Author: Transparentgroup

काठमाडौँ । नेपाली कांग्रेसले अहिलेको सत्तारुढ गठबन्धन परिवर्तन गर्ने पार्टीको कुनै सोच नरहेको स्पष्ट पारेको छ । संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धन गर्ने कुरा वा सरकार परिवर्तनको योजना नरहेको बताएका हुन् । प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले गभर्नर नियुक्तिको विषय प्राविधिक कारणले ढिलाइ भएको र यसमा सत्ता साझेदार दल नेकपा एमालेले दिन नचाहेको भन्ने कुरामा पनि कुनै सत्यता नरहेको जिकिर गरे । उनले अब चाँडै नै गभर्नर…

Read More

काठमाण्डौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएयता नागरिकले देशमा फेरि लोडसेडिङ सुरु भएको महसुस गरिरहेका छन्। पछिल्लो समय निरन्तर भइरहेको अघोषित लोडसेडिङबारे चर्चित हाँस्य कलाकार केदार प्रसाद घिमिरे ( माग्ने बुढा )  ले व्यङ्ग्य गरेका छन् । देशभर विभिन्न स्थानमा घरीघरी बिजुली झ्याप्प(झ्याप्प गइरहेको छ। यस क्रममा बिहीबार त एकपट देशैभर विद्युत् आपूर्ति बन्द भएको थियो। त्यतिबेला विद्युत् प्राधिकरणले ढल्केबर सबस्टेसनमा समस्या हुँदा विद्युत् बन्द भएको बताएको थियो। त्यसरी मुलुकभर एकसाथ बिजुली जाँदा सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार स्पष्टीकरण दिँदै बिहीबार साँझ ढल्केबर(वसन्तपुरको…

Read More

काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मातृभूमि जागरण अभियानका संयोजक भीमबहादुर रावललाई आफ्नो पार्टीमा जोडिनको लागि आग्रह गरेका छन् । पार्टीको अभियान लिएर भिम रावलको गृह जिल्ला अछामको साफेबगर पुगेको बेलामा प्रचण्डले रावललाई राजनीतिक सहकार्यको प्रस्ताव राखेका हुन् । उनले भीम रावलसँग पनि फोनसम्वाद भएको जानकारी दिए । भीम रावलसँगको कुराकानीबारे दाहालले भने,‘म यहाँ आउँदैगर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, मैले हिजोमात्र फोनमा कुरा गरेको थिएँ । उहाँले कार्यक्रम सफलताको शुभकामना पनि भन्नुभएको थियो, मैले तपाईं हामी बसेर कुरा गर्नुपर्ने ठाउँमा तपाईं को(को सँग कुरा गरिराख्नुभएको छ भनेको छु ।’ दाहालले…

Read More

चितवन । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितप्रति श्रद्धाञ्जली दिन दासढुङ्गामा स्मृतिसभा सम्पन्न भएको छ। एमाले चितवनको आयोजना र मदनभण्डारी फाउण्डेशन चितवनको संयोजनमा शनिबार भएको सभामा नेता कार्यकर्ताले नेताद्वयको शालिकमा माल्यार्पण गर्नुका साथै शब्दद्वारा श्रद्धासुमन व्यक्त गरेका थिए।। दासढुङ्गा मदन–आश्रितको जिप त्रिशूलीमा खसेको स्थल हो। सो अवसरमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीमा वैचारिक क्षमता अद्भूत रहेको चर्चा गर्दै उहाँमा जुनसुकै कुरा बुझाउनसक्ने क्षमता रहेको बताए। मदन र आश्रितको परिवारले धेरै ठूलो त्याग गरेको बताउँदै उनले भने, ‘हामीले एक दिन दासढुङ्गामा आएर फूल चढाउँछौँ, तर उहाँहरुको परिवारले अभिभावक र परिवारको मुली गुमाएको…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् । प्रजातान्त्रिक बिचार समाजले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठुलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका हुन् । उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको समेत बताए । सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सबैको प्रतिनिधित्व संसदमा रहेको जिकिर गरे । उनले २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा…

Read More

सोलुखुम्बु । गृहमन्त्री रमेश लेखकले सगरमाथा आधारशिविर क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। पर्यटकीय सिजनमा आरोहीहरूको अवस्था बुझ्न र शान्ति सुरक्षाको अवलोकन गर्न उनी शनिबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पुगेका हुन्। उनले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकको सुविधाका लागि हेलिकप्टर उडानलाई निर्वाध बनाउन सरकार तयार रहेको बताए। शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारको नीति यस्ता सेवालाई सहज र व्यवस्थित बनाउन केन्द्रित रहेको स्पष्ट गरे। गृहमन्त्री लेखकले भने, ‘सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकारले अब फरक ढंगले जनमुखी नीति कार्यान्वयन गर्दैछौँ, हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र…

Read More

काठमाडौं । नेकपा एमालेले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित ९मदन–आश्रित० स्मृति दिवस देश भरि विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई स्मृति सभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्य गर्न भनिएको छ । एमाले जनताको बहुदलीय जनवादको दिशानिर्देश बमोजिम अगाडि बढिरहेको र मुलुकको बाम तथा प्रजातान्त्रिक आन्दोलनका साथै पार्टी निर्माणमा मदन–आश्रितको देन, उत्सर्ग र समर्पणको सम्मान गर्दै सिर्जनात्मक कार्यक्रम आयोजना गर्न केही दिनअघि महासचिव शंकर पोखरेलले शर्कुलरमार्फत् निर्देश गरेका छन् । पार्टीले जिल्ला कमिटीहरूद्वारा गरिने स्मृति सभामा अन्य पार्टीका प्रतिनिधि र सामाजिक व्यक्तित्वहरूलाई समेत आमन्त्रण गर्न सुझाव दिइएको…

Read More

कञ्चनपुर । जननेता मदन भण्डारीको योगदानको स्मरण गर्दै कञ्चनपुरमा पनि सालिकमा माल्यार्पण गरेर स्मृति दिवस मनाइएको छ । जेठ ३ गते कञ्चनपुरको महेन्द्रनगरस्थित मदन चोकमा ३२ औँ मदन–आश्रित स्मृति दिवस मनाइएको हो ।  नेकपा (एमाले) कञ्चनपुरले ३२ औँ मदन–आश्रित स्मृति दिवसको दिन महाकाली प्रादेशिक अस्पतालमा बिरामीलाई फलफूल वितरण  गरेर आश्रित स्मृति दिवस मनाएको नेकपा (एमाले) का जिल्ला सचिव पल्लवराज भट्टले जानकारी दिनुभयो । नेकपा (एमाले) भीमदत्त नगर कमिटीको आयोजनामा मदन–आश्रितको योगदानको स्मरण गर्दै सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीसहितका नेताहरूले सालिकमा माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको भिमदत्त नगर कमिटी अध्यक्ष हिमाल चन्दले बताउनुभयो । जननेता मदन भण्डारीका…

Read More

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको छ । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा शनिबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरुलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिनुभयो । “सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा इतिहासदेखि नै देखा पर्दै आए । खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ ।”,…

Read More

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले शनिबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सगरमाथा संवादमा सहभागिताका लागि हाल नेपालमा रहनुभएका उपविदेशमन्त्री अकिकोले आज सगरमाथा संवाद कार्यक्रमस्थल होटल सोल्टीमा सो साइडलाइन भेट गर्नुभएको हो । भेटका अवसरमा मन्त्री डा. राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी हुनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । साथै मन्त्री डा। राणाले सिन्धुली बर्दिबास बाटोको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । गत वर्ष आएको अविरल वर्षाका कारण सो बाटोमा ठुलो क्षति पुगेको छ । जापान सरकारको अनुदानमा निर्मित सो बाटोको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले…

Read More