Author: Transparentgroup

काठमाडौं । प्रतिनिसधभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काभ्रेको पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ। आज ९बिहीबार० बसेको लेखा समिति बैठकले उक्त प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको हो । सो प्रकरणमा थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन समितिले अख्तियारमा सिफारिश गरेको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । यस प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालपनि मुछिएका छन् । उनलाई यस प्रकरणमा अख्तियारले बयानसमेत लिइसकेको छ ।

Read More

काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल र सदस्य अमनलाल मोदीबिच बाझाबाझ भएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकमा पोखरेलले मोदीलाई बोल्न नदिएपछि विवाद भएको हो । बैठकको सुरुमै मोदी बोल्न खोजेपछि पोखरेलले रोक्ने प्रयास गरेका गरेका थिए । सोही क्रममा पोखरेलले मोदीले युट्युबर ल्याएर ‘स्टन्ट’ गर्न खोजेको आरोप लगाएका थिए । ‘तपाईं युट्युबर बोकेर आउनु भएको छ । तपाईं सुटिङ गर्न आउनु हो कि बैठकमा रु’, आक्रोशित हुँदै पोखरेलले भने । त्यसपछि पोखरेल र मोदीबिच भनाभन भएको हो । सो क्रममा पोखरेलले संसदीय समिति स्टन्ट गर्ने थलो नभएको भन्दै स्टन्ट जारी राखे सञ्चारमाध्यमलाई नै कडाइ गर्ने चेतावनी दिए…

Read More

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा। विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्नेसम्म छन् ।

Read More

काठमाडौं । नेकपा ( माओवादी केन्द्र )  का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति ) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुद्धि नभएको डाक्टरको संज्ञा दिएका छन् । अभियानको क्रममा रुकुम पूर्व पुगेका प्रचण्डले पत्रकारहरुले बाबुरामसँग एकताबारे प्रश्न गर्दा यस्तो टिप्पणी गरेका हुन् । बाबुरामले कम्युनिष्ट नाम सुन्नै नचाहेको उल्लेख गर्दै उनीसँग अब एकता नहुने स्पष्ट पारेका छन् । उनले भने,‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने ? ०७९ को निर्वाचनमा आफू गोरखाबाट चुनाव लड्नुअघि नै पार्टी एकता गर्ने भनिएको भएपनि बाबुरामले कम्युनिष्टको नाम नै सुन्न नचाहेकोले…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि उनका वकिलहरूले बहस सकेका छन् । बिहीबार सो रिटमाथि सुनुवाइका लागि नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ । रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेसँगै बिहीबार उनीपक्षका वकिलका बहस सकिएको हो । अहिले छविलाल जोशीका तर्फबाट बहस सुरु हुँदै छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले उनको तर्फबाट बहस गर्नेछन् । न्ययाधीशले आजै सक्ने गरी बहसमा समय विभाजन गर्न भनेका छन् । बहस सकिएपछि आजै आदेश आउने सम्भावना छ । रविको बन्दी प्रत्यक्षीकरण रिट यसअघि ६ पटक हेर्न नमिल्नेमा परेको थियो ।

Read More

रुकुम पूर्व । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल  ( प्रचण्ड )  नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गरेको छ। अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुर्याउँदै आएको जानकारी सहकारीका अध्यक्ष रामेश्वर बुढामगरले गराएका थिए। उनले स्थानीय रूपमा उत्पादन हुने जैविक वस्तुको माग उच्च रहेकाले त्यसअनुसार उत्पादन बढाउन आफूहरू क्रियाशील रहेको बताए। प्रचण्ड मध्यपहाडी लोकमार्ग अभियान अन्तगर्त रुकुम पूर्व पुगेर जनतासँग साक्षात्कारमा ब्यस्थ रहेका छन् ।

Read More

काठमाडौं । काठमाडौं विश्वविद्यालय नेपाल समकालीन अध्ययन केन्द्र ९केयु–एनसिसिएस० ले एसोसिएसन अफ थर्ड वर्ल्ड स्टडिज दक्षिण एसिया च्याप्टरको २७औं सम्मेलनका अवसरमा ‘नेपाल–भारत सम्बन्धस् समीक्षा र सम्भावना’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सेमिनार सकिएको छ। सेमिनारको दोस्रो दिन बुधबार विभिन्न सेसनमा नेपाल र भारतका प्राध्यापक, शिक्षाविद् र अनुसन्धानकर्ताले आआफ्नो पेपर प्रस्तुत गरेको केयुएनसिसिएसका सदस्य–सचिव डा. उद्धव प्याकुरेलले जानकारी दिए। नेपाल र भारतका अग्रणी विद्वान्, अनुसन्धानकर्ता, प्राध्यापक र शिक्षाविद्लाई एकसाथ ल्याएर समाजशास्त्रीय ज्ञान आदानप्रदान गर्ने उद्देश्यले आयोजित सेमिनारमा ७० भन्दा बढी पेपर प्रस्तुत गरिएको थियो। काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्लेले यस सेमिनारले नेपाल र भारतका प्राध्यापक, शिक्षाविद् र अनुसन्धानकर्ताबिचको ज्ञान आदानप्रदान गरेर एकजुट…

Read More

काठमाडौं । जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरूको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्ष भन्दा मुनीका विभिन्न पेशा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने भएका छन् । जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गर्ने उक्त कार्यक्रमको नाम अवस्था बदल्न व्यवस्था परिवर्तन किन रु युवासँग राप्रपा दिइएको छ । सो कार्यक्रममार्फत युवाहरूमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरूको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालले बताए । राप्रपाले भनेको व्यवस्था परिवर्तन के हो रु अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नै पर्ने आवश्यकता किन हो रु राप्रपाले भनेको राजसंस्था कस्तो हो , हिन्दू…

Read More

काठमाडौँ — हालै विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई सहायक निरीक्षकहरूलाई विशेष बढुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीका अनुसार, सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई नायब निरीक्षकमा विशेष बढुवा गरिएको हो। त्यस्तै, नेपाल प्रहरीका प्रवक्ता डिआईजी रमेश थापाले प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको जानकारी दिए। छत्याल र शेर्पा दुवैले हालै सगरमाथाको सफल आरोहण गरेका थिए। उनीहरूको साहस र योगदानको कदरस्वरूप दुवै सुरक्षा निकायका प्रमुखद्वारा विशेष बढुवाको निर्णय गरिएको हो।

Read More

भक्तपुर । आफूलाई प्रहरी इन्सपेक्टर ९प्रहरी निरीक्षक० बताउँदै ठगी गर्ने एकजना मध्यपुर थिमीबाट पक्राउ परेका छन्। भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुर थिमी नगरपालिका(२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुर थिमीको दिव्येश्वरीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए। पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए। यसैगरी, मध्यपुर थिमी नगरपालिका( ८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई हाल गोकर्णेश्वर नगरपालिका(५ बस्ने १९ वर्षीय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका( ९ बस्ने १९ वर्षीय…

Read More