Author: Transparentgroup

काठमाडौं। नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा बुधबार नेदरल्यान्ड्सलाई चुनौती प्रस्तुत गर्दैछ। स्कटल्यान्डको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो ३–४५ मा सुरु हुनेछ। नेदरल्यान्ड्सको सामना गर्दा नेपाली टोली लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ। पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो। नेदरल्यान्ड्स लिग–२ बलियो टोली हो। २० खेलमा २६ अंकका साथ नेदरल्यान्ड्स दोस्रो स्थानमा छ। नेपाल १३ खेलबाट ८ अंकका साथ सातौं स्थानमा छ। आठ टोली सहभागी लिग(२ आइसिसी विश्वकप २०२७ को छनोट प्रतियोगिता हो । सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा…

Read More

काठमाडौं । दक्षिण कोरियामा विपक्षी दलका नेता ली जे म्युङ राष्ट्रपति निर्वाचित भएका छन्। मंगलबार भएको राष्ट्रपति निर्वाचनमा ४९ प्रतिशत मत प्राप्त गर्दै डेमोक्र्याटिक पार्टी अफ कोरियाका उम्मेदवार रहेका ली राष्ट्रपति निर्वाचित भएका हुन्। यसअघिको सत्तामा रहेको पिपुल्स पावर पार्टी ९पिपिपी०का उम्मेदवार किम मुन सोले ४२ प्रतिशत मत पाएका छन्। राष्ट्रपति निर्वाचनसँगै दक्षिण कोरियामा यो वर्षको प्रारम्भदेखि नै सुरू भएको संक्रमणकालीन अवस्थाको अन्त्य हुने आकलन गरिएको छ। गएको डिसेम्बर महिनामा राष्ट्रपति युन सुक योलले मुलुकमा सैनिक शासन लागूको प्रयत्न गरेका थिए। उनको प्रयत्न बिफल भएपछि झन्डै ६ महिना दक्षिण कोरियाले राजनीतिक उतारचढाव ब्यहोर्नुपरेको थियो। सैनिक शासन जारी गर्न खोजेका योलविरूद्ध…

Read More

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका घटनामा संलग्न रहेको आरोपमा मुद्दा लागेका संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमाण्डरु दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकिएको छ। नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले तोकेका जनकमाण्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु, निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो। उक्त घटनाको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा चलिरहेको छ। ५० जनाविरूद्ध दायर भएको मुद्दामा ३९ जना मात्रै उपस्थित छन्। मंगलबार उनीहरूको बयान सकिएको हो। बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरू हुनेछ। ५० जनामाथि राजद्रोह, आपराधिक उपद्रव कसुर र संगठित अपराध…

Read More

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा उनले समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन गरिहरेको छ । जसबारेमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहनुभएको आरोप लगाउँदै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्दै आएका छन् । गृहमन्त्री लेखकले संसदमा जवाफ दिँदा सबै सदस्यहरूको प्रश्नको जवाफ आउने भएकोले संसदमै जवाफ दिन चाहेको…

Read More

काठमाडौँ । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएका छन् । मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबिच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो । मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।

Read More

काठमाडौँ । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जबसम्म दलित समुदायले समान अवसर प्राप्त गर्दैनन्, तबसम्म समतामूलक समाजवादोन्मुख राष्ट्र निर्माण असम्भव रहने बताउनुभयो । दलित समुदायको समुचित उत्थानका लागि विशेष पहल, नीति तथा कार्यक्रम आवश्यक रहेको बताउनुहुँदै उहाँले यस्ता पहलबिना जातीय विभेद र आर्थिक शोषण अन्त्य सम्भाव नरहेको बताउनुभयो । बुधबार छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९ औं वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै अध्यक्ष प्रचण्डले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार सहभागिता, सार्वजनिक क्षेत्रमा सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धि भएको हो । तर यी संवैधानिक प्रावधानहरुको प्रभावकारी कार्यान्वयन नहुनु दुःखद पक्ष भएको बताउनुभयो ।…

Read More

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताउनुभएको छ । “आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो । मानवताभन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ । आँसु सबैको उस्तै…

Read More

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपतिले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध हो भन्नुभएको छ । सन्देशमा उहाँले सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबिच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदविरूद्ध दृढतापूर्वक उभिदैँ लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्नेमा…

Read More

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । नेपालमा दलित समुदायमाथि हजारौँ वर्ष पहिलेदेखि हुँदै आएको जातीय भेदभाव तथा छुवाछूत प्रथाको अन्त्य गर्ने प्रणसहित २०६३ साल जेठ २१ गते तत्कालीन व्यवस्थापिका संसद्ले ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको थियो । उक्त दिनको स्मरणमा त्यसयता नेपालमा हरेक वर्ष जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउने गरिएको छ ।दिवसको अवसरमा राष्ट्रिय दलित आयोग र सामाजिक संघसंस्था, राजनीतिक दलका भातृ संस्थाहरू र दलित अधिकारकर्मीहरुको अगुवाईमा देशभरि विभिन्न्न कार्यक्रमहरू हुँदैछन् । दिवसको अवसरमा बुधबार राष्ट्रिय दलित आयोगले काठमाडौँमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गर्दैछ…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान स्थगित भएको छ । जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको थियो । तर मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित भएको केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले जानकारी दिए । ‘कोशी प्रदेश लगायत मध्य पहाडी लोकमार्ग अन्तर्गत अत्याधिक पानी पर्ने सम्भावना रहेको मौसम विभागले जानकारी गराएको छ । धेरै ठाउँमा सडकहरू भत्किएका छन् । यी सबैलाई ध्यानमा राखेर आजदेखि २५ गतेसम्म हुने भनिएको अभियान हालका…

Read More