Author: Transparentgroup
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले शुक्रबार आदेश गर्दैेछ । शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलास लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि आदेश सुनाउने तयारीमा छ । यसबिचमा न्यायाशीधहरु ढोका बन्द गरेर आदेश लेखनमा छन् । लामिछाने सहित पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आदेश लेखन जारी छ । शुक्रबार दिउँसो खाजा समयअघि अघि नै सुनुवाइ सकिएकामा न्यायाधीशहरु अन्य सबै मुद्दा स्थगित गरेर आदेश लेखन जुटेका थिए । लामिछाने समर्थक भने सर्वोच्च परिसरमा आदेशको प्रतिक्षामा छन् । लामिछाने रिहा हुने अपेक्षासहित समर्थकको सर्वोच्च अगाडि भीड लागेको…
काठमाडौं । आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एयरपोर्टबाट भिजिट भिसाका नाममा भईरहेको मानव तस्करी सरकारकै संलग्नतामा भईरहेको बताएका छन् । सिंहदरबारस्थित् आजपाको संसदीय दलको कार्यालयमा आज ( शुक्रबार) पत्रकारसंग कुराकानी गर्दै अध्यक्ष साहले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए । भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भईराख्दा समेत प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक किन मौन बसेको भन्दै उनले नैतिकता प्रदर्शन गर्नुपर्ने बताए । ‘भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भईरहेको छ । एयरपोर्टबाट सरकारकै संलग्नता र सेटिङमा यस्तो मानव तस्करी भईरहेको छ । यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले नै लिनुपर्छ,’…
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार गलत बाटोमा हिँडेको आरोप लगाएका छन् । पार्टीको जागरण अभियानअन्तर्गत बागलुङ बजारमा आज (शुक्रबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार भ्रष्टाचारीहरूको संरक्षण र दलालहरूको हित गर्नेतिर केन्द्रित भएको गम्भीर आरोप लगाए । उनले सरकारलाई तत्काल सच्चिन भनेका छन् । नत्र आन्दोलनको आँधीबहेरी सिर्जना गरेर सरकारलाई जनताले विस्थापित गर्ने पनि दाहालको चेतावनी छ । उनले एयरपोर्टमा उच्चस्तरीय सेटिङमा भैरहेको भिजिट भिसाको नाममा दैनिक ५० लाख असुली गरिएको विषयमा पनि सरकारको आलोचना गरे । ‘अहिले म सुन्दैछु विमानस्थलमा लाखौँ–करोडौँको घोटाला…
काठमाडौँ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार बिहीबार १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलसमक्ष प्रतिवेदन दर्ता गरिएको हो । प्रहरीले यसका लागि ९० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सरकारी वकिल कार्यालयका प्रवक्ता गोकुलबहादुर निरौलाले प्रहरी प्रतिवेदनलाई अनुसन्धान र विश्लेषण गरेर आइतबारसम्म अभियोगपत्र दायर गर्ने बताए । ‘४ जना बालबालिकासहित १०८ विरुद्ध पाँच कसुरमा मुद्दा प्रस्ताव गरिएको छ,’ निरौलाले भने, ‘हामी अनुसन्धान गर्दै छौं । आइतबार अभियोगपत्र दायर हुन्छ…
जापान । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी ९जाइका०का अध्यक्ष डा तानाका अकिहिकोबिच भेटवार्ता भएको छ। टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ। भेटका क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन्। उनले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन्। मन्त्री डा राणाले पछिल्लो समयमा…
काठमाण्डौं । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका आठ जना कर्मचारीको सरुवा गरिएको छ। गृहमन्त्रालयले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि नायब सुब्बा र कम्प्युटर अपरेटरको पनि सरुवा गरेको हो। सरुवा हुनेमा नायम सुब्बा प्रेमप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नायब सुब्बा वीरभद्र जोशी जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नायब सुब्बा नरबहादुर थापा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएका छन्।त्यस्तै कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, धनराज उपाध्याय र सहायक कम्प्युटर कमला श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ। अख्तियारको निष्कर्ष– तीर्थराज प्युसा मात्र हुन्, भिजिट भिसाको जालो ‘उच्च…
जनकपुर । मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु भएको छ। शुक्रबार जनकपुरधामस्थित मिथिला यात्री निवासमा चार सुरक्षा निकायको बैठक सुरु भएको हो। गृहमन्त्री रमेश लेखकको आतिथ्यमा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्रालयले आयोजना गरेको बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, नेपाली सेनाका रथी निर्मलकुमार थापा, मध्य पूर्वी पृतना हेडक्वार्टरका पृतनापती कृष्णबहादुर जिसी, एनडिआरआरएमएका प्रमुख दिनेश भट्ट, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रदेशका डिआइजी, ८ वटै जिल्लाका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको छ। उद्घाटन सत्रमा गृहमन्त्री लेखकले अपराध नियन्त्रण गर्न सुरक्षा निकाय अधिकारीलाई निर्देशन दिएका छन्। सबै प्रदेशमा भइरहेको…
खोटाङ। सुनकोसी नदीमा पानीको सतह बढेपछि यहाँ जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि खोटाङ र तराईको सिधा यातायात टुटेको छ । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको बेलिब्रिज निकालिएपछि छोटो दुरीको यातायात टुटेको हो । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज–१२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा बेलिब्रिज जडान गरिएको थियो । खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा गत पुस–२७ गतेबाट बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो । कोशीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको थन्काई सकिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले बताए । जेठ–५ गतेबाट यातायात बन्द गरेर अस्थायी बेलिब्रिज निकाल्न सुरु गरिएको थियो ।…
काठमाडौं– । गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग अझै पुनर्निर्माण सुरु भएको छैन । अहिले पनि पानी पर्नेबित्तिकै सडकको बेहाल हुने गरेको छ । प्रि मनसुनकै समयमा यात्रुहरू ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बीपी राजमार्गको कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रुपमा ध्वस्त भएको छ । बेला बेला सडक पूर्ण रुपमा अवरुद्ध हुने गर्छ । खुलेको बेला पनि सवारीसाधनलाई बाटो पार गर्न निकै हम्मे पर्छ । असोजको बाढीले सडक पूरै बगाएपछि अस्थायी बाटो बनाइएको छ । खोलामा बाढी आउँदा बाटोसम्म पानी आइपुग्ने गरेको छ । ठाउँ ठाउँमा खोलाले बाटो…
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताएका छन् । साथै उनले पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताए । ताराखोला गाउँपालिकाद्वारा आज यहाँ आयोजित एक उनले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको विस्तार र कालोपत्र गर्न सरकारसँग रकम माग्ने बताए । ‘सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि पहल गरिएको हो, तर त्यसले सार्थकता पाउन सकेन, यसपालि विशेष प्रयत्न गर्छौँ’, उनले भने, ‘स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले पनि यो सडक महत्वपूर्ण छ ।’ भौगोलिक कठिनाइ र सीमित…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क