Author: Transparentgroup
काठमाडौं । नेपालले अपराजित रहेर आईसीसी टी(२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो । सिन सोलियाले सर्वाधिक ४० रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर…
काठमाडौं। कैलालीको जानकी गाउँपालीका–९ का वडाअध्यक्ष खकेन्द्र भण्डारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेको छ । उनीहरुले आपसी मिलेमतो तथा योजनामा आफ्नो पद ओहदाको दुरुपयोग गरी मृत्यु भई दर्तासमेत गरिसकेका व्यक्तिहरुलाई प्रत्येक आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीमा नवीकरण गरे गराई सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको अभिलेखमा समावेश गराएको, एक व्यक्तिको नागरिकता नम्बरबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको रुपमा अभिलेख राखेको, नवीकरण नै नभएका व्यक्तिहरुसमेत लाभग्राहीको रुपमा अभिलेख देखाई देखाउन लगाई उक्त अभिलेखहरुको सक्कल कागजातमा लाभग्राहीको दस्तखत/औठाछाप आफैंले गरेको पाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष भण्डारीसहित तत्कालीन वडा सचिव प्रेम बहादुर बुढा, जानकी गाउँपालिका वडा नंं ९…
काठमाण्डौं । शुक्रबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा ६१ जना भीआईपीको हवाई उद्धार गरिएको जनाएको छ । नेपाल प्रहरीका २३ कर्मचारीको पनि हवाई उद्धार गरिएको र जमिनबाट १२९ जनालाई उद्धार गरिएको सेनाले जनाएको छ । सेनाका युद्धकार्य निर्देशक अनुपजंग थापाले आफूहरुको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकतामा रहेको बताए । सेनाले घातक शक्ति प्रयोग नगरेको छिटपुट सुन्नमा आएका छन्, तर हाम्रो स्पष्ट प्राथमिकता जनधन सुरक्षा र राष्ट्रिय एकता नै थियो,उनले भने । भदौ २४ को घटनामा सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता र नितका…
काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगलाई डा। सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी ( जस्वपा ) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । जनमतका अध्यक्ष राउतको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । निर्वाचन आयोगले यहिँ असोज २८ गते जनमत पार्टी फुटाएर जनस्वराज पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध डा।राउतले सर्वोच्च अदालतमा उत्प्रेषणसमेतको रिट दायर गरेका थिए । न्यायाधीश श्रेष्ठले विपक्षीका नाममा लिखित जवाफ माग्दै आगामी कार्तिक १७ गते छलफल हुने मिति तोकेका छन् । त्यस छलफल सम्पन्न…
काठमाडौँ । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया तीव्र पारिएको छ । सोही क्रममा सडक विभाग अन्तर्गत हुलाकी सडक निर्देशनालय, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँचरपाँच र नुवाकोटले दुई ठेक्का किन नतोड्ने रु भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन् । ठेका तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका रहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान…
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन् । शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राज्यको सबैभन्दा अग्रपङ्क्तिमा सेवारत विशाल संयन्त्रयुक्त सङ्गठनको रूपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानान्तर रूपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल भएको बताए । उनले राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरूमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौती र असहज परिस्थितिको सामना गर्दै आम…
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन् । शुक्रबार अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्ने क्रममा तिम्सिनाले नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको भन्दै त्यसका लागि एमालेको पनि पुनर्गठन महत्त्वपूर्ण भइसकेको बताएकी छन् । ‘कांग्रेसमा त्यो सुरु भइसक्यो’, तिम्सिनाले बैठकमा भनिन्– ‘अब हाम्रो अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ ।’ उनले यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै नसकिने भन्दै अध्यक्ष ओलीले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरिन् । १० बुँदामा आफ्नो धारणा राखेकी तिम्सिनाले…
काठमाडौँ । बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन् । वाणिज्य बैंकहरूमध्ये यसपटक ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर गर्दा बाँकी बैंकहरूले यथावत् राखेका छन् । समग्रमा ब्याजदर झनै घटेको छ । विवरण अनुसार २० वाणिज्य बैंकहरूमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.७८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । विभिन्न प्रकारका बचत खाताबिच २ प्रतिशत भन्दा धेरै ब्याजदर अन्तर हुन नपाउने व्यवस्था छ भने रेमिट्यान्स खाताको ब्याजदरमा थप १ प्रतिशत विन्दुले ब्याजदर थप्न पाउने व्यवस्था छ ।…
काठमाडौं । टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । सुपर सिक्समा नेपालले अहिलेसम्म खेलेका चारै खेल जित्दै अपराजित यात्रा कायम राख्न सफल भएको हो। दुई खेलअगाबै अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपालले शुक्रबार अन्तिम खेलमा समोआलाई चुनौती पेस गर्ने भएको छ। खेल अल अमेरात क्रिकेट मैदान ओमान क्रिकेटमा अपराह्र ४–१५ बजे सुरु हुनेछ। अब नेपाललाई सुपर सिक्सको अन्तिम खेल जित्दै च्याम्पियन बन्ने उत्कृष्ट अवसर मिलेको छ। सामोआविरुद्धको खेल जिते नेपाल अपराजित रूपमा समूह विजेता बन्दै प्रतियोगिताको च्याम्पियन बन्नेछ। समूह चरणमै जापानलाई पराजित गर्दै सुपर सिक्समा दुई अंक लिएर…
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ । नेपालको संविधान जारी भएपछि सोहीअनुसार नै बजेट प्रस्तुत हुँदै आएको छ । यस्तै, प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्ने गरेका छन् । तोकिएको समयभन्दा धेरै ढिला भइसक्दा पनि बजेट प्रस्तुत नगरेर स्थानीय तहले जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना समेत हुने…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क