Author: Transparentgroup

काठमाडौं । नेपाल प्रहरीको रिक्त डीआईजी पद बढुवाका लागि एसएसपी विश्व अधिकारीको नाम सिफारिस भएको छ । गृहमन्त्रालयको बढुवा सिफारिस समितिले बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौंडा मकवानपुरमा कार्यरत अधिकारीलाई सिफारिस गरेको हो । जेनजी आन्दोलनमा जिल्ला प्रहरी परिसर, काठमाडौंको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका अधिकारी कात्तिक ९ गते पाँच एसएसपीलाई डीआईजी बढुवाका निम्ति भएको सिफारिसमा छुटेका थिए । २०८० वैशाख २४ मा भएको एसएसपी बढुवामा अधिकारी पहिलो नम्बरमा थिए । पहिलो नम्बरलाई छुटाएर २ देखि ६ नम्बरसम्मका एसएसपीलाई डीआईजी सिफारिस गरिएपछि उनी असन्तुष्ट देखिएका थिए । कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा भएसँगै डीआईजी…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपीएल )  को दोस्रो संस्करणमा २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । मंसिर २८ गतेसम्म चल्ने एनपीएलको सुरक्षार्थ १९०० प्रहरी परिचालन हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । २२५ सशस्त्र प्रहरी र २ सय प्राइभेट गार्ड खटाइने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । दोस्रो संस्करणको एनपीएल आजदेखि सुरु हुँदैछ । पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोखार्जबिच दिउँसो ४ बजेबाट सुरु हुनेछ । दिन र रातमा दुवै समयमा खेल हुने हुँदा एनपीएलको सबै पक्षको सुरक्षाका लागि सुरक्षाकर्मी खटिनेछन् ।

Read More

काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, “बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेविट कार्ड जारी गरिएको हो ।” मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले आफूहरु नयाँ डेविट कार्ड…

Read More

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी छन् । आज ९सोमबार० हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै सजाय सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । गत वर्ष बंगलादेशमा भएको विद्यार्थीको विद्रोहमा हसिनाले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोप लागेको थियो । सो मुद्दामा अदालतमा महिनौंसम्म बहस चलेर सोमबार फैसला आएको हो । न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण ( आईसीटी )  इजलासले तत्कालीन प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको हो । उनीविरुद्ध सजाय निर्धारण हुन बाँकी छ ।

Read More

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । एफएम रेडियोमा कार्यरत पत्रकारका लागि आजदेखि धनगढीमा सुरु भएको अनुशिक्षण कार्यक्रममा उनले सञ्चार क्षेत्रको विकास गर्दै यसलाई भरपर्दो र विश्वासिलो बनाउन सामूहिक ऐक्यबद्धताको खाँचो औँल्याए । मुख्यमन्त्रीले समग्र सञ्चार क्षेत्रलाई बलियो बनाउँदै देश र लोकतान्त्रिक व्यवस्थालाई जोगाउने महत्त्वपूर्ण दायित्वबाट सञ्चार जगत चुक्न नहुने धारणा राखे । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष भरत शाहलगायत वक्ताले आ–आफ्नो धारणा राखेका थिए । नेपाल पत्रकार महासङ्घ र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको दुईदिने अनुशिक्षण कार्यक्रममा एफएम रेडियोमा कार्यरत…

Read More

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दायर भएको हो । पूर्व प्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले रिट दायर गरेका हुन् । उक्त रिटको पेशी यही मंसिर ७ गतेको लागि तोकिएको छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त भएका विभिन्न् ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत कात्तिक १६ गते सरकारको…

Read More

काठमाडौँ । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौँले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७र६८ देखि २०७९र८०मा सम्झौता भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । त्यसपछि सडक विभाग मातहतका कार्यालय रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए । सडक डिभिजन कार्यालय काठमाडौँबाट…

Read More

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्ने कार्यसूची छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

Read More

काठमाडौं । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइटमूनी खेल, अनी खेल हेर्न दर्शकका लागि प्यारापिटको व्यवस्था गरीएको छ । धेरैको सपना थियो यो तर अब भने त्यो सपना बिपना बन्दैछ । क्रिकेट खेलाडीले फ्लडलाइटमूनि डे(नाइट म्याच खेल्नेछन् भने दर्शकले सिटमा बसेर त्यो खेल हेर्नेछन् । हो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करण आज देखि सुरु हुँदा नेपाली क्रिकेटमा नयाँ इतिहासको सुरुवात हुनेछ । त्यसको साक्षी बस्नका लागि खेलाडी, क्यान पदाधिकारी क्रिकेट समर्थक र सारा नेपाली तयार छ । पहिलो संस्करणको एनपीएल दिउँसो मात्र भएको थियो चने दोस्रो संस्करणमा ३२ मध्ये २३ खेल डे(नाइट म्याच हुनेछ र त्यसमा फ्लडलाइट…

Read More

जनकपुरधाम । मधेश सरकार गठन बदरको माग गर्दै सात दलीय गठबन्धनका प्रदेश सांसदहरू आज सातौं दिनपनि मधेश भवन अगाडि धर्ना बसेका छन् । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकसातादेखि मधेश भवन अगाडि धर्ना दिँदै आएका छन् । संविधानको धारा १६८ को ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकार असंवैधानिक रहेकोले बदर हुनुपर्ने सातदलीय गठबन्धनको माग छ । यस्तै उनीहरु सर्वोच्च अदालतमा सरकार गठनविरुद्ध दिएको रिटमाथि आज पनि सुनुवाइ रहेको छ । सभामुख रामचन्द्र मण्डलमाथि…

Read More