Author: Transparentgroup
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले सरकार राजावादीहरूसँग डराएको दाबी गरेका छन्। शनिबार पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एक दिनअघिसम्म निषेधित क्षेत्र नरहेको स्थानलाई राजसंस्था पक्षधहरूको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको पुष्टि भएको तर्क गरेका हुन्। ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी गायतका राजसंस्था पक्षधहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो। सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो, लिङ्देनले भने, ‘हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ। हामीलाई यसले उत्साहित तुल्याएको छ।’ दुई दिन गरेको आन्दोलनको प्रभावका कारण सरकारले निषेधित क्षेत्र बनाएको जिकिर उनले…
काठमाडौं । राजतन्त्र समर्थकहरूको प्रदर्शन प्रभावित हुनेगरी सरकारले निषेधाज्ञा लगाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी आन्तरिक छलफलमा जुटेको छ। शनिबार महेन्द्र शालिक, नारायणहिटी संग्रहालय क्षेत्रमा प्रदर्शन गर्ने तयारी रहे पनि त्यस क्षेत्रमा सरकारले निषेधाज्ञा जारी गरेपछि राप्रपा छलफलमा जुटेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । उक्त स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निर्देश गरिएको छ। आन्दोलनमा अवरोध हुने भएपछि आगामी रणनीति बनाउन राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। पार्टी…
झापा । झापाको झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी पसेको छ। बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्। मनसुन सुरु भएसँगै गएराति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ सरेका छन्। वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ। ‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो’, अध्यक्ष चाम्लागाईले भने, ‘यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ।’ यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको…
काठमाडौँ । नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ । जसका कारण कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । जसले धनकुटा हुँदै जाने भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथरको यातायात ठप्प भएको छ । आजै झापामा माईखोलाको…
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही बसिलाले टुनीको काठमा आकार दिँदै छन् । उनको छेवैमा धयर शाही पनि टुनीको ठेउकोलाई आकारमा ढाल्दै छन् । उनीहरुका साथमा राउटे समुदायकि महिला बाटुली र सुरमानी कपडामा बुट्टा भर्दै छन् । आफ्नै पोसाकमा सजिएका उनीहरु असिनपसिन भएर हस्त–शिल्पकला काठ र कपडामा देखाउँदै छन् । उनीहरुले गरिरहेको काम काठमाडौँ उपत्यकाबासीका लागि नौलो थियो । पुरुषहरु कोसी ९आरी० बनाउँदै त महिलाहरु कपडामा बुट्टा सिलाउँदै थिए । बिहीबारदेखि यहाँ सुरु भएको राष्ट्रिय ललितलकला प्रदर्शनी, २०८२ का अवसरमा ललितकलाकै इतिहासमा पहिलो पटक राउटेहरु यसरी कला सिर्जनामा सहभागी भएका हुन् । उनीहरुले…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताए । “म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ । गृह मन्त्रालय मातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै…
नुवाकोट । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन् । उनले शाहलाई संविधानको सिमाभित्र रहन चनेका छन् । नुवाकोटमा आज प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सो क्रममा उनले राजावादी आन्दोलनमा सहभागीहरुलाई भाडामा ल्याईएको मान्छे भनेका छन् । उनले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा निकै अघि बढिसकेकोले अब पछि फर्काउने सपना नदेख्न भनेका छन् । दाहालले भने,सदनमा यही संविधान अनुसार सपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरु लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबाले पनि…
काठमाडौं । काठमाडौं प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा आज ( शनिबार ) देखि ३९ दिनसम्म निषेधाज्ञा जारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यही जेठ १७ देखि २४ गतेसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिए। उनका अनुसार केशरमहल चोकबाट नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेटसम्म निषेधको आदेश गरिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ९क० बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसका आधारमा यसअघि तोकिएका निषेधका क्षेत्रका…
विराटनगर । वर्षाका कारण धरान( धनकुटाका सडक अवरुद्ध बनेको छ । वर्षासँगै आएको बाढी र पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक कटान भएको छ । सडक कटान भएसँगै लोकमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार फेदी नजिकैको लेउती खोलामा अचानक आएको बाढीले करिब एक सय मिटर सडक कटान गरेपछि दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । सोही सडकको नमस्ते झरनाको छेउमा माथिबाट खसेको पहिरोले पनि पूर्ण रूपमा सडक अवरुद्ध भएको छ। सडक खुलाउन प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। अहिले अवरोध हटाउने कार्य भइरहेको प्रहरीले जनाएको…
काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन हङकङ पुगेकी राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता भएको हो । भेटमा नेपाल(चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल(चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका विषयमा कुराकानी भएको बताइएको छ । राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको प्रसङ्ग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रूपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्याउँदै आएको सहयोग…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क