Author: Transparentgroup
काठमाडौँ । नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ । भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपा लगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने भएको छ । प्रशासनले उनीहरूका लागि दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ । आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा २०८२ जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूसँग बुधबार छलफल गर्दै उक्त अपिल गरेको हो । आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्तिसुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्यमान्यतालाई आत्मसात् गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन गरेका छन् । आयोगले विभिन्न टोलीहरू बनाई प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमनसमेत गर्नेछ । उनले आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको…
काठमाडौँ । आर्थिक वर्ष २०८२र०८३ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । त्यसका लागि पौने २ बजे बैठक बोलाइएको छ ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बोलाइएको हो । आजै ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दै छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सङ्घीय संसद्मा अपराह्न ३ः०० बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । ‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन,’ प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल !’ आज १८ औँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
काठमाडौं । नेकपा ( एमाले ) का महासचिव शङ्कर पोखरेलले सचिवालय बैठकको निर्णयअनुसार गणतन्त्र दिवसलाई आमजनताको सहभागितासहित उत्सवका रूपमा मनाइने बताएका छन् । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले ‘गणतन्त्र उत्सवको तयारीका सम्बन्ध’मा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र दिवसका अवसरमा हुने बजेट प्रस्तुतिले विशेष प्राथमिकता पाउँदा गणतन्त्र दिवसजस्तो ऐतिहासिक पर्वतर्फ ध्यान पुग्न नसकेको महसुस गरी एमालेले भव्यताका साथ दिवस मनाउने निर्णय गरेको बताए । महासचिव पोखरेलले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरी हरेक वर्ष जेठ १५ गतेको सट्टा अर्को कुनै दिन बजेट प्रस्तुत गर्न उपयुक्त हुने धारणा व्यक्त गरे । उनले जेठ १५ गते गणतन्त्र स्थापना…
काठमाण्डौं । राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सहितका दल तथा राजवादीहरूले बिहीबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राजवादीहरूले बिहीबार बिहान ११ बजे विभिन्न ठाउँबाट निस्केर दिउँसो एक बजे रत्नपार्कमा जम्मा हुने कार्यक्रम तय गरेका छन्। श्रेष्ठले रत्नपार्कमा आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएको बताए। ‘सभा गर्न लागिएको भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्थ्यो। हामीले आन्दोलन गर्न लागेका हौं। आन्दोलन गर्नका लागि अनुमति लिनुपर्दैन,’ उनले भने। उनका अनुसार बिहीबारदेखि सुरु हुने भनिएको आन्दोलन शान्तिपूर्ण हुनेछ। राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले राजधानीको शान्तिबाटिका क्षेत्रमै प्रदर्शन गर्ने तय भएको…
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् । आज गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् । सभापति देउवाले समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुँदै दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससमेत व्यक्त गरे ।उनले लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने सबैमा उच्च सम्मान प्रकट गरेका छन् । ‘नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता,…
काठमाडौँ। सभामुख देवराज घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरा व्यक्त गर्नुभएको हो । उहाँले गणतन्त्रको भावना केवल संवैधानिक संरचना परिवर्तनमा सीमित रहनु हुँदैन भन्दै गणतन्त्र जनसरोकार, सुशासन, पारदर्शिता र समावेशिताको जीवन्त अभ्यासका साथै समृद्धिको बलियो आधारमा रूपान्तरित हुनुपर्ने बताउनुभयो । सभामुख घिमिरेले लोकतान्त्रिक गणतन्त्रमा देखिएको गणतन्त्रविरोधी गतिविधि केवल संविधानको अवमूल्यन मात्र नभई सहिदहरूको अपमान पनि भएको बताउनुभयो । उहाँले आन्दोलनका सपना र बलिदानमाथि प्रहार गर्ने…
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८२ का अवसरमा आज शुभकामना दिँदै उहाँले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबीचको एकता र गणतान्त्रिक शक्तिबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको कार्यान्वयन गरेर फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रूपान्तरण गर्ने कार्यभार पूरा गर्नेतर्फ दलहरूको ध्यान जानुपर्ने बताउनुभयो । “माओवादीको सचेत पहल र आमउत्पीडित जनसमुदायको सहभागितामा सञ्चालित जनयुद्धको जग तथा अन्य गणतान्त्रिक शक्तिको समेत सहकार्यमा भएको ऐतिहासिक…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था रहेको बताउनुभएको छ । गणतन्त्र दिवस, २०८२ को शुभकामना दिँदै उहाँले त्यस्तो बताउनुभएको हो । शुभकामना सन्देशमा उल्लेख छ, “संसारमै योभन्दा उन्नत अर्को कुनै व्यवस्था छैन । यस कारण पनि यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ । राज्यसत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको छ । हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान् उपलब्धिका रूपमा अभिलेखन गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौँ ।”
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क