Author: Transparentgroup

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख ९हाल निलम्बित० भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज ( आइतबार )  ५६ करोड ७१ लाख ७ हजार दुई सय ९९ बिगो मागदाबीसहित मेयर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । थापाविरुद्ध वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिटी, बालुवा उत्खनन गरी परेको खाण्डोमा संघीय सरकार, प्रदेश सरकारलगायतबाट अनुदान लिएर माछा पालन पोखरी बनाई सरकारी सम्पत्तिको दुरुपयोग गरेको अख्तियारको आरोप छ । बागमती नगरपालिकाको वडा नं. ४ र १२ मा वन क्षेत्र अतिक्रमण गरी ‘वन क्षेत्रमा अतिक्रमण गरी ढुङ्गा, गिटी, माटो, बालुवा आदि वनपैदावार गैरकानुनीरुपमा उत्खनन…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राखे । त्यस्तै बैठकले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको विधेयकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी सर्वसम्मतिले पारित गरेको थियो । त्यस्तै बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई वटा विधेयक प्रतिनिधि सभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि समिति…

Read More

काठमाडौँ । प्रथम ‘सगरमाथा संवाद २०२५’ को समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार समापन सत्रमा परराष्ट्र मन्त्री डा।आरजु राणा देउवाले उक्त घोषणापत्र सार्वजनिक गर्दै विश्व समुदायलाई जलवायु सङ्कटविरुद्ध एकजुट भई कदम चाल्न आह्वान गरिन् । समापनपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सगरमाथा संवादमार्फत हिमाल मात्र नभई समुन्द्र सतहसम्म प्रभावित हुनेहरूसम्मको सरोकार उजागर गर्न खोजिएको बताए । ‘यो नेपालको मात्र विषय होइन, यो सबैको साझा विषय हो’, उनले भने, ‘विकासोन्मुख र अति कमविकसित देशलाई आवश्यक सहयोग नपुगेमा लिएका लक्ष्य पूरा गर्न सकिँदैन ।’ उनका अनुसार…

Read More

काठमाडौं । प्रहरी महानिरीक्षक ९आईजीपी० दिपक थापाले व्यवस्था र संविधानविरोधी तत्व निकै सल्बलाएको भन्दै नियन्त्रणका लागि कठोरतापुुर्वक लाग्न निर्देशन दिनुभएको छ । आइजीपी थापाले संबिधानबिरोधी तत्वको सल्बलाहटलाई अत्यन्तै गम्भीरतापूर्वक लिन पनि मातमतका निकायलाई आदेश दिनुभएको छ । आइतवार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै आइजीपी थापाले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शन हिंसात्मक हुनसक्ने सूचना पाएको भन्दै हाइ अलर्ट ९उच्च सतर्क० रहन निर्देशन दिनुभयो । ‘ जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शन हिंसात्मक हुनसक्ने सूचना आइरहेको छ,’ मातहतका अधिकारीलाई निर्देशन दिँदै आइजीपी थापाले भन्नुभयो, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई आज बधाई दिनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा पनि विजेता बन्ने शुुभकामना गर्नुभयो । अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि २७ अप्रिलसम्म काठमाडौँमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित नेपालले १२ पदक जितेको थियो । प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण प्राप्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस…

Read More

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) की सांसद रोशन कार्कीले गृहप्रशासन निरंकुश र मण्डलेकरण भइरहेको आरोप लगाएकी छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद कार्कीले सरकार निरंकुश भएको आरोप लगाएकी हुन्। ुयो सरकार निरंकुश भइरहेको छ । यो सरकार मण्डलेकरण गरिराखेको छ । गृहप्रशासनले आफूलाई मण्डलेकरण गरिराखेको छ, उनले भनिन्, संसद्‌भित्र आएपछि मैले के पाएँ भने सभामुख महोदय, यो त ढाँट्ने थलो रहेछ, आत्मसम्मान धितो राख्ने ठाउँ रहेछ। योजस्तो नीरस ठाउँ त केही रहेनछ। बोलिँदो रहेछ, बोलेको कुरा सुनिँदो रहेनछ। उनले संविधानको धारा २७० निलम्बन भएको हो भनी प्रश्न गरिन्। सामाजिक सञ्जालमा लेखेकै भरमा पक्राउ गरिनु आपत्तिजनक रहेको…

Read More

काठमाडौं । पशुपति क्षेत्र विकास कोषअन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । शनिबार प्रहरीले पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई जुवातास खेलिरहेको अवस्थामा नगदसहित पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त गौशाखाका प्रमुख प्रहरी नायव उपरीक्षक ( डिएसपी )  सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको पुष्टि गरे । खनालले अभियुक्तमाथि अनुसन्धान कार्य अघि बढाइएको बताए । ‘पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । शनिबार बिदा भएकाले आइतबारदेखि आवश्यक कानुनी प्रक्रिया अघि बढ्छ,’ उनले भने। यसैबीच, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले अमालकोट कचहरीभित्रै…

Read More

काठमाण्डौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरे। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सांसद शिव नेपालीले भने, अहिले घरघरमा अँध्यारो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दछु । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का सांसद सूर्यमान तामाङ ( दोङ ) ले विद्युत् प्राधिकरणको लापरबाहीका कारण विद्युतका क्षेत्रमा काम गर्ने कामदारको अनाहकमा मृत्यु भइरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए। हिजोका दिन लोडसेडिङ अन्त्य भएको थियो। पछिल्लो…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेशी तोकिएको छ । आज ( आइतबार )  उक्त रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा तोकिएको छ । योसँगै उक्त बन्दीप्रत्यक्षीकरण आज पनि हेर्न नमिल्नेमा पर्ने निश्चित छ । उक्त रिट अघिल्लो पटक पनि न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा तोकिएको थियो । हेर्न नमिल्ने भन्दै यसअघि न्यायाधीशद्वय उक्त मुद्दाबाट पन्छिएका थिए । लामिछानेको रिट आजसम्म पाँचौं पटक हेर्न नमिल्नेमा परिसकेको छ । लामिछाने अहिले सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशले जिल्ला कारागार कार्यालय…

Read More

काठमाडौं । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका प्रतिनिधि तथा राजदूतहरूका लागि ‘रिट्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो । मन्त्रालयले प्रायः हरेक वर्ष गर्ने यो कार्यक्रम यसपटक पूर्वी इलामको श्रीअन्तुमा आयोजना गरिएको थियो । नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूका लागि आयोजित सो रिट्रिटमा इलामका चिया बगान र अन्तु पुगेका राजदूतहरूले अन्तु डाँडाबाट यस वर्षको पहिलो दिनको सूर्योदय पनि बडो चाखपूर्वक हेरेका थिए । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नेतृत्वमा त्यहाँ पुगेका राजदूतहरूले विभिन्न जातजातिका वेशभूषामा सजिने, चियाबगानमा तस्बिर खिचाउने तथा कतिपयले त कन्यामका विभिन्न स्थानमा घोडचडीमा समेत रमाएका थिए ।…

Read More