यक…

Read More

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले भ्रष्टाचार नियन्त्रणको विषयलाई कांग्रेस र एमालेले आफ्नो गहन जिम्मेवारी नठाने क्युबाको इतिहास दोहोरिनेसक्नेतर्फ सचेत गराए । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘क्युबामा फुल्गेन्सिओ बातिष्टाको सरकारको पालामा ठूलो भ्रष्टाचारको काण्ड भयो, अति भएपछि त्यहाँका हरेक युवाले हतियार बोकेर भ्रष्टाचारीलाई जेलमा पठाएका थिए । नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार पचाउने यो पेट कस्तो हो भनेर अहिले प्रश्न उठिरहेको छ । त्यसको जवाफ कांग्रेस र एमालेले दिनुपर्छ ।’ उनले सन् १९५० को सन्धी खारेज गरिएमात्रै राष्ट्रिय सुरक्षा प्रत्याभूति हुनेतर्फ सरकार सचेत हुन जरुरी रहेको बताए ।

Read More

काठमाडौं । कांग्रेस(एमाले गठबन्धन टुटाउने ‘कसरत’ स्वरूप माओवादी केन्द्र कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउन केन्द्रित छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति कांग्रेसका केही नेता असन्तुष्ट सुनिरहँदा माओवादी देउवालाई फकाउन लागेको हो । देउवा भने तत्काल गठबन्धन फेर्ने मूडमा देखिँदैनन् । माओवादीका अध्यक्ष प्रचण्डले यसअघि नै देउवा प्रधानमन्त्री बने सरकार बाहिरै बसेर भएपनि समर्थन गर्न तयार रहेको सन्देश बूढानीलकण्ठ पुर्‍याएका छन् । पार्टीभित्र र भूराजनीतिक रूपमा चर्को दबाब भएपनि देउवा अझै पर्ख र हेरको रणनीतिमा छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको थालनीको क्रममा देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले आज बिहान देउवालाई फोन गरेका थिए । देउवासँग फोनवार्ताबारे प्रचण्डले…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा अनेक खालका चलखेल भइरहेको आरोप लगाएका छन् । मध्यपहाडी लोकमार्ग आन्तर्गत सुदूरपश्चिम स्थिति बैतडीको पाटनबाट शुक्रबार सुरु भएको जागरण अभियानको उद्घाटन गर्दै उनले सुशासनको खिलापमा सरकार अगाडि बढिरहेको आरोप लगाए । ‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो । सरकारले अहिलेसम्म नियुक्त गर्न सकेको छैन । त्यसमा अनेक खलाका चलखेल भइराखेको छ । यी सबै कारणले यो सरकार विल्कुल गलत दिशामा गइराखेको छ’, उनले भने, ‘राष्ट्र र जनताको हितविपरित गइराखेको छ । मजदुर किसानको हितविपरित गएको छ । हामीले सरकारलाई चुनौती दिएर हिँडेका छौँ…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा संसद्मा मन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षले नियमापत्ति गरेपछि बैठक स्थगित गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भन्दै नियमापत्ति गरेका थिए। प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ ९५० अनुसार कुनै पनि मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयको मन्त्री सदनमा उपस्थित हुनुपर्ने व्यवस्थाअनुसार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा अर्थमन्त्री संसद्मा उपस्थित नरहेको भन्दै नियमापत्ति जनाएका थिए। नियमापत्तिपछि सभामुख देवराज…

Read More

काठमाडौँ । बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोहका विशिष्ट वक्ताहरुले जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड दिएका छन् । आजदेखि यहाँ सुरु भएको समारोहमा उनीहरुले जलवायु परिवर्तनका असरबाट जुध्न एक्लाएक्लै प्रयासले मात्रै सफलता हासिल नहुने उल्लेख गरे । समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र होइन भविष्य नै खतरामा पार्दै गएको बताइन् । संवादको पहिलो संस्करणको उद्घाटन सत्रमा उनले भनिन्, “जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ, यसले सिङ्गो मानवतालाई नै सङ्कटमा पार्दै गएको छ ।” सो विश्वव्यापी सङ्कटसँग जुध्नका लागि कुनै पनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक…

Read More

काठमाण्डौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएका बताएकी छिन्। ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलोपटक आज यहाँ आयोजित ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले हिमाल करोडौँ मानिसको ताजा पानीको स्रोत बनेको बताइन्। हिमालयले आज जलवायु प्रेरित अवरोधको सबैभन्दा ठूलो भार बोकिरहेको बताउँदै उनले हिमनदी जलवायुको असरका कारण पग्लिने क्रम तीव्र रुपमा बढेको उल्लेख गरिन्। यसले गर्दा हिमाली समुदायको दैनिक जीवनमा नकारात्मक प्रभाव परेको उनको भनाइ थियो । “जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छ” उनले भनिन्, “जलवायु परिवर्तनका कारण बाढी र हिमताल विस्फोटले ठूलो…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ को चुनावसम्म वामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्।प्रेस सेन्टर नेपाल डडेल्धुराद्वारा आयोजित पत्रकार सम्मेलनलाई बोल्दै विगतमा असफल भएर पनि फेरि एकपटक प्रयास गर्दा पनि नराम्रोसँग धोका खाएको स्मरण गरे। उनले भने, हामीले वामपन्थी एकता होस् भन्ने चाहना राखेकै हो। केपीजीसँग एकताको प्रस्ताव राखेर भएको पनि हो। तर त्यो तोडियो। फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको नराम्रोसँग धोखा खाइयो। पार्टीले मात्रै होइन नेपाली जनतालाई पनि धोखा भयो त्यसैले अहिले र ०८४ को चुनावसम्म त्यो सम्भावना छैन। उनले अहिले आफूँहरू सरकार ढलाउने र बनाउनेतिर नभएको बताए। उनले थपे, ‘यद्यपि…

Read More