Author: Transparentgroup
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/0८३ का लागि प्रस्तुत गरेको बजेट अर्थतन्त्र सुधारमा केन्द्रित छ यद्यपि यसको कार्यान्वयनका लागि हस्तक्षेपकारी ढङ्गले काम गर्नुपर्ने प्रतिक्रिया आएको छ । पूर्वअर्थमन्त्रीहरूले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेटको कार्यान्वयन भएमा अर्थतन्त्र चलायमान हुन सक्ने प्रस्ट पार्नुभएको छ । पूर्वअर्थमन्त्रीत्रय नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डे, नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत र नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले बजेट कार्यान्वयनमा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको हो । पूर्वअर्थमन्त्री महतले भन्नुभयो, “जुन विनियोजन प्रस्ताव गरिएको छ, यसमा स्रोत जुटाउन कठिन नै हुन्छ तर पनि बजेट…
काठमाडौँ । प्रतिनिधिसभा बैठक जेठ २० गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक जेठ २० गते बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् । आजको बैठकमा आर्थिक वर्षको बजेट पेस भयो । बजेट प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका हुन् । त्यस्तै प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री पौडेलले बजेट टेबुल गरे । बजेटलाई कार्यान्वयन गर्ने आर्थिक विधेयक पनि पौडेलले आजैको बैठकमा टेबुल गरेका थिए ।
काठमाडौँ । इलेक्ट्रोनिक भेहिकल ( ईभी) को भन्सार मूल्य यथावत् राखिएको छ । वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् । यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले धेरै ईभी भन्सार जाँचपास गराएका थिए । तर, कर यथावत् भएपछि त्यसरी ल्याउने व्यापारीहरू नोक्सानमा पर्ने भएका हुन् । नेपालमा बसी सूचना प्रविधिको काम गरी गने आयमा आयकरको दर ५ प्रतिशत आयकर लाग्ने र त्यो नै अन्तिम हुने पौडेलले बताए ।साथै सूर्तीजन्य पदार्थ तथा मदिरामा करको दर बढाउने घोषणा उनले गरे । अर्थमन्त्री पौडेलले भ्याट, अन्तःशुल्क र आयकर कानुनमा परिमार्जन गर्ने उनले बताए…
काठमाडौँ । सरकारले १९ खर्ब ६४ अर्ब रुपैंया बराबरको बजेट ल्याएको छ । बजेटका प्राथमिकतामा स्वास्थ्य तथा खेलकुद मन्त्रालय परेका छन् । सरकारले कोशी, गण्डकी लगायतका मुख्य नदीबाट कलकत्तासम्मको पानीजहाज सञ्चालनका लागि अध्ययन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरे । ‘अन्तरदेशीय जल यातायात विकास विस्तार र प्रवर्द्धनका लागि अध्ययन गरिने छ । कोशी, गण्डकी लगायत नेपालका प्रमुख नदी हुँदै कलकत्ता बन्दरगाह सम्मको जल यातायात सञ्चालनका लागि आवश्यक तयारी गरिने छ,’ उनले भने । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटमा गण्डकी प्रदेशलाई खासै सम्बोधन…
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१ / ८२ को आर्थिक सर्वेक्षण पेश गरेका छन् । विहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गरेका हुन् । अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेका छन् । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २५.१६ प्रतिशत रहेको समेत उनले जानकारी दिए । मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ । फागुन २०८१ सम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको समेत उनले जानकारी दिए । वित्तीय पहुँच बढेको…
काठमाडौँ । विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने बताए । त्यसपछि भिजिट भिसा सेटिङ प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने र गृहमन्त्री रमेश लेखकको राजीनामा नभएसम्म संसद् चल्न नदिने बताए । विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर विपक्षीहरूले मंगलबार र बुधवारको प्रतिनिधिसभा बैठकमा अवरोध पुर्याएका थिए । विपक्षीको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न…
काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय ९जिप्रका० काठमाडौंले बिहीबार हुने कार्यक्रमको सुरक्षाको सबै तयारी पूरा भएको जनाएको छ। राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को आन्दोलन र गणतन्त्र दिवसको अवसर पारेर एमालेले मनाउन लागेको उत्सव एकै दिन परे पनि दुवैलाई आमने– सामने पर्न नदिनका लागि सुरक्षा निकाय तयारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताएका छन्। ‘नेकपा एमालेले १०ः३० देखि २ बजेसम्म कार्यक्रम सकाउने तयारी गरेको छ,’ प्रवक्ता समेत रहेका भण्डारीले भने, ‘राप्रपाले त्यसपछि कार्यक्रम गर्छ भन्ने हामीले विश्वास लिएका छौं।’ राप्रपाले कुनै लिखित जानकारी नगराएपछि पार्टी अध्यक्षलाई समयको बारेमा जानकारी गराइएको उनले बताए। ‘हामी सकभर…
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा गणतन्त्र मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विशेष कार्यक्रम भइरहेको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति अशोक सिग्देल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, सरकारका मन्त्रीहरू, सांसदहरू, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी छन् । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कला कौशल प्रस्तुत गरेका थिए ।
काठमाडौँ । गणतन्त्र स्थापना भएको १८ वर्ष भएको अवसरमा पहिलो पटक नेकपा ९एमाले० ले गणतन्त्रलाई उत्सवका रूपमा मनाउन र्याली सुरू भएको छ । गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा उत्सवको रूपमा मनाउने निर्णयअनुसार एमालेले देशभर प्रदर्शन गर्दैछ । भृकुटीमण्डप, बागबजार र रत्नपार्क आसपासमा एमाले नेता कार्यकर्ताहरू पुग्न थालेका छन् । गणतन्त्र उत्सव र्याली पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर पुग्नेछ । भृकुटीमण्डपवबाट बृहत र्याली रत्नपार्कमा पुगेर सम्बोधन सहित समापन हुने कार्यक्रम रहको छ । ‘गणतन्त्र उत्सवका र्यालीका लागि भेला भइरहेका छौँ, गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रूपमा…
काठमाडौँ । आज ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कायक्रमका साथ मनाइएको छ । सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक मानवपाइला टेकेको दिन मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउँदै आएको छ । सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए । सगरमाथाको चुचुरोमा मानव पाइला टेकिएको बिहीबार ७१ औँ वर्ष पूरा भएर ७२ औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा सन् २००८ देखि मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउन थालिएको हो । सगरमाथा दिवसको यस वर्षको नारा ‘विश्वको सर्वोच्च…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क