Author: Transparentgroup

पोखरा । पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउनको लागि शनिबार पनि स्कर्टिङ्ग गरिएको छ । सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुहरुलाई जेठ १८ गते आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्याउन लागिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं।२४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सीमाना कोत्रेसम्म स्कटिङ्ग गर्ने छ भने त्यहाँबाट नं। २३ मनकामना गण तनहुँले स्थानिय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउनेछ । गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानामासम्म स्कर्टिङ्ग गरी यात्रुहरुलाई सुरक्षित रुपमा…

Read More

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्‍यालीसहित प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी विरोधमा उत्रेका हुन् । सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन् । सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् ।

Read More

पर्वत । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्मा बजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको छ । कुश्मा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा निर्माण गरिएका घण्टाघरले पूर्णता पाउनसमेत सकेको छैन । नगरपालिकाको ८० लाख लागतमा निर्माण भएको घण्टाघरलाई साँचो लगाएर राखिएको छ । बाहिरी संरचना जीर्ण बन्न थालेको छ । स्थानीयवासी व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षण गर्न बनाइएको घण्टाघर प्रयोगहीन भएको बताए । घण्टाघर वरिपरिका घरभन्दा पनि होचो संरचना बनाइएको छ । आर्थिक वर्ष २०७७र७८ को बजेटबाट निर्माण सुरु भएको उक्त संरचना बनाउनुभन्दा पहिलादेखि नै विवादित हुँदै आएको थियो । कुश्मा –५ का वडाध्यक्ष…

Read More

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यस प्रदेशको १६ वर्षमुनिका क्रिकेट खेलाडीको टोलीलाई आइतबार बिदाइ गर्नुभएको छ । एसिसि पुरुष यु–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि सुर्खेतमा हुने यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने यस प्रदेशको टोलीलाई उहाँले बिदाइ गर्नुभएको हो । उक्त प्रतियोगिता सोमबारदेखि सुर्खेतमा आयोजना हुँदैछ । सचिन भट्टको कप्तानीमा रहेको १६ सदस्यीय टोली आज सुर्खेत प्रस्थान गर्दैछ । टोलीको प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द रहनुभएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख १६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्शाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको थियो । प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोली सहभागी थिए ।

Read More

काठमाडौं । फाइनलमा इटालियन क्लब इन्टर मिलानविरुद्ध ५–०को जित निकाल्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी०ले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति म्युनिखस्थित एलियन्ज रंगशालामा सम्पन्न खेलमा पीएसजीलाई जित दिलाउन डिजायर डोइले दुई गोल गरे । अक्रफ हाकिमी, खभिचा काभात्स्खेलिया र सेनी मायुलुले समान एक गोल थपे । पीएसजीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल थपेको हो । खेलको १२औँ मिनेटमा हाकिमीको गोलमा पीएसजीले अग्रता बनाएको थियो । २०औँ मिनेटमा डिजायर डोइले फ्रेन्च क्लबको अग्रता दोब्बर बनाएपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ६३औँ मिनटमा डोइले नै पीएसजीको अग्रतालाई ३–०…

Read More

वीरगञ्ज । अस्पतालको अति संवेदनशील स्थान ‘आईसीयू’ र ‘सीसीयू’ कक्षमा आकस्मिक रूपमा विद्युत् सेवा अवरुद्ध हुँदा के होला रु बिरामीको ज्यान जान पनि सक्ला । तर, नारायणी अस्पतालको आईसीयू र सीसीयू कक्षमा करिब दुई घण्टा ३० मिनेट विद्युत् सेवा अवरुद्ध हुँदा कुनै पनि बिरामीको अकालमा ज्यान गएन । अस्पतालको सो कक्षमा शुक्रबार राति साढे १० बजेदेखि शनिबार बिहान १ बजेसम्म विद्युत् सेवा आपूर्ति अवरुद्ध भएको थियो । अस्पताल प्रशासन तथा व्यवस्थापनले समयमा ध्यान नदिँदा विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । उक्त समयमा अस्पतालको आईसीयू र सीसीयू शय्यामा १७ जना बिरामी उपचारत थिए । चिकित्सक र नर्सिङ स्टाफले आवश्यक समन्वय…

Read More

पोखरा । पोखराको पर्यटकीयस्थल फेवातालमा सीमांकन सुरू भएको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै प्रदेश सरकार, पोखरा महानगरपालिका र स्थानीय प्रशासनको सक्रियतामा आजदेखि फेवातालमा सीमांकन सुरू गरिएको हो। यसअघि, सीमांकन गर्ने क्रममा स्थानीय जग्गाधनीले मुआब्जाको विषयमा आफूहरूसँग छलफल नगरी एकलौटि रूपमा काम अगाडि बढाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै काममा अवरोध सिर्जना गरेका थिए। तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले फेवातालको नयाँ सीमासहितको क्षेत्रफल निकालेको थियो। उक्त समितिले फेवाताल छुट्ट्याउने गरी डिजिटल रूपमा एक हजार ५५ वटा पोल गाडिने जनाएको छ। सोही अनुसार शनिबार सात वटा पोल गाडिएका छन्। तालको उच्चतम पानीको विन्दुमा सात वटा पोल गाडिएको हो। गण्डकी प्रदेश…

Read More

काठमाडौं । गोरखा भूकम्पको १० वर्ष रातो मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गरिने भएको छ । भूकम्पले पूर्णरूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ ( बुङगद्यो ) को मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आज रातो मच्छिन्द्रनाथको भोटो जात्रापश्चात जावलाखेलबाट बुङगमती ल्याई मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गर्ने तयारी भइरहेको छ । यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो । मच्छिन्द्रनाथलाई बुङगमती फर्काउने तयारीमा जुटेका स्थानीयवासीहरूमा उत्साहित र हर्षित देखिएका छन् । १० वर्षपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनःस्थापना हुन लागेकोमा स्थानीयहरू खुसीसमेत देखिएका छन् । तस्वीरहरू–नेपाल फोटो लाइब्रेरी

Read More

रुपन्देही । २५० करोड भन्दा धेरै रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बलहियाबाट पक्राउ गरेको हो। बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए। बैंकको रकम हिनामिना प्रकरणमा रायलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए। २०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय २०७६ देखि २०७९सम्म सिईओका रुपमा कार्यरत थिए। उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए। रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।…

Read More

काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तरराष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गए राति स्वदेश फर्किएकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री डा. राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन् । नेपाल सो सङ्गठन स्थापना गर्नेसम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रूपमा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए भने हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तरराष्ट्रिय सङ्घसङ्गठन सहभागी भएका थिए । उक्त…

Read More