Author: Transparentgroup

काठमाण्डौं । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ। विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो। गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध…

Read More

काठमाडौ‌ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ । अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए । संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ । त्यसअघि प्रतिनिधिसभाको अपराह्न १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले…

Read More

वीरगञ्ज। नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले उच्च अदालत वीरगञ्जबाट सफाई पाएको छ । जिल्ला अदालत रौतहटले आलमई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो । जिउँदै ईट्टाभट्टामा मान्छे जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैद तोकिएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता अफताब आलम जेलमुक्त भएका छन् । उच्च अदालत वीरगञ्जले बुधबार सफाई पाएपछि उनी नख्खु कारागारबाट निस्किएका हुन् । बम बिस्फोटपछि व्यक्ति हत्याको आरोपमा जिल्ला अदालत रौतहटबाट जन्मकैद पाएका उनलाई उच्च अदालत वीरगञ्जले आदेश उल्ट्याइदिएपछि उनी रिहा भएका हुन् । न्यायाधीशद्धय डा। खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलाशले सफाई दिएको हो ।

Read More

काठमाडौं । दोस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले सदन खुलाउन पहल थालेका छन् ।उनको कार्यकक्षमा अहिले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक बसिरहेको छ । बैठकमा सभामुख, उपसभामुखसहित नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् । बैठकमा सहभागी एक नेताका अनुसार निरन्तर सदन अवरुद्ध हुँदा १५ गतेको बजेटसमेत प्रभावित हुने भन्दै सभामुखले सहमति खोज्न आग्रह गरेका छन् ।

Read More

काठमाडौं । प्रतिपक्षी दलहरुले अवरोध कामयै राखेपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ । भिजिट भिसा प्रकरणलाई लिएर हिजो ९मंगलबार० देखि प्रतिपक्षी दलहरुले सदन अवरोध गरिरहेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उक्त प्रकरणको निष्पक्ष छानविनमा सघाउनुपर्ने माग गरिरहेका छन् । बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले प्रतिनिधिसभाको बैठक अवरोध गरेका थिए । उनीहरु उठेर विरोध जनाएपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । सभामुख घिमिरेले बैठक चल्ने वातावरण बनाउन पटक–पटक अनुरोध गर्दासमेत उनीहरु टसमस भएनन् । संविधानतः भोलि ९जेठ १५ गते० सरकारले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत गर्ने…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालबीच संसद्को अवरोधका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता दाहाललाई फोन गरेर संसद्को अवरोध खुलाउनेबारे कुराकानी गरेका हुन् ।  गृहमन्त्री रमेश लेखक र माओवादी सांसद माधव सापकोटाले ओली र दाहालबीच फोनमा संसद्को अवरोधबारे छलफल भएको जानकारी दिए । ओलीले संसद्को अवरोध हटाएर नियमित काम कारबाही गरिदिन आग्रह गरेका थिए । विपक्षी दलहरूको बैठक संसद् भवनमा बसिरहेको बेला प्रधानमन्त्री ओलीको फोन अध्यक्ष दाहाललाई आएको सापकोटाले बताए । प्रधानमन्त्रीले सदनको अवरोध हटाएर सदनलाई अगाडि बढाउन माग गर्नुभएको थियो । अध्यक्षले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र…

Read More

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुबिचको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले उठेका विषयमा संसदमा प्रस्ट पार्ने सहमति भएको छ । विपक्षीले सदन अवरुद्ध गर्ने नीति लिएपछि प्रधानमन्त्री ओली, सभापति देउवा, गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए । प्रमुख सचेतक बर्तौलाले बालुवाटार छलफलमा संसद्को गतिरोध खुलाउने बारेमा छलफल भएको बताए । ‘उठेका विषयमा आजको संसद् बैठकमा गृहमन्त्रीले प्रस्ट पार्नुहुन्छ’, बर्तौलाले भने, ‘नियमावलीअनुसार बैठक अघि…

Read More

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएको विपक्षी दलहरूको बैठक बसिरहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी भने अनुपस्थित छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल नेतृत्वमा बुधबार संसद् बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बसिरहेको छ । माओवादी सांसद माधव सापकोटाका अनुसार बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलहरू सहभागी छन् । १० बजेर ५० मिनेटदेखि सुरु भएको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा, बजेट प्रस्तुत गर्न संसद् सञ्चालनलगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा विपक्षी राप्रपा भने सहभागी छैन । राप्रपाले पनि गृहमन्त्रीको राजीनामा माग गरिरहेको छ…

Read More

काठमाण्डौं । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौं आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै उनले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी, न्युजिल्याण्डका उपप्रधानमन्त्रीले आजै साँझ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उनको सम्मानमा परराष्ट्रमन्त्री डा. राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।

Read More

बुटवल । बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुइ छोरीको बिभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमान ढकालको हत्या गरेका हुन्। प्रहरीका अनुसार घटना आज बिहान ४ बजेतिर भएको र मृतक दीपा बस्यालले कोइरालासँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन्। दीपा बस्यालका हालका पति वैदेशिक रोजगारीमा छन्। उनी दुई छोरीलाई साथमै लिएर गएराति पूर्व पतिलाई भेट्न गएको बेला घटना भएको हो।…

Read More