Author: Transparentgroup

भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर(नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ। गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको नगरकोट भ्रमण वर्ष(२०८२ लाई लक्षित गर्दै नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी भक्तपुर(नगरकोट सडक स्तरोन्नति कार्य सुरु गरेको हो। नगरपालिकाले सडक निर्माणका लागि भक्तपुर नगरकोटसम्मको १५ किलोमिटर सडकखण्ड स्तरोन्नति आफ्नै आन्तरिक स्रोतबाट गर्नेगरी बोलपत्र आह्वान गर्दै रु १७ करोडमा ठेक्का सम्झौता गरी स्तरोन्नति एवं पुनर्निर्माण सुरु गरेको हो। एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्नेगरी २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली…

Read More

जनकपुरधाम । मधेश प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । उक्त योजनाको शिलान्यास गर्न आइतबार प्रधानमन्त्री ओली जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । यसबारे जानकारी भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले पत्रकार सम्मेलनमार्फत दिएका हुन् । शिलान्यास कार्यक्रम जनकपुरधामस्थित महेन्द्र नारायण निधी संस्कृति भवनमा राखिएको छ । त्यहाँबाटै प्रधानमन्त्री ओलीले कालोपत्रे सडक निर्माणको डिजिटल शिलान्यास गर्नेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सञ्चालनमा आउन लागेको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजना अन्तर्गत हरेक प्रदेशसभा क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण गरिनेछ । यो वहुवर्षिय योजना रहेको मन्त्री यादवले बताए…

Read More

काठमाण्डौं । आज ( आइतबार )  सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। भोटो जात्राको अवसरमा गृह मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा बिदा दिएको हो। गत फागुन १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै छ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा ९भात० वला ९छर्ने० भएकाले यो नाम रहन गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको भनाइ छ।

Read More

दोधारा चाँदनी। राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको काम तीन वर्षभित्र पूरा गरिने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिएको हो। आर्थिक वर्ष २०६३/६४ मा यो आयोजना शुरू भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माण कार्यले गति लिएको थियो। बजेट अभावकै कारण आयोजनाको लागत बढ्दै गएपछि सरकारले आयोजनालाई प्राथमिकतामा राखेर आगामी तीन वर्षभित्र सक्ने लक्ष्य लिएको हो। आयोजना प्रमुख योगेन्द्र मिश्रले आयोजनाको हालसम्मको प्रगति २६ प्रतिशत मात्रै रहेको जानकारी दिए। “बजेट अभाव, मुआब्जा वितरण र वनको समस्याका कारण आयोजनाको कामले गति लिन सकेको थिएन,” उनले भने, “आव २०७६/७७…

Read More

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धी गरेको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको आयल निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो । निगमका अनुसार भारतबाट पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्य बढेर आएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १५९ र डिजेल तथा मट्टीतेल १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा २२ अमेरिकी डलरले घटाइएको छ ।…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्न सामान्य नभएको टिप्पणी गरेका छन् । उनले भने,‘गृहमन्त्रीमाथि अहिले जुन किसिमले प्रश्न उठेको छ, यो सामान्य प्रश्न होईन । सामान्य प्रश्न भएको भए हामी संसद् अवरुद्ध गर्दैनथियौं । बडो चाखलाग्दो कुरा पनि छ, यो संसद्को यात्रा लामो समयदेखि म हेरिरहेको छु, अघिल्लो संसदमा केही मन्त्रीहरुमाथि गम्भीर प्रश्न उठिसकेपछि राजीनामा दिएका थिए, र मार्गप्रशस्त गरेका थिए ।’ तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि केही प्रश्न उठ्दा शर्माले निश्पक्ष छानबिनको लागि मार्गप्रशस्त गरेको दृष्टान्त सुनाए । एमालेका मन्त्रीहरुमाथि पनि प्रश्न उठ्दा कुनै छानबिनबिना नै…

Read More

जनकपुर । आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले तत्काल सरकार विघटन गरी अन्तरीम सरकार गठनको माग गरेका छन् । बढ्दो बेथिति, ब्रह्मलुट, विभेद एवं दलाल दलतन्त्रका कारण मुलुक धराशायी बन्दै गईरहेको उनको टिप्पणी छ । ‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ भन्ने नारासहित आजपाद्धारा आज ९शनिबार० जनकपुरधाममा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो माग गरेका हुन् । उनले मुलुकलाई निकास दिनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने आवश्यकत्ता औंल्याए । उनले अब अन्तरीम सरकार नै एकमात्र विकल्प भएको बताए । साहले भने,‘मुलुकमा भ्रष्टाचार, लुट र बेथिति बढ्दो छ । दलाल…

Read More

काठमाडौँ । बिहीबारदेखि व्यवस्था उल्टाउने उद्देश्यसहित आन्दोलन सुरु गरेका राजावादीहरूले शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन् । आज नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह ‘संयुक्त जनआन्दोलन समिति’ले पूर्वनिर्धारित प्रदर्शनस्थल परिवर्तन गरेर शान्तिवाटिका ९रत्नपार्क० मा प्रदर्शन गरेको हो । राजावादीको आन्दोलन शान्तिवाटिकाबाट बालुवाटारतर्फ र्‍यालीसहित अगाडि बढेको छ। सो क्रममा त्रिचन्द्र अगाडी केहीबेर धकेलाधकेलसमेत भएको थियो । यस क्रममा घुसपैठ गरेको आरोपमा १ जना पक्राउ समेत परेका छन्। उनिहरु अहिले बालुवाटार तर्फ अघि बढीरहेका छन् । राजावादी आन्दोलनले यस क्षेत्रको यातायात समेत अवरुद्ध बनेको छ ।

Read More

काठमाण्डौ. । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनता, राष्ट्र र परिवर्तनको ‘झोले’ भएको बताएका छन्। उनले आफूले कुनै सामन्त वा गलत व्यक्तिको नभई जनताको हित, राष्ट्रको गौरव र परिवर्तनको झोला बोकेको स्पष्ट पारे । शनिबार काठमाडौंमा नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा ‘झोले’ भनिनुमा आफूलाई कुनै आपत्ति नभएको सुनाए। ‘म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ। जनताका हितहरूको झोला बोक्ने, राष्ट्रको इज्जतको, राष्ट्रका हितहरूको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र गौरवको झण्डा माथि उठाउने, परिवर्तनको झण्डा माथि उठाउने एउटा झोले हुँ,’ उनले भने, ‘मैले कुनै सामन्तको झोला बोक्या छैन। इतिहासलाई बंग्याएको…

Read More

कर्णाली । कर्णाली राजमार्ग चार दिन मर्मतका लागि बन्द हुने भएको छ। कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएको हो। सडक बन्द हुँदा कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए। उनले कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिने र हुम्ला, बाजुरा र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकाबाट आएका गाडी लालीघाटमा रोकिएर यात्रुलाई गन्तव्यमा पठाउन सकिने बताए। सडक डिभिजन कार्यालयबाट ठेक्का…

Read More