Author: Transparentgroup

ललितपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठ महिनाको अन्त्यसम्ममा पूरा हुने बताए। जेठ भरीमा निर्माण पूरा गरी फ्लाइओभरबाट सवारी साधन सञ्चालन हुने बताए। आइतबार बिहान फ्लाइओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उनले निर्माणका बाँकी कामहरू चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए। अब पनि ढिलाइ गर्ने छुट छैन,ु मन्त्री दाहालले भने, परिस्थिति बाहिरको प्राकृतिक विपत्ति नआएमा जेठको अन्त्यसम्ममा गाडी चल्नु पर्छ। यो एउटा प्रतिक्षाको आयोजना पनि हो। फ्लाइओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुल सहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको हो। फ्लाइओभरमा ट्राफिक लाइट जडानको कार्य पनि…

Read More

काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरुले आइतबार सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन् । उनीहरुले सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभइ ५ बर्ष राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनौटको अवसर दिनुपर्ने लगाएतका माग राखेका छन् । त्यस्तै स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि…

Read More

विराटनगर । काङ्ग्रेसभित्रैबाट गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला नेता कृष्णप्रसाद सिटौलाले भने बचाउ गरेका छन् । सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सेटिङमा भिजिट भिसामा जानेलाई पठाउने गरिएको र मोटो रकम घुस लिने गरिएको सार्वजनिक भएपछि गृहमन्त्री लेखक यो प्रकरणमा मुछिएका छन् । आइतबार बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्नेसमेत बताए । यसअघि शनिबार विराटनगरमा नै काङ्ग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन…

Read More

चीन । नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि यहाँ साङ्गीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ । एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टको आयोजना तथा चङ्दोंसीगुइलिन फुक्सी एस्ट्रेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङको सहआयोजनामा सम्पन्न तेस्रो एसएमएस नेपाल–चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान तथा पुरस्कार, २०८१ गएराति सम्पन्न भएको हो । कार्यक्रममा नेपाल र चीनका विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । नेपालकोतर्फबाट देविका वन्धन, कमल खत्री र राष्ट्रिय गतिशील कला समूहका कला समूहले कलाकारहरुले विशेष साङ्गीतिक प्रस्तुति दिएका भने चिनियाँ कलाकारहरुले पनि मौलिक नाच र गीत प्रस्तुत गरेका थिए । एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले…

Read More

काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित भएका छन् । सङ्घको गएराति सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा सिडी डेपलपर्स प्रालिका प्रबन्ध निर्देशक कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौडेल, द्वितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल र तृतीय उपाध्यक्षमा रोशन भोयद्यो निर्वाचित भएका हुन् । यस्तै, महासचिवमा तुलसीप्रसाद अधिकारी, सचिवमा वरुणकुमार आचार्य र कोषाध्यक्षमा निश्चलबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यमा डेकेन्द्रकुमार श्रेष्ठ, मनोजबहादुर श्रेष्ठ, हरिभक्त श्रेष्ठ, सन्दिप श्रेष्ठ, प्रसित भोयद्यो, सिद्धान्तविक्रम धमला, आभास कुँवर र अरनिको सिंह निर्वाचित भएका छन् । अध्यक्ष निर्वाचित कुँवरले मन्तव्य राख्दै घरजग्गा व्यवसाय…

Read More

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री यहाँ पुगेको छ । प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी घर ( टेन्ट ) , म्याट्रेस सेटलगायत राहत सामग्री यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । प्रदेश सरकारले पठाएको राहत सामग्री प्रजिअ पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेललगायतले खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडामा पुगेर लिएका हुन् । बोक्चेगौडा सडक निर्माण भइरहेका कारण सिधै सदरमुकाम सिमकोटमा पुग्न नसकेपछि उहाँको टोली शनिबार त्यहाँ पुगेर राहत सामान बुझी ल्याएको हो । उक्त सामान बोक्चेगौडा भिरमा बोकेर…

Read More

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को केन्द्रीय समिति बैठक बस्दैछ । यस अघि हिजो केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक बसेको थियो । यसअघि शनिबार केन्द्रीय समितिको आकस्मिक ‘भर्चुअल’ बैठक बसेको थियो। आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमाभौतिक उपस्थितिमै बैठक बस्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा सर्वोच्च अदालतले पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर गरेपछिको परिस्थिति र पार्टीको आगामी दिशाबारे छलफल हुनेछ। यस्तै देशको विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने झाले बताए।

Read More

काठमाडौं । काठमाडौंको पश्चिमी भागमा अवस्थित शान्त र आध्यात्मिक स्थल ‘ह्वाइट गुम्बा’ ९ड्रुक अमिताभ पर्वत० अस्थायी रूपमा बन्द हुने घोषणा गरेको छ। भीड नियन्त्रण गर्न नसकिएको र गलत सूचना फैलिएको कारण अस्थायी रूपमा बन्द हुने घोषणा गरिएको हो।शनिबारको दिन बिदाको कारण गुम्बामा अत्यधिक संख्यामा मानिसहरूको भीड लागेको थियो। चर्को गर्मीका बीच धेरै मानिसहरू बिरामी परे, कोही बेहोस भए र भगदौड हुने अवस्था समेत देखिएको थियो। बालबालिका हराउनुका साथै व्यवस्थापन पक्ष पनि पूर्ण रूपमा असहज बनेको थियो, गुम्बाद्वारा जारी सार्वजनिक सूचनाीमा भनिएको छ। यस्तो निर्णय गर्नुपरेकोमा गुम्बाले दुःख व्यक्त गरेको छ। यो निर्णय सजिलो थिएन, सूचनामा भनिएको छ, तर तपाईंहरूको सुरक्षा…

Read More

काठमाण्डौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँच दिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन्। जापान भ्रमण पूरा गरी गए राति स्वदेश फर्किएछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिँदै ती भेटवार्ताहरू मुलुकका लागि उपलब्धिमूलक रहेका जानकारी दिइन्। मन्त्री डा राणाले भनिन्, ुयस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयहरूका साथै नेपालमा जापानको सहयोग र परियोजनाहरूका बारेमा कुराकानी भयो। त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरूका सम्बन्धमा अन्य देशहरूले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाहरूका बारेमा पनि जान्ने मौका मिल्यो।ु परराष्ट्रमन्त्री डा राणा र…

Read More

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदी पुलबाट शनिबार राति करिब ११स्३० बजेको समयमा जीप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको जिल्ला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार दुर्घटनामा तनहुँकै व्यास नगरपालिका(५, पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रवीण थापा मगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २०र२२ वर्षका कुशल थापाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा जिप चालकसहित २ जना घाइते पनि भएका छन्। चालक व्यास नगरपालिका(४ बस्ने २५ वर्षीय…

Read More