Author: Transparentgroup

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष ‍राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने सडक आन्दोलनको कार्यक्रम काठमाडौँको रत्नपार्कमै गरिने बताएका छन्। मंगलबार सम्पादकहरूसँग कुरा गर्दै लिङ्देनले प्रशासनले अनुमति नदिए पनि कार्यक्रम रत्नपार्कमै हुने बताएका हुन्। उनले सोहीदिन नेकपा एमालेले भिडाउनका लागि नजिकै कार्यक्रम गर्न लागेको भन्दै आपत्ति जनाए। हाम्रो प्रदर्शन हिंसात्मक हुँदैन। कार्यक्रम पूर्णतः हाम्रै नियन्त्रणमा हुन्छ, रिङरोडबाहिर कार्यक्रम हुँदैन। प्रशासनले अनुमति नदिए पनि रत्नपार्कमै गर्ने हो उनले भने। त्यस्तै लिङ्देनले नेपालमा चुनावबाट परिवर्तन सम्भव नभएको र जनदबाब अनिवार्य रहेको बताए। राप्रपाले उक्त दिन २ हजार स्वयंसेवक खटाइने पनि बताएको छ। राप्रपा राजतन्त्र फर्काउने भन्दै आन्दोलनमा होमिन लागेको हो। सम्पादकहरूसँगको…

Read More

काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभई मानवतस्करीको विषय भएकाले गम्भीर भएर छानबिन हुनुपर्ने बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले मानवतस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप लगाए । अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरूलाई बेच्ने प्रकरणमा राज्यको निकायहरू नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केबल नैतिकताको विषयमात्रै हुन नसक्ने उनको जिकिर छ । ‘भिजिट भिसामार्फत मानवतस्करीको विषयमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारी बचाउन रातारात सरुवा गरेको छ’, उनले भने । गृहमन्त्री लेखकमाथि प्रशस्त शंका गर्ने ठाउँ…

Read More

काठमाडौं । नेकपा ( माओवादी केन्द्र)  का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न उठेकाले उनले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज ( मंगलबार )  संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अब गृहमन्त्री लेखकले जवाफ दिने भन्दा पनि राजीनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको बेलामा बयान दिन जानु उपयुक्त हुने बताए । ‘गृहमन्त्रीज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले जवाफ दिने होइन, राजीनामा दिने हो । अब बयान दिने हो क्या, जवाफ दिने होइन । उभियुक्त हुनुभयो, अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ रु अभियुक्तले कानुनी कठघरामा गएर अख्तियारले बोलाएको बेलामा…

Read More

काठमाडौं । यातायात व्यवसायीले ७ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सयुक्त पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम अगाडि बढाएका हुन् । विभिन्न संगठन मिलेर ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ बनाइएको छ । सार्वजनिक यातायात क्षेत्रको १३ खर्ब लगानी जोखिममा परेको उनीहरूको भनाइ छ । १५ लाखलाई प्रत्यक्ष रोजगारी दिएको यो क्षेत्रमा विस्थापित हुने अवस्था आएको व्यवसायी बताउँछन् । सबै मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, जेठ १४ मा मुख्यमन्त्रीलाई मागपत्र दिने, १८…

Read More

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रथम महानिरीक्षक स्व।कृष्णमोहन श्रेष्ठ र पत्नी नुडुप श्रेष्ठको शालिक अनावरण भएको छ । संखुवासभा जिल्लाको चैनपुर नगरपालिका– ६, दुईबरे, जिरोप्वाईन्टमा उक्त शालिक अनावरण गरिएको हो । उक्त शालिक नुडुप फाउण्डेसन र चैनपुर नगरपालिकाले संयुक्त रुपमा तयार पारेका हुन् । सशस्त्रका महानिरीक्षक राजु अर्यालले शालिकको अनावरण गरे । श्रेष्ठ २०५७ माघ १९ गते सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा नियुक्त भएका थिए । २०५९ माघ १२ गते ललितपुरको बागडोलमा मर्निङवाकको क्रमाम उनी पत्नीसहित मारिएका थिए । उक्त घटनामा अंगरक्षक सई सूर्य रेग्मीको पनि ज्यान गएको थियो । शालिक अनावरण कार्यक्रममा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुबेरसिंह राना, सशस्त्रका पूर्वमहानिरीक्षक…

Read More

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ नेकपा माओवादी, रास्वपा र राप्रपाका सांसद उठेका थिए । त्यसपछि सभामुखले दलका प्रतिनिधिहरूलाई बोल्न समय दिएका छन् ।नेकपा माओवादी केन्द्रले भिजिट भिसाको नाममा विमानस्थलमा असुली राजनीतिक संरक्षणबिना सम्भव नहुने दाबी गरेको छ। तत पश्चात पनि प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्री बिरुद्ध नारावाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक आधा घण्टालाई स्थगित गरेका हुन् । सभामुख घिमिरेले गृहमन्त्री संसदमा आफ्ना केही कुरा राख्न चाहनुहुन्छ भन्दा पनि बिपक्षी दलका सांसदहरुले नमानेर नाराबाजीमा उत्रेसँगै संसद…

Read More

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसद उठेका थिए । त्यसपछि सभामुखले दलका प्रतिनिधिहरूलाई बोल्न समय दिएका छन् ।नेकपा माओवादी केन्द्रले भिजिट भिसाको नाममा विमानस्थलमा असुली राजनीतिक संरक्षणबिना सम्भव नहुने दाबी गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाए। उनले अख्तियारले मुख्य आरोपित भनेको तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएको बताए। उनले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे।…

Read More

काठमाण्डौं । .  प्रतिनिधि सभाको बैठक सुरू भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समय ढिला सुरू भएको हो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन्। अध्यागमनका कर्मचारीको सेटिङमा मानिसलाई भिजिट भिसामा पठाउन सहजीकरण गरी रकम असुली गर्ने गरेको खुलेको थियो। यसमा गृहमन्त्री समेतको संलग्नता हुन सक्ने भन्दै प्रतिपक्षी दलहरूले उनको राजीनामा माग्ने तयारी गरेका हुन्। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरू गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्नेमा छन्।

Read More

वीरगञ्ज (पर्सा)। सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब १४ करोड २८ लाख बढी राजस्व सङ्कलन गरेको जानकारी दिए । “गत आवको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो”, उनले भने, “गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा दुई दशमलव ८५ प्रतिशतले…

Read More

पोखरा । राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले पहिलो भोटिङ गरे । निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ ।  संघको आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरी प्यानलसहित मैदानमा उत्रिएका छन्। लामो अन्योलबीच पोखरामा जारी एमाले निकट राष्ट्रिय युवा संघ, नेपालको १० औँ महाधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ। निर्वाचन आयोगका अधिकृत जय गुरुङका अनुसार मंगलबार बिहान १०स्२० बजेबाट मतदान सुरु भएको…

Read More