Author: Transparentgroup
काठमाण्डौं । नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि काठमाण्डौ उपत्यकामा दुई वटा बस चलाउने भएको छ। यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरूद्ध भएपछि आइतबार नेपाल प्रहरीले दुई वटा बस चलाउन लागेको केन्द्रीय प्रवक्ता रमेश थापाले जानकारी दिए। दुई वटा बस दुई वटा छुट्टाछुट्टै रूटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन। पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुनस् नक्साल घुम्नेछ। त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै…
खोटाङ । अकबरे खुर्सानीको मूल्य खोटाङमा हालसम्मकै उच्च भएको छ। सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो एक हजारमा बिक्री भइरहेको छ। दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो ७०० देखि ८०० सम्ममा खरिद गरी ग्राहकलाई एक हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन्। मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले उपभोक्ताले अकबरे खरिद गरिरहेका छन्। अकबरे खुर्सानीको बेमौसमी खेती गरेर हाल हप्तामा १४/१५ किलो बिक्री गरिरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका९४ खाल्लेका इन्द्रबहादुर श्रेष्ठले बताए। “मैले यस वर्ष करिब एक हजार २०० बोट अकबरे खुर्सानीको बिरुवा रापेको छु। अहिले हप्तामा १४र१५ किलो उत्पादन दिन थालेको छ’, उनले भने, ‘जिल्लामा अकबरे खुर्सानीको माग राम्रो…
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । आज १२ बजे सिंहदरबारमा दलको बैठक बस्नेछ । बैठकमा संसदमा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका छन् ।
काठमाडौँ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो । व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै सोमबारबाट यातायात नचलाउने घोषणा गरेका छन् । सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणाले जनजीवन प्रभावित बनेको छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार सूचना जारी गर्दै सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने घोषणा गरेको थियो ।
काठमाडौं। नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा सोमबार स्कटल्यान्डसँग खेल्दैछ। यी दुईबीचको खेल अपरान्ह्र ३.४५ बजे सुरु हुनेछ। नेपालले यो खेलअघि स्कटल्यान्डको ए टोलीसँग दुई अभ्यास खेल खेलेको थियो। पहिलो खेलमा नेपाल १०२ रनले पराजित भएको थियो। अर्को खेल भने नतिजाविहीन भएको थियो। अंक तालिकामा स्कटल्यान्ड १६ खेलबाट २० अंक बटुल्दै चौथो स्थानमा छ। चार खेल कम खेलेको नेपाल भने स्कटल्यान्डभन्दा चार स्थान तल नै छ। अंक तालिकामा कमजोर बन्दै गएको नेपालले १२ खेल सक्काउँदा जम्मा ६ अंक हात पारेको छ। लिग–२ को अंक तालिकामा नेपाल सबैभन्दा पुछारमा अर्थात आठौं स्थानमा छ। नेपालले अहिलेसम्म खेलेका १२ मध्ये २ खेल मात्रै…
काठमाण्डौं । यातायात व्यवसायीहरूले आज ( सोमबार ) देखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गरेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार साँझ संयुक्त विज्ञप्ति निकाली सोमबारदेखि सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरेको जनाएका छन्। आफूहरूले राखेका माग सरकारले सुनुवाइ नगरकाले सोमबारदेखि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ। आजदेखि अत्यावश्यक अवस्थामा बाहेक सार्वजनिक यातायात बस, टयाम्पो, ट्रक, मिनीबस, जिप, माइक्रो बसलगायतका सबै सवारीसाधनन बन्द गर्ने निर्णय गरेका हुन्। सोही निर्णयको प्रभाव आज बिहानैदेखि काठमाडौं उपत्यकामा देखिएको छ।…
काठमाण्डौं । नेकपा ( एमाले) ले आज बजेटका बारेमा छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो १ बजे ल्होत्से हलमा हुने बैठकमा उपस्थित सबै सांसदहरूलाई जानकारी गराइएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेपछि एमलेले पहिलो पटक संसदीय दलको बैठक बोलाएको हो। संसदीय दलका प्रमुख सचेक महेश बर्तौलाका अनुसार सांसदहरूलाई बजेटका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पौडेलले स्पष्ट पार्ने छन्। बजेट विनियोजनका विषयमा कतिपय सांसदहरूमा भएका अस्पष्टता आजको बैठकले चिर्ने बर्तौलाले जानकारी दिए। उनका अनुसार संसद र जनतामा बजेटप्रति एमालेको एउटै धारणा…
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ। आज ९सोमबार०दिउँसो एक बजे सचिवालय बैठक बस्न लागेको हो। त्यसपछि संसदीय दलको बैठक दिउँसो तीन बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको जनाइएको छ। बैठकमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण र गृहमन्त्रीको संलग्नता, पार्टी गतिविधि र अन्य विविध विषयमा छलफल हुने जानकारी दिइएको छ।
काठमाण्डौं । यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार मजदुर र यातायात गरी नौ वटा संगठनको संयुक्त आयोजनामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको हो । विभिन्न ७ वटा मुख्य माग राखेर यातायात व्यवसायी र मजदुर संगठनहरू आन्दोलनमा उत्रिएका हुन् । यता राजावादीको बन्द फिर्ता भए पनि आज सडकमा सार्वजनिक सवारी भने कम चलेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले…
काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार ( जेठ १९ गते ) देखि लागू हुने गरी आगामी दुई महिनासम्म चक्रपथ र चक्रपथभित्रका अधिकांश सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्न रोक लगाएको छ। अत्यावश्यक सेवा प्रवाह, शान्ति सुरक्षा र सार्वजनिक यातायातमा अवरोध पुगेको भन्दै प्रशासनले तीन स्थानबाहेक अन्यत्र अनसन, धर्ना, जुलुस र सभाजस्ता कार्यक्रम गर्न निषेध गरेको हो। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा चक्रपथ र चक्रपथभित्रका क्षेत्रमा हुने विरोधका कार्यक्रमले अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र यातायात सञ्चालनमा कठिनाइ उत्पन्न गरेको, जनगुनासो बढेको तथा सार्वजनिक सम्पत्ति र शान्ति सुरक्षामा असर पार्ने अवस्था देखिएकाले यस्तो निर्णय लिइएको उल्लेख छ।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क