Author: Transparentgroup
पोखरा । पोखरामा हुने नवौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरूष लिग भलिबलको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता भोलिदेखि पोखराको कवर्डहलमा हुने छ।पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल भलिबल संघले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। संघको आयोजनामा पहिलो पटक मोफसलमा हुन लागेको पीएम कप एनभीए भलिबल प्रतियोगिताको पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश भलिबल टिम, गण्डकी प्रदेश भलिबल संघ, सुदूरपश्चिम प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लव बुटबल गरी जम्मा ८ टिम सहभागी हुने छन्। महिलातर्फ नेपाल पुलिस क्लव, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ…
काठमाडौँ । सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ । बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पानीजहाज ( सञ्चालन तथा व्यवस्थापन ) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ । त्यस्तै राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत…
काठमाण्डौं । हुम्लाको तिलगाउँनजिकै आएको बाढीको कारण पत्ता लगाउन विशेषज्ञ टोली त्यसतर्फ जाने भएको छ। हुम्लाको लिमी उपत्यकामा रहेको तिलगाउँस्थित माथिल्लो तटीय क्षेत्रमा झन्डै ५५ सय मिटर उचाइमा अवस्थित दुईवटा ससाना हिउँपोखरी फुटेर गत बुधबार बाढी आएको प्रारम्भिक अनुमान छ। माटो, हिउँ र गेग्रानसहितको उक्त ‘थर्मोकास्र्ट’ बाढीले लघु जलविद्युत् परियोजना, कुलो, खेतबारी, पानीघट्ट, ट्यांकीमा क्षति गरेको स्थानीयले बताएका छन्। तिलगाउँलाई सो बाढीले वरिपरिबाट कटान गरेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार प्राधिकरण, गृह मन्त्रालय, इसिमोड, प्रमुख जिल्ला अधिकारीलगायत स्थानीय गाउँपालिकाको टोलीले उक्त घटनाको कारण पत्ता लगाउन केही दिनमै स्थलगत भ्रमण गर्ने तयारी गरेको छ।…
काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिमा आज बिहान आगलागी भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार ग्यास लिक भई आगलागी हुँदा क्यान्टिनमा रहेका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा बुधबार बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिएको उनले बताए। घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। २४ बाघभैरव गुल्म काठमाडौँबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अशोककुमार न्यौपाने र कमाठमाडौँ महानगरपालिका वारुणयन्त्र कार्यालय न्युरोडबाट सशस्त्र प्रहरी नायब निरीक्षक धनबहादुर सुवेदीको कमान्डमा खटिएको सुरक्षा फौज आगलालगी नियन्त्रणमा जुटेको थियो।
हेटौडा । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८२र८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ( कर प्रस्तावबाहेक ) माथि छलफल गर्ने कार्यसूची छ । मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
काठमाडौं, २०८२ जेठ ६ — सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो। डा. पौडेलको पृष्ठभूमि डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। उनले विश्व बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) मा अर्थशास्त्रीका रूपमा काम गरिसकेका छन्। नियुक्तिको प्रक्रिया उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो। पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो। सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर…
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले मंगलबार नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेमाथि स्पष्टीकरण सोधेका हुन्। सात दिनभित्र रितपूर्वक स्पष्टीकरणको जवाफ पेश नगरे वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानून बमोजिम कारवाही गर्ने उल्लेख छ । गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। ‘नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेलाई स्पष्टीकरण सोधिएको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको कार्यकक्षको ताला खोल्ने क्रममा किन अवरोध पुर्याएको हो, स्पष्टीकरण दिन भनिएको छ। नगर…
काठमाडौं । गभर्नर छनौट सिफारिस समितिको बैठक अहिले अर्थ मन्त्रालय सिंहदरवारमा बसिरहेको छ । प्रधानमन्त्री केपी ओली र देउवाबीचको बालुवाटार भेटमा नयाँ गभर्नरको सहमति जुटेसँगै अर्थमन्त्री विष्णु पौडेलले सिफारिस समितिको बैठक राखेका हुन् । दुई नेताको सहमतिसँगै गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने लगभग निश्चित भएको बताइएको छ । अहिले बसिरहेको सिफारिस समितिको बैठकले उनी र डेपुटी गभर्नर नीलम ढुंगानासहित ३ जनालाई गभर्नरमा सिफारिस गर्न लागेको स्रोतले बतायो । नेपाल राष्ट्र बैक करिव एक महिनादेखि गर्भनर बिहिन रहेको छ । गभर्नर छनौट सिफारिस समितिको सदस्य समेत रहेका विश्व पौडेलले केही दिनअघि मात्रै समितिवाट राजीनामा दिएका थिए । उनि आफै गर्भनरको…
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सांसद ज्ञानेन्द्र शाहीले सरकारलाई कर्णालीबाट राज्य व्यवस्था सार्न चुनौती दिएका छन्। मङ्गलबार ( आज ) बसेको संसद् बैठकमा भाग लिँदै शाहीले यस्तो बताएका हुन्। हुम्लाको नाम्खा गाउँपालिका ६ मा गत जेठ १ गतेयता गइरहेको हिमपहिरोको सन्दर्भलाई जोड्दै उनले भने, ? के कर्णालीलाई हेपेको हो ? यदि हेपेको हो भने म सिधा भन्न चाहन्छु म निर्वाचित हो कर्णालीबाट । कर्णालीलाई अलग बनाउनुस्, तपाईंको राज्य व्यवस्था सार्नुस्, हामी चलाएर देखाइदिन्छौँ। उनले हिमपहिरोबाट प्रभावित घर परिवारहरू हेलिकोप्टरको पर्खाइमा बसेको तर, सरकार भने नसुनेको नसुन्यै बसेको उनले बताए। उनले सरकारले अपराध गरिरहेको बताए। यस्तो पनि अपराध गर्न पाइन्छ…
पर्सा । पर्सा जिल्लाको बिरगंज महानगरपालिका–२भगुवास्थित सीमा ईलाकाबाट जेठ ६ गते सशस्त्र प्रहरीले ८१ हजार ४ सय ९० ट्याब्लेट ( ८ हजार १ सय ४९ पत्ता ) ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध बरामद गरेको छ । उक्त लागूऔषध सशस्त्र प्रहरी बल नपाल नं. १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका दुई व्यक्तिले भगुवा नाकास्थित सिर्सिया नदिको बाटो कार्टुनमा राखेर लागूऔषध ल्याउँदै गर्दा गस्तीमा रहेको सुरक्षा फौजलाई देख्नासाथै सो लागूऔषध छाडी फरार भएका थिए । बरामद लागूऔषध आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क