Author: Transparentgroup
सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको उष्ण प्रदेशिय बागवानी केन्द्रले यस वर्ष ५३ लाख भन्दा धेरै मूल्यमा आँप बिक्री ठेक्का लगाएको छ। केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि ५३ लाख ७१ हजार रुपैयाँमा ठेक्का लगाएको हो। यो बागबानी केन्द्र देशकै सबैभन्दा ठूलो सरकारी बगैँचा हो। दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचनाअनुसार सुरज निर्माण सेवा लालबन्दी–१, पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले जानकारी दिए। निमित्त प्रमुख यादवका अनुसार यस वर्ष आँप गत वर्षको तुलनामा दुई गुणा बढी मूल्यमा ठेक्का लागेको हो। गत वर्ष रु २१ लाख १५ हजारमा मात्र ठेक्का लागेको…
भरतपुर । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हात पार्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका(१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ । कक्षा ८ मा अध्यापन सुरू गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो । यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया बताउँछन् । शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनको भनाइ छ । थपलियाका अनुसार यस वर्ष १३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । त्यसमध्ये एक…
काठमाण्डौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक आज ( सोमबार) बिहान ९ बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्ने छ। समसमायिक राजनीतिक विषय तथा गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो। पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ। क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ।
काठमाडौँ । भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट हुने गरेको मानव तस्करीका घटना र आर्थिक लेनदेनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान सुरु गरेको छ । सो प्रकरणमा अख्तियारले विशेष सुराकका आधारमा विमानस्थल अध्यागमनमा छापा मारी प्रमुख तीर्थराज भट्टराईसहित केही कर्मचारीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो । अख्तियारले विमानस्थल अध्यागमनबाट बरामद भएका कागजपत्र, विद्युतीय उपकरणको परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । सोही प्रकरणमा जोडिएका अध्यागमन प्रमुख भट्टराईसहितका कर्मचारीमाथि सोधपुछ सुरु भए पनि बयान भने सुरु हुन सकेको छैन । नियन्त्रणमा लिइएका आरोपितबाट बरामद गरेका प्रमाणको फरेन्सिक परीक्षण आउन अझै कम्तीमा एक हप्ता लाग्ने भएकाले आरोपितले…
काठमाडौँ । डाक्टर सन्दुक रुइतलाई शेर्पा किदुक अमेरिकाले ५० हजार १ डलर सहयोग गरेको छ । किदुकको सदस्यहरूबाट सङ्कलित उक्त रकम एक कार्यक्रम गरी सम्मान सहित रुइतलाई हस्तान्तरण गरेका थिए । ‘डा. सन्दुक रुइतले आँखा उपचारको क्षेत्रमा विश्वविख्यात काम गरेको भन्दै किदुकले सम्मान सहित सहयोग गरेको शेर्पा किदुक संरक्षक समितिका संयोजक ल्हाक्पा रिन्जी शेर्पाले बताउनुभयो । उता हिमालयन होप नेटवर्क संस्थाद्वारा सङ्कलित ५ हजार ७ अमेरिकी डलर पनि शेर्पा किदुकमार्फत हस्तान्तरण गरिएको थियो । उक्त रकम डा रुइतको कार्यको लागि स्वयंसेवक र कोष सङ्कलनमा आगामी दिनमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । डा. रुइतले आफ्नो अमेरिका भ्रमण नेपालको सफल…
काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो लगानी छ भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले हल्ला चलाएको आरोप लगाएका छन् । आइतबार एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी एकतापछि दाहाललगायतका नेताबाट आफूमाथि प्रहार भएको बताएका हुन् । कम्बोडियामा मेरो र३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने व्यक्ति ‘प्रचण्ड’ हुन् । त्यसको पछि लाग्नेहरू माधव नेपाल र झलनाथ खनालहरू हुन्,प्रधानमन्त्री ओलीले भने । यद्यपि माओवादी अध्यक्ष दाहालले कहिले र कहाँ आफूमाथि उक्त आरोप लगाए भन्नेबारे भने प्रधानमन्त्री ओलीले केही खुलाएनन् । नेपाल र खनाल एमाले नेतृत्वमा हुँदा राम्रोसँग पार्टी चल्न नसकेको पनि ओलीको…
काठमाण्डौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ। बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बसिरहेको हो। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न र पार्टीका केही आन्तरिक विषय छलफल हुने नेताहरूले बताएका छन्। गत वैशाख २१ गते बसेको सचिवालय बैठकबाटै एमालेका निलम्बित स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाही फुकुवा गर्ने भनिए पनि फेरि वैशाख २४ गते बैठक बसेर निर्णय गर्ने भनिएको थियो। तर त्यस दिन बैठक बस्न सकेन।त्यसको तीन सातापछि आज एमाले सचिवालयको बैठक बसेको हो। यस्तै आजको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको विषयमा पनि छलफल हुने बताइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट…
कंचनपुर । हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ बिघा जग्गा थियो । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष ( हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ) विस्तारका क्रममा १२ मंसिर २०५८ मा उनी त्यहाँबाट विस्थापित भए । आरक्ष विस्तारका क्रममा राज्यबाट विस्थापित भएपछि भण्डारीले पुनःस्थापनाको पर्खाइमा करिब चार–पाँच वर्ष सडकमै बिताए । राज्यबाट व्यवस्थापन हुन नसकेपछि २०६४ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ढक्का शिविरमा उनीलगायतका ६ सय विस्थापित बसोबास गर्दै आएका छन् । सरकारले हाम्रो व्यवस्थापन नगरेपछि जंगलको किनारमा खाली ठाउँ देखेपछि यहाँ बसेका छौँ,आरक्षपीडित भण्डारीले भने, सरकारले ३३ आयोग गठन गरे पनि हाम्रो व्यवस्थापन हुन सकेको छैन, २४ वर्ष बितिसक्यो । भण्डारीका…
काठमाडौँ । २६औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा ३ पुरुष र २ महिला खेलाडीले भाग लिने भएका छन् । दक्षिण कोरियाको गुमीमा मे २७ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको प्रतिनिधित्व हुने भएका हुन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले २६औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरेका छन् । पुरुष १ हजार ५ सय, ५ हजार मिटर दौडमा मुकेश पाल, लङजम्पमा सलिम देवान र १ सय र २ सय मिटर दौडमा शिवराज पार्कीले सहभागिता देखाउदैछन् । त्यस्तै महिला ज्याभ्लिन थ्रो, सटपुटमा चन्द्रकला लाम्गाडे तथा ८ सय, १…
विराटनगर । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष पूरा भएको सन्दर्भमा राज्यका सबै प्रणालीको समीक्षासँगै सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गदैं नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) को सहमतिमा मात्र संविधान संशोधन गर्न सहज हुने वास्तविकता प्रस्तुत गर्दै उनले संविधान संशोधनका निम्ति प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सरकारको पनि सहमति आवश्यक भएको विचार व्यक्त गरे । जनतामा नैराश्यता बढ्न नदिन सुशासन, सेवा प्रवाहका साथै देशको विकास– निर्माणलाई केन्द्रमा राखेर राज्य संयन्त्रले इमानदारीपूर्वक काम गर्नुपर्नेमा सांसद सिटौलाले जोड दिए । देश र जनतालाई प्राथमिकतामा राखेर…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क