Author: Transparentgroup

काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले आज ( सोमबार)  का लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिले संयोजक नवराज सुवेदीले उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभएको हो । आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको हो । समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’ आइतबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह…

Read More

काठमाडौँ जेठ १९ गते । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस सोमबार मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूर्च्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूर्च्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रको पनि…

Read More

काठमाडौं। वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत आइतबार ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्‍याइएको चौथो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितका पदाधिकारीहरु जाउलाखेल पुगेका थिए । भोटो जात्रा लिच्छवी कालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । बाक्लो…

Read More

काठमाडौँ । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । आफूहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिनेगरी ल्याएको नियमावली खारेजीको माग गरेको उनको भनाइ छ । यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि भोलिदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उनको भनाइ छ । यसैबीच…

Read More

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार आज जनकपुरधाममा आयोजित विशेष समाहरोमा डिजिटल प्रविधिमार्फत एकैपटक ६४ आयोजनाको शिलान्यास गरेका हुन्। यसरी ६४ वटा महत्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेस प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रुपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ। तीन वर्षभित्र सम्पन्न गर्ने…

Read More

काठमाडौँ । काठमाडौंको नक्सालबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई रिहा नगरेसम्म धर्ना जारी रहने राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले थापालाई पक्राउ गरेको भन्दै रिहा नगरेसम्म धर्ना जारी रहने बताए । ‘अध्यक्ष थापालाई रिहा नगरेसम्म हामी धर्ना जारी राख्नेछौं,’ उनले भने । हाल नक्साल(नारायणचौरमा राप्रपा, राप्रपा नेपालका नेता तथा कार्यकर्ता धर्ना दिइरहेका छन् । थापा पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीको रुपमा नलिन सरकारलाई चेतावनी दिए । ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई कमजोरी ठान्नुहुन्छ भने हामी आगामी दिनमा ५०औं ठाउँबाट जुलुस निकाल्नेछौं,’ उनले भने, ‘कमल थापालाई ससम्मान रिहा गर्नुपर्छ…

Read More

सल्यान। कर्णाली प्रदेश सरकारले सुरु गरेको घर बिमा कार्यक्रम अन्तर्गत सल्यानको शारदा नगरपालिकामा नगरवासीको आवासीय घरहरूको निःशुल्क बिमा गरिने भएको छ । प्राकृतिक विपदबाट हुने क्षति र जोखिमलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्षभित्र नगरपालिकाले व्यावसायिक प्रयोजन बाहेकका सबै आवासीय घरहरूको अधिकतम २० लाख रुपियाँसम्मको बिमा गर्न लागेको हो । प्रदेशको घर बिमा कार्यक्रममा सल्यानका स्थानीय तहहरुमध्ये शारदा नगरपालिका मात्र छनोट भएको छ । घरधुरीको पहिचानका लागि हाल नगरका १५ वटै वडामा सर्वेक्षण कार्य थालिएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार करिब १० हजार घरधुरीलाई बिमा कार्यक्रमबाट प्रत्यक्ष लाभ पुग्ने छ । नगर प्रवक्ता राजेशकुमार शर्माका अनुसार जेठ २० गतेसम्ममा…

Read More

काठमाडौं । काठमाण्डौमा जारी आइतबारको राजावादी प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । काठमाडौंको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो । प्रदर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नारायणहिटी संग्रहालय क्षेत्रमा निषेधाज्ञा लगाएपछि…

Read More

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको प्रदर्शनस्थलमा समाचार संकलनका लागि पुगेका रातोपाटीकर्मी कृष्ण खड्काले जनाएका छन् । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको प्रदर्शनस्थलमा समाचार संकलनका लागि पुगेका रातोपाटीकर्मी कृष्ण खड्काले जनाएका छन् । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् ।…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गरेका छन् । आज (आइतबार) प्रज्ञाभवन कमलादीमा तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गरिएको हो । सम्मेलनको नारा ‘सुशासन, सामाजिक न्याय, सम्वृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन’ रहेको छ । सम्मेलन आगामी जेठ २० गते समापन हुने बताइएको छ ।

Read More