Author: Transparentgroup
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा, शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन मंसिरमै सम्पन्न गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । कांग्रेसभित्रको भविष्यका दिशाबारे विचार राख्दै डा। कोइरालाले २०८२ मंसिर महिनाभित्रै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव गर्नुभयो। उहाँले महाधिवेशनलाई “कांग्रेसभित्र ताजापन र उर्जा भर्ने प्रक्रिया”का रूपमा व्याख्या गर्दै नियमित अधिवेशनमार्फत पार्टीलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “विशेष महाधिवेशन होइन, नियमित महाधिवेशनले मात्र कांग्रेसलाई पुनर्जीवित गर्न सक्छ। आगामी मंसिरमै महाधिवेशन हुने कार्यतालिका ल्याउने महामन्त्रीज्यूको प्रस्तावमा मेरो पूर्ण समर्थन रहनेछ।” कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बिहीबारको पार्टी केन्द्रीय कार्यालय सानेपामा धारणा राख्दै उहाँले भाद्र २३ गते राज्यबाट भएको अत्यधिक बल प्रयोगका कारण देशले होनहार…
काठमाडौँ । नेकपा ९एमाले०को १०औँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो । यही असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आज आ–आफ्नो धारणा राख्नु हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । यस अघि करिब २०० केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको छ । शुक्रबारको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने छन् । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ नेताहरु रहेका छन् । स्थायी र पदाधिकारीलाई पनि पनि तीन मिनेटकै समय उपलब्ध…
काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले पार्टीलाई नयाँ दिशा र सम्भावना भएको पार्टी बनाउनका लागि आगामी मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने बताएका छन् । आज ९बिहीबार० केन्द्रीय समिति बैठकमा धारणा राख्दै अन्य दलहरुले आगामी मंसिरमा महाधिवेशनको तयारी गरिरहेको अवस्थामा कांग्रेसले पनि गर्न सक्नुपर्ने बताएका हुन् । ‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौं रु त्यसकारण म अत्यन्त विनम्रताका साथ भन्न चाहन्छु–कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावना भएको पार्टी बनाउने हो भने मंसिर महिनामा हाम्रो महाधिवेशन गर्नुपर्छ,’– उनले भने । साथै, उनले विशेष महाधिवेशनको लागि उत्साहजनक हस्ताक्षर भएको पनि बताए । उनले विशेष महाधिवेशनको नाममा इतर…
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन् । निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । माओवादी निर्वाचनमा सहभागी हुन तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले भनाइ छ । सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनका लागि कुनै भूमिका नखेलेको उनको आरोप छ । उनले सरकार राजनीतिक दलहरूको विरुद्धमा लागिरहेको पनि जिकिर गरे । सरकाले दलहरूको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडि बढाएको उनको भनाइ छ । सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन…
काठमाण्डौं । जेन–जी विद्रोहपछि पहिलो पटक बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफल गर्न आठवटा अजेन्डा निर्धारण भएका छन्। पदाधिकारी, पूर्व पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरू सम्मिलित संयुक्त बैठकले केन्द्रीय समिति बैठकका लागि आठ वटा अजेन्डा तय गरेको हो। मंगलबारबाट सुरु भएको बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले सम्बोधन गरेर स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सुम्पिएका थिए। तर, त्यसदिन बैठक अजेन्डामा प्रवेश गरेको थिएन। त्यसअघि केही दिन अजेन्डा तय गर्न बसेको पदाधिकारी र कार्यसम्पादन समितिको बैठकमा महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा अजेन्डा तय हुन सकेका थिएनन्। तर बिहीबार बिहान बसेको बैठकले भने अजेन्डामा सहमति जुटाएको छ। तय भएका…
काठमाण्डौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको १०औं बैठकमा केन्द्रीय सदस्यहरूले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्न आग्रह गरिरहेका छन्। दोस्रो दिनको बैठकमा एमाले केन्द्रीय सदस्यहरूले पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण गराउन माग गरेका हुन्। जेनजी आन्दोलनपछि एमाले केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीलाई अभिभावक भएर बस्न आग्रह गर्दै भण्डारीको सदस्यता नवीकरण गर्न पनि माग गरेका हुन्। एमाले संगठन विभागका सचिव माधव ढुंगेलले भण्डारीको सदस्यता नवीकरण रोक्न नहुने भन्दै लिखित प्रस्ताव नै पेि गरेका छन्। ‘माधव ढुंगेलले बोल्दा बोल्दै भ्याउनु भएन उनले पार्टी सदस्यता नवीकरण गर्न दिनुपर्छ भनेर लिखित रूपमा बुझाउनु भएको छ,’ केन्द्रीय सदस्य रमेश पौडेलले भने। एमाले केन्द्रीय सदस्य रचना…
महोत्तरी । महोत्तरी क्षेत्र नं ४ ९ख० बाट निर्वाचित प्रदेश सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। प्रदेश सांसद सिंह समेतले विभिन्न उपभोक्ता समितिहरु गठन गरी उपभोक्ता समितिको खाताहरुमा जम्मा भएको रकम आफ्नो स्वकीय सचिवमार्फत झिकेर भ्रष्टाचार गरेको आरोप छ। सांसद सिंहका स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिकेर आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गर्न लगाएको पाइएको छ। यस्तै केही रकम स्वकीय सचिव कायस्थको नाममा जम्मा गरेको पनि अख्तियारको आरोप छ। प्रदेश संसदीय विकास कोषको आर्थिक वर्ष २०७८/ ०७९…
काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल जारी छ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको हो । छलफलमा नेपाली काँग्रेसबाट मीन विश्वकर्मा, नेकपा एमालेबाट गुरु बराल, माओवादी केन्द्रको तर्फबाट देव गुरुङ, रास्वपाका हरि ढकाल, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे लगायत सहभागी छन् । नेपाली कांग्रेस र नेकपा एमाले संसद्को पुनः स्थापना गर्नुपर्ने पक्षमा देखिएका छन् । अन्य दलहरू भने तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा दृढ देखिँदै आएका छन् ।
जनकपुर । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका छन्। मंगलबार मुख्यमन्त्रीबाट राजीनामा दिएका सिंहले बुधबार जनमत पार्टी फुटेर गठन भएको नयाँ दल जनस्वराज रोजेका हुन्। यस विषयमा जानकारी गराउन अहिले उनले जनकपुरमा पत्रकार सम्मेलन गरिरहेका छन्। जनमतबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहले राजीनामा दिएपछि लोसपाका नेता जितेन्द्र सोनल मधेसको मुख्यमन्त्री नियुक्त भइसेकेका छन्। सिंहसहित जनमतका दुई प्रदेशसभा सदस्यले बुधबार नै जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेका थिए। निवर्तमान मुख्यमन्त्री सिंह र पूर्वमन्त्रीसमेत रहेका जनमतका सांसद त्रिभुवन साहले नयाँ दल रोजेका हुन्। उनीहरूले पनि आफ्नो समर्थन जितेन्द्र सोनललाई नै रहने बताएका छन्। हिजो…
चितवन । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का संयोजन पुष्पकमल दाहालले हालैको ‘जेनजी’ आन्दोलनले उठाएका मागहरू माओवादीकै एजेन्डा भएको बताएका छन्। बिहीबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित भेटघाट तथा सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। दाहालले तत्कालीन सरकारको गम्भीर सुरक्षा लापरवाहीका कारण आन्दोलन हिंसात्मक बनेको आरोप लगाए। साथै, अब देशमा निर्वाचनको विकल्प नभएको स्पष्ट पारे।सम्बोधन कार्यक्रममा दाहालले जे(जी आन्दोलन, सरकारको भूमिका, वामपन्थी एकता र आगामी निर्वाचनबारे पार्टीको धारणा स्पष्ट पारे। ‘युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्,’ उनले भने, ‘हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क