Author: Transparentgroup
टोरन्टो । जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५ टोरन्टोमा सम्पन्न भएको छ। क्यानडामा दर्ता भएको गैर सरकारी संस्था सहयात्रा(क्यानडा तथा दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूद्वारा संयुक्तरुपमा आयोजित पहिलो जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५,१७ बुँदे टोरन्टो घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । टोरन्टो ब्राम्प्टनस्थित क्यानडा कन्भेन्सन सेन्टरमा आयोजित तीन दिने सम्मेलन ( मे २५-२७, २०२५ ) को समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले दलितको हक अधिकार प्रवर्द्धन गर्न काम गरिरहेको बताए । उनले नेपालको संविधान २०७२ ले दलित समुदायको हितका लागि थुप्रै प्रावधानहरू राखेको भएता पनि कतिपय…
काठमाडौँ । नेकपा ९माओवादी केन्द्र० ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । यस्तै एकता प्रक्रियामा जोडिएका गंगानारायण श्रेष्ठ समूहलाई जिम्मेवारी दिनेबारे निर्णय भएको बताए । पौडेलका अनुसार नेसपाको कार्यकारिणी पदमा रहेकालाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा रहेको जिम्मेवारी अनुसार समायोजन गर्ने निर्णय भएको छ । ‘मध्य पहाडी जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । एकता प्रक्रियामा जोडिएका साथीहरूलाई समायोजन गर्ने निर्णय भएको छ । साबिकका पार्टीमा जुन…
चितवन। चितवनको नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको गोताखोरको सहायतामा सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी वलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने काममा खटिएका उनीहरु बाँध फुट्दा बिहीबार बेलुका नदीको बीच भागको टापुमा फसेका थिए। २२ जना कामदार नदीको बीच भागमा फसेकोजानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो। गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्वार गरेको हो । मानिसको उद्धार…
काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउनको लागि सक्रियता देखाएका छन् । सभामुख घिमिरेले अहिले विभिन्न दलका प्रमुख सचेत र सचेतहरुसँग छलफल गरिरहेका छन् । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरिरहेका छन् । हिजो ९बिहीबार० बजेट ल्याउन भने विपक्षीले अवरोध गरेको थिएन । तर, अबको बैठक भने गृहमन्त्री लेखकको राजीनामा नआएसम्म चल्न नदिने उनीहरुको अडान छ । सभामुख घिमिरेले भने सदनको अवरोध हटाउने, हिजो प्रस्तुत भएको बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर तय गर्नको लागि प्रमुख सचेतकहरुसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ । सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण…
राजविराज । राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ । बसपार्कको बिहीबार एक समारोहबीच राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गरे । राजविराज–२ स्थित राजदेवी टोलमा बसपार्क सञ्चालनमा आएपछि नगरको मुख्य सडकहरुमा देखिएको सवारीसाधनको चाप कम हुने कार्यवाहक नगरप्रमुख परविनले बताए । लामो समयदेखि बसपार्क सञ्चालनमा नआएका कारण बजार व्यवस्थित गर्न समस्या भएको उनले बताए । यहाँ सञ्चालन भएको बसपार्कबाट लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुने छन् । “राजविराजका लागि यो ठूलो पूर्वाधार हो, यसबाट नगरलाई सुन्दर बनाउन मद्दत पुग्ने छ”, उनले भने । राजविराजमा सुविधा सम्पन्न बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा समस्या देखिएको थियो । पहिलोपटक २०४४ सालमा…
पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ । सार्वजनिक यातायात सञ्चालकहरूले शुक्रबार आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएर सरकारी निर्णयको विरोध गरेका हुन् । प्रदेश सरकारले चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ सम्बन्धी नियमावली पारित गरेको थियो । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीका अनुसार प्रदेशभर गुड्ने करिब १५ हजार भन्दा बढी गाडीहरू अहिले घर र ग्यारेजमा थन्क्याएर राखिएको छ । यहाँ ३० भन्दा बढी समितिहरू सक्रिय छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत जेठ १८ गतेसम्म प्रदेशभरी सार्वजनिक यातायात ठप्प पार्ने निर्णय व्यवसायीहरूले गरेका छन् । यस्तै, शुक्रबार…
काठमाडौँ । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो । राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको बताएको छ । राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।
काठमाडौं । हुलाकी राजमार्ग निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा हुलाकी राजमार्ग निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरी तराई मधेशको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गर्ने लक्ष्य रहेको जानकारी दिए । यसका लागि रु तीन अर्ब ५६ करोड विनियोजन गरिएको छ । “काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माण कार्य आर्थिक वर्ष २०८३र८४ भित्र सम्पन्न गरिनेछ । आगामी वर्ष ३७ किलोमिटर सडकमा सबबेस, चार किलोमिटर सुरुङ र ६० पुल निर्माण गरिनेछन् । यसका लागि रु २४ अर्ब ४९ करोड…
काठमाडौं,। नेपाली महिलालाई उद्यमशीलताको क्षेत्रमा अग्रसर गराउने उद्देश्यले नेपालमै पहिलोपटक ‘एकेडेमी फर वुमन इन्टरप्रिनर्स’ कार्यक्रमको सुरुआत गरिएको छ। नेपालका लागि अमेरिकी राजदूत डीन आर। थम्पसनले बिहीबार काठमाडौंमा आयोजित एक समारोहका बीच उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो। राजदूत थम्पसनले अमेरिकी सरकारद्वारा समर्थित यस कार्यक्रमले संयुक्त राज्य अमेरिका र नेपालबीचको आपसी सम्बन्धसँगै व्यावसायिक सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले महिला उद्यमशिलता प्रवर्द्धनलाई आर्थिक समावेशिता र सामाजिक सशक्तीकरणका लागि महत्वपूर्ण अवसरको रूपमा वर्णन गर्दै, यस्तो कार्यक्रमले नेपाली महिलाहरूलाई आफ्नै उद्यम तथा व्यवसाय स्थापना गर्न, सुदृढ गर्न र स्थानीय आर्थिक विकासमा योगदान पुर्याउन प्रेरित गर्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “कुनै पनि देशमा महिलाहरू…
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटले कृषि, पर्यटन, उद्योग जस्ता परम्परागत विषयदेखि जस्तै सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा वित्तसम्मका तुलानात्मक लाभका नयाँ विषय समेटेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले बजेटले निजी क्षेत्रले अगाडि सारेका केही माग सम्बोधन भएका भन्दै अहिलेको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार केही संरचनागत सुधार र लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न सक्ने आधार तयार पारी कार्यान्वयन गर्नुपर्ने चुनौती भने रहेको छ । विशेष आर्थिक क्षेत्रमा दिइएको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क