Author: Transparentgroup

काठमाडौं । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गरेपछि अहिले नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् । केही समय अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका छन् । भिजिट भिसा प्रकरणमा मन्त्रीकै राजीनामा माग भएपछि छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका हुन् । हुनत प्रधानमन्त्री केपी शर्मा ओली तथा काँग्रेस सभापती शेर बहादुर देउवाले गृहमन्त्रीले राजीनामा दिनु नपर्ने अडान लिदै आईरहेका छन् । एक कर्मचारी अनुसन्धानमा पर्दा मन्त्रीहरुले राजीनामा दिने हो भने कोही पनि मन्त्री नरहने भन्ने देउवा र ओलीको बुझाई छ । नेताद्धयले…

Read More

काठमाण्डौं । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । विदेशमन्त्री मार्को रुबियोले मंगलबार यस सम्बन्धमा आदेश जारी गरेको अलजजीराले जनाएको छ । समाचारअनुसार आदेशको उद्देश्य देशका विश्वविद्यालयहरूमा यहूदी विरोधी र वामपन्थी विचारहरू रोक्नु हो । अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीलाई भिसा नदिन भनेको छ ।रुबियोले विश्वभरका अमेरिकी दूतावासहरूलाई आदेश जारी गर्दै भने, ुउनीहरूले विद्यार्थी भिसाका लागि नयाँ अन्तर्वार्ताको तालिका बनाउनु हुँदैन, किनभने ट्रम्प सरकारले अमेरिका आउने विद्यार्थीहरूको सामाजिक सञ्जाल प्रोफाइलको अनुसन्धानलाई अझ कडा बनाउनेछ। तत्काल प्रभावबाट, कन्सुलर खण्डले थप दिशानिर्देश जारी नभएसम्म विद्यार्थी वा एक्सचेन्ज…

Read More

काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ । मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी रिटमा गरिएको छ । पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानुनी भएको जिकिर गरिएको छ । नेपालको संविधानको धारा १३३ ९२० र ९३० बमोजिम उत्प्रेषणको आदेशले बदर गरी नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्त्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न नगराउन…

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ । महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका…

Read More

बागमती । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज अपराह्न १ः०० बजे हुने बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ । आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ०ले बताए । यसअघि प्रदेशसभामा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गर्नुभएको सरकारको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता छलफलपछि पारित भएको थियो ।

Read More

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११स्०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची तय भएको छ । यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१र८२ को आर्थिक सर्वेक्षण पेश गर्नेछन् । सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै…

Read More

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलनिकट विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन्। विपक्षी विद्यार्थी संगठनहरुले संयुक्त रुपमा माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन्। उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भिजिट भिसामा खाडी मुलुक र युरोप जाने नेपालीहरुबाट लिइएको दैनिक ५० लाख बढीको घुस प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको दाबी गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयमा छापा मार्दै त्यहाँ कार्यरत भ्रष्ट सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाए बापत दैनिक ५० लाख बुझाउने गरेको बयानले थप आक्रोशित…

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधि र अभिव्यक्तिबारे आपत्ति जनाएका छन् । आज ( मंगलबार )  विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठकमाडौं एमालेको कब्जामा हुनुपर्छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । नेता कोइरालाले प्रधानमन्त्री ओलीले जे–जे गर्दै गएपनि कांग्रेसले छुट दिँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘के बाध्यता आइपर्‍यो त्यस्तो प्रधानमन्त्रीले जे–जे गरे पनि कांग्रेसले छुट दिँदै जाने रु’ प्रश्न गर्दै उनले भने । नेता कोइरालाले पधानमन्त्री एउटा व्यक्ति नभएर संस्था भएकाले पदमा बसेको मान्छेले बोल्दाखेरी विचार…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो । गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक चल्न दिएनन् । बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलबीच सहमतिको प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन नसकेपछि आजको बैठक स्थगित गरिएको हो । सहमतिका लागि सभामुखले सत्ता र प्रतिपक्षी संयुक्त छलफल आयोजना गरेका थिए । उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी बैठकमा सबै दल आआफ्नो अडानमा…

Read More

काठमाण्डौं । आज गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले अवरोध गरेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। मंगलबारको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेपछि सभामुखले सहजीकरणका लागि छलफल बोलाएका हुन्। आज करिब १२ बजे सुरु भएको बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदले उठेर नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा मागेका थिए। सभामुखले पटकपटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षीले विरोध कायमै राखेपछि ३० मिनेटको लागि बैठक स्थगित गरेका थिए। २० मिनेट चलेर आधा घण्टाका लागि स्थगित बैठक पछि २स्३० सम्मका लागि सूचना…

Read More