Author: Transparentgroup

राकम कर्णाली । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सञ्चालित मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ। प्रवेशसँगै पहिलो कार्यक्रमका रूपमा सुर्खेतको राकम कर्णालीमा जनसंवाद सम्पन्न भयो। सुदूरपश्चिमको बैतडी पाटनबाट सुरु गरिएको अभियान अछाम हुँदै दैलेखको कर्णाली पुल पार गरी राकम कर्णालीमा प्रवेश गरेको हो। अभियान अन्तर्गत आज दिउँसो १ बजे दैलेख सदरमुकाममा भव्य जनसभा आयोजना हुने कार्यक्रम रहेको छ। राकममा सम्पन्न जनसंवाद कार्यक्रममा अध्यक्ष दाहालले जनतासँगको सम्बन्ध सुदृढ गर्न, सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यकता परे नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए। उनले भने, ुमध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो…

Read More

विराटनगर । कोशी प्रदेशसभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सातौँ अधिवेशनको पहिलो बैठक आज दिउँसो बोलाइएको बताए । प्रदेशसभा सचिवालयका अनुसार सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ प्रदेशसभा बैठकमा टेबुल हुनेछ । प्रदेश सरकारको वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बर्खे अधिवेशनका लागि प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले जेठ ४ गते ९आज०का लागि बैठक आह्वान गरेका हुन् ।

Read More

सोलुखुम्बु । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । जेठ ४ गते बिहान ९स्२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत र वङ्दी शेर्पाले जानकारी गराएका छन् । सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र…

Read More

काठमाडौँ । बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा जानुभएको थियो । यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए । करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनि चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गरेका थिए । साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयोे । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक  पहिलोपटक आयोजित…

Read More

गोरखा । गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याएका थिए । उनीजस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थालेका छन् । आफ्नै गाउँमा गत मङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको शल्यक्रिया शिविरमा गुरुङको आँखाको शल्यक्रिया गरिएको थियो । निर्धारित समयमा वरिष्ठ आँखारोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले धमाधम आँखाको पट्टि खोल्न थाल्यो । उनको पालो सबैभन्दा पछि थियो । जब चिकित्सकले गुरुङको आँखाको पट्टि खोले, उनी बसिरहेको कुर्चीबाट उठे र विस्तारै आँखाका परेला खोल्न थाले । ‘एक दशकदेखि अन्धकार…

Read More

लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन्। लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो। घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए। घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ। प्रतिनिधि छनोट विवादका…

Read More

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव…

Read More

काठमाडौं । भारत–पाकिस्तान द्वन्द्वका कारण एक हप्ता रोकिएको इन्डियन प्रिमियर लिग ( आईपीएल )को पहिलो खेल वर्षाका कारण जोखिममा परेको छ। खेल नेपाली समय अनुसार शनिबार साँझ ७स्४५ बजे बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा खेलिने तय भएको थियो। तर बेंगलुरुमा वर्षाका कारण टसमा ढिलो भएको छ। खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी )  र कोलकाता नाइट राइडर्स ( केकेआर )बीच खेलिनेछ। आईपीएलको अंक तालिकामा गुजरात टाइटन्स १६ अंकका साथ शीर्ष स्थानमा छ। आरसीबी दोस्रो स्थानमा छ। आरसीबीको पनि १६ अंक छ।

Read More

काठमाण्डौं । काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका किरात समुदाय ( राई, सुनुवार, लिम्बू र याख्खा ) ले शनिबार टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरी साकेला उभौली पर्व सामूहिक रूपमा मनाएका छन्। यही साता बुद्ध पूर्णिमाको दिन परेको उभौलीको साकेला नाच शनिबार नाचिएको हो । किराँतहरूका देवी र देवता सुम्निमा ९पार्वती० र पारुहाङ ९शिव०को उत्पत्तिसँगै यो चाड मानिँदै आएको विश्वास छ । बाली लगाउने समयमा प्रशस्त वर्षा होस्, दैवी प्रकोप नपरोस्, आफ्नो समुदायमा रोगब्याधी नलागोस्, सुखशान्ति छाओस् भनेर उभौली मनाइन्छ । यसैगरी, साकेला आफ्ना पितृप्रति श्रद्धाञ्जली व्यक्त गर्न एवं उनीहरूको सामाजिक क्षेत्रको कार्य, योगदानप्रतिको सम्मान र सम्झनाका लागि नाचिन्छ । साकेलामा ढोल,…

Read More

काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही शनिबार नेपाल आइपुगेकी छिन्। उनी बौद्ध टुसालस्थित हायात ग्राउन्डमा शनिबार साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि आएकी हुन्  । वर्ल्ड वाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले करिब ३ करोड खर्च गरेका छन् ।  कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक(गायिकाले पनि प्रस्तुति दिनेछन्।

Read More