Author: Transparentgroup

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले सोडारीले सार्वजनिक पदधारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय ८५ लाख ५१ हजार ३३४ बराबर रहेको जनाएको छ । सो अवधिमा सोडारीले एक करोड ९३ लाख ८९ हार ६३६ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ । अयोगका अनुसार वैध आय र खर्चको बीचमा तालमेल नमिलेको, एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हो ।…

Read More

काठमाडौं । प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । संसद भवनस्थित प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो । बैठकमा संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा राप्रपा भने सहभागी छैन ।आजको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलको भूमिकाबारे बैठकमा छलफल भइरहेको नेताहरुले बताएका छन् । आजको संसद बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेटबारे छलफल हुने कार्यसूची छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आजको संसद बैठक अवरुद्ध पार्ने तयारीमा प्रतिपक्षी दलहरु छन् ।

Read More

पोखरा । पोखराबाट आज पनि पर्यटक सवार २० वटा गाडी स्कर्टिङ गरिएको छ। पोखराबाट काठमाडौँ र चितवनका लागि २० वटा पर्यटक गाडी स्कर्टिङ गरेर गन्तव्यको लागि पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। पर्यटक सवार १७ वटा गाडी काठमाडौँ र तीनवटा चितवनतर्फ स्कर्टिङ गरिएको उनले बताए। यसैगरी मुक्तिनाथ दर्शन गरि फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौँ पठाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले स्कर्टिङ गरेको हो। ती सबारी साधनमा ६ सयभन्दा धेरै यात्रु सवार रहेका डीएसपी थापाले जानकारी दिए। यसअघि आइतबार र सोमबार पनि…

Read More

काठमाडौ । काठमाडौ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले जेठ २० गते मंगलबार पनि २ वटा बस संचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वायम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो , कोटेश्वर , महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ । सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरुलाई गन्तव्य सम्म पुर्याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा संचालन गरेको हो ।

Read More

काठमाडौं । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति आपत्तिजनक भएको बताएका छन् । यातायात व्यवसायीहरुसँग झुकेर सरकार सिन्डिकेटलाई संरक्षण गरेको उनको आरोप छ ।आज बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा ज्वालाले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्यो नि । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ ।’ गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर चक्काजामसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच सोमबार भएको वार्तामा नियमावली स्थगनको प्रक्रिया अघि…

Read More

काठमाडौं। करण केसीले सानदार ब्याटिङ गर्दै ओडिआई करियरमा पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको छ । तल्लोक्रमका ब्याटर करण केसी नायक बन्दा नेपालले यस वर्ष आइसिसी क्रिकेट विश्वकप लिग २ मा पहिलो जित हात पारेको छ। सोमबार राति सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको हो। जितसँगै १३ खेलबाट आठ अंक जोडेको नेपाल तालिकामा सातौं स्थानमा उक्लिएको छ। नेपालभन्दा चार खेल बढी खेलेको स्कटल्यान्ड २० अंकसहित चौथो स्थानमा यथावत् छ। स्कटल्यान्डले दिएको २९७ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी रहँदा ९ विकेट…

Read More

काठमाडौं । आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय भएको छ । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि छलफल सुरु गर्ने तयारी छ । सोही अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् । र, उक्त प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । अर्थमन्त्री पौडेलले यही जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गरेका थिए । त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा…

Read More

काठमाडौँ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमबार राति सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपछि पत्रकारहरुसँग कुरा गर्नुहुँदै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको बताउनुभयो । उहाँले गण्डकी सरकारले राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्ने निर्णय गरेपछि देशभर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सहमति भएको जानकारी दिनुभयो । अध्यक्ष स्वाँरले गण्डकी प्रदेश सरकारले नियमावली पूर्णरूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने पनि स्पष्ट पर्नुभयो । संघ र प्रदेश सरकारले प्रक्रियागत…

Read More

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् । राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने जानकारी दिएका छन् । उनीहरुले जेठ १९ गते सोमबार विरोध प्रदर्शन गरेका थिएनन् । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शन गर्ने जनाएका छन् । उनीहरुले सोमबार बेलुका दिवंगत राजपरिवारका सदस्यहरुको स्मृतिमा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए । राजावादीहरुले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन्…

Read More

काठमाण्डौं । २०५८ को नारायणहिटी दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत तत्कालीन राजपरिवारको सम्झनामा पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्रले दीप प्रज्ज्वलन गरेका छन्। हिमानी ट्रस्टको आयोजनामा हिमानी र हृदयेन्द्रले कमलादीस्थित गणेस्थानमा दीप प्रज्ज्वलन गरेका हुन्। २०५८ जेठ १९ गते राति नारायणहिटी दरबार हत्याकाण्डमा ज्यान गुमाएका तत्कालीन राजपरिवारप्रति श्रद्धाञ्जलीसँगै दीप प्रज्ज्वलन कार्यक्रम गरिएको ट्रस्टले जनाएको छ। कार्यक्रममा राप्रपासहित विभिन्न राजावादी संगठनका नेता तथा कार्यकर्ता पनि कमलादी पुगेका थिए। यसअघि नारायणहिटी संग्रहालय परिसरमा गर्ने भनिएको दीप प्रज्ज्वलन कार्यक्रम गणेशस्थान सारिएको हो। काठमाडौँ प्रशासनले नारायणहिटी आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

Read More