Author: Transparentgroup
मुस्ताङ । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टासी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायांकन गरिन लागिएको हो । हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो । नेपालका विभिन्न जिल्लामा छायांकन गर्ने योजना बनाइरहेको सो फिल्मको युनिट यतिबेलामा भने छायांकनका लागि…
काठमाण्डौं । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सोमबार साँझ पाँच बजेतिर मन्त्रिपरिषद् बस्ने तय भएको हो। तर, मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने चाहीँ यकिन भएको छैन। आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ। सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा।विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ। यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन्। उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ। सरकारले गभर्नर नियुक्ति गर्न…
काठमाण्डौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर थ्रीको पहिलो खेलमा यूएईले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ । थाइल्यान्डको बैककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि यूएईले ब्याटिङ गर्दै सो लक्ष्य दिएको हो । नेपालकी मनीषा उपाध्यायको घातक बलिङमा आईसीसी महिला टी(२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर थ्रीमा यूएईविरुद्ध जितका लागि नेपालले १ सय १५ रनको सामान्य लक्ष्य पाएको छ। थाइल्यान्डको बैककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको हो। यूएईका लागि ओपनर तथा कप्तान इसा…
काठमाडौं। मौसम अनुकूल भएसँगै आइतबार एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले आइतबार धेरै आरोहीले सगरमाथा चढेका हुन् । आज सोमबार पनि धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेको जनाइएको छ । विभागका निर्देशक हिमाल गौतमले भने, “मे १८ तारिखका दिन ‘म्याक्सिमम समिट प्लान’ थियो । त्यसैले धेरै सङ्ख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध भएपनि तीन दिनयता सर्वाधिक…
झापा । अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् ।स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उनी भन्छन्, ‘पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।’ हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ । बर्खाको बाढी…
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार आजको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्ने सम्भावित कार्यसची छ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ । त्यस्तै राष्ट्रियसभाको बैठकमा सञ्चार…
काठमाडौँ । राजावादीले गरेको चैत १५ गतेको तीनकुने घटनाका मुख्य योजनाकार मानिएका व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । आइतबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनालाई अनुसन्धानका लागि थप ४ दिन म्याद दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। पछिल्लो पटक प्रसाईंविरुद्ध वैशाख ३० गते ५ दिन म्याद थप भएको थियो । प्रसाईंविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ । चैत १५ गते प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा चैत २८ गते प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरीचैत २९…
रसुवा । रसुवा भन्सार नाकाबाट करिब ७ किलो सुन बरामद भएको छ । केरुङबाट स्याउ लिएर आउको कन्टेनरमा उक्त परिमाणको सुन बरामद भएको हो । रसुवा भन्सार कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईले ७ वटा बिस्कुट र केही साना टुक्रामा सुन बरामद भएको जानकारी दिएका छन् । प्रमुख भट्टराईका अनुसार बरामद सुनको तौल करिब ७ किलो ६ सय ग्राम रहेको छ । सीमावर्ती चिनियाँ बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन बरामद भएको उनले बताए । चालकको सिटनजिकै फल्स बटम बनाएर सुन राखिएको उनको भनाइ छ । चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…
विराटनगरमा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र ल्याउनु प्रतिगमन नभएको दाबी गरेका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलना गरी थापाले राजतन्त्र ल्याउनु प्रतिगमन नभएको दाबी गरेका हुन् । थापाले आफूहरूलाई बदनाम गराउने उदेश्यले प्रतिगमन भन्ने गरिएको बताए । उनले प्रतिगमन भनेको कम्युनिस्टहरू भएको जिकिरसमेत गरे । उनले भने ‘राजतन्त्र ल्याउनु प्रतिगमन हैन वास्तविक प्रतिगमन भनेको कम्युनिस्टहरू हुन् ।’ थापाले हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले जेठ १५ गते देखि संयुक्त जनआन्दोलनको घोषणा गरिएको बताए ।काठमाडौं केन्द्रित जन आन्दोलन शान्तिपूर्ण हुने पनि थापाले स्पष्ट पारे । उनले काठमाडौं केन्द्रित जन आन्दोलनमा पहिलो दिन २ लाख मानिस सहभागी हुने…
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । पोखरा महानगरपालिका–२६ स्थित गण्डकी आयुर्वेद अस्पतालको अन्तरङ्गलगायत सेवाको आज शुभारम्भ गर्दै उनले सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने बताए ।सरकारको आगामी आर्थिक वर्षको बजेटमा अन्य मन्त्रालयको बजेट घटे पनि स्वास्थ्यतर्फको बजेट नघट्ने र गत वर्षभन्दा केही बढ्ने उनको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले पछिल्लो समय आयुर्वेद चिकित्साप्रति आकर्षण बढिरहेको र यसको विकास तथा विस्तारका लागि सरकार लागेको बताए । उनले नेपाल जटिबुटीका लागि हामी सम्पन्न रहेकाले यसको उपयोगतर्फ लाग्नका लागि आयुर्वेद चिकित्सालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सरकारले प्रदेशमा रहेका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क