Author: Transparentgroup
काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन्। उनी शनिबार नाति हृदयन्द्रलाई लिएर नारायणहिटी गएका हुन्।पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका अनुसार हृदयन्द्रले हजुरआमा रत्नलाई भेट्ने इच्छा गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएका हुन्। सपरिवार नारायणहिटी पुगेका ज्ञानेन्द्रका साथमा डा, जगमान गुरुङ पनि थिए। राजतन्त्र अन्त्य भएपछि ज्ञानेन्द्र पहिलोपटक नारायणहिटी दरबार पुगेका हुन्। नाति हृदयेन्द्र केहीदिन अघि अमेरीकावाट नेपाल आएका थिए । उनले हजुरआमा रत्नराज्य लक्ष्मी शाहलाई भेट्ने ईच्छा ब्यक्त गरेपछि पूर्व राजा ज्ञानेन्द्र नारायणहिटी गएको बुझिएको छ । एकातिर राजावादी नेताहरुलाई सोल्टीमा भेटघाट गरेर जेठ १५ गतेदेखि संचालन गर्ने भनिएको राजावादी आन्दोलनले चर्चा पाईरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह नारायणहिटी जानुलाई…
भ्रष्टाचारजन्य कार्यमा गृह मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी (बिज्ञप्ती सहित)
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयले विज्ञप्ति निकालेर प्रष्ट पारेको छ । आज ( शनिबार ) विज्ञप्ति सार्वजनिक गरिएको विज्ञप्तिमा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार र क्रियाप्रतिक्रियाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ । गृहले उक्त समाचारलाई कपोलकल्पित, भ्रामक र आधारहीन भनेको छ । समाचार प्रकाशित र प्रसारित भएकोप्रति दुःख व्यक्त गर्दै गृहले भनेको छ, ‘यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं ।’…
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आर्थिक अनियमितता गरेको भए राजनीतिक जीवनबाटै राजीनामा दिने बताएका छन् । कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु भएको भन्दैमा समग्र मन्त्रालय नेतृत्व वा मन्त्रीहरुले राजीनामा दिनुपर्ने संस्कृति स्थापित गर्नु असम्भव रहेको पनि उनले बताएका छन् । शनिबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले गृह मन्त्रालय जस्तो ठूलो संस्थामा हजारौं होइन, लाखौं कर्मचारी कार्यरत रहेको उल्लेख गर्दै भने, ‘संवैधानिक निकायले कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ, तर त्यसैको आधारमा सबै मन्त्रीहरूले राजीनामा दिँदै जानुपर्ने हो भने के त्यसो गर्न सकिन्छ ? के यस्ता परम्परा बसाल्न सकिन्छ । गृह मन्त्रालयसँग जोडिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । रास्वपाको शनिबार सचिवालयल बैठकले विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाएको प्रसंग स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको हो । बैठकले पार्टी सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानूनी रूपमा स्वीकार गरेको छ । तर सहकारीको बोर्डमा रहेका, सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी…
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे । उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए । नेता कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरूको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको धारणा राखे । उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरूले जनमत सङ्ग्रहबाट डराउन नहुने जिकिर गरे…
कास्की । ‘जनतासँग माओवादी–मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्कीमा रहेका नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी ९नेसपा० लगायत अन्य समाजवादी धारका दल रहेका छन् । उनीहरूले कास्की जिल्ला र मध्यपहाडी ९पुष्पलाल० लोकमार्गसँग सम्बन्धित समस्या, अवसर र सुझावहरू समेटेर उक्त ज्ञापनपत्र अध्यक्ष प्रचण्डसमक्ष बुझाइएको हो ।
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको निम्तो दिनको लागि आजबाट घरदैलो कार्यक्रम गर्ने भएको छ। आन्दोलनमा काठमाडौंवासीको सक्रिय सहभागिताको लागि आग्रह गर्दै आज साँझ जमलबाट घरदैलो कार्यक्रम सुरु गर्न लागेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। उनका अनुसार घरदैलो कार्यक्रम तीन दिनसम्म चल्नेछ। जमल हुँदै असन, इन्द्रचोक भोटाहिटी, वसन्तपुरलगायतका क्षेत्रमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गर्ने कार्यक्रम रहेको उनले बताए। घरदैलो कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टलगायत शीर्ष नेताहरू सहभागी हुनेछन्। घरदैलो कार्यक्रममा शीर्ष नेताहरुले काठमाडौं, ललितपुर…
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको हिजो ९शुक्रबार० उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरेका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको बताउँदै उनले भने,‘पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले…
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ । सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च…
काठमाडौँ । सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ । बुधबारको बैठकको निर्णय अनुसार उपसमितिको प्रतिवेदनमा रहेको सामान्य भाषिक त्रुटी सच्याएर पठाइएको समितिका सचिव एकराम गिरीले जानकारी दिए । लेखा समितिको बुधबार बसेको बैठकले समिति अन्तर्गत राजेन्द्र लिङ्देन नेतृत्वमा गठन भएको उपसमितिले तयार गरेको प्रतिवेदन र त्यसमा समावेश भएका थप राय समेत अख्तियारलाई पठाउँदै छानबिनका लागि निर्देशन दिने निर्णय गरेको थियो ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क