Author: Transparentgroup

नेपालगञ्ज । आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको सिकार गृहमन्त्री रमेश लेखक भएको टिप्पणी गरेका छन्। ‘दलतन्त्रको भण्डाफोर गरौँ, गणतन्त्रको दिशामा अघि बढौँ’ भन्ने मुल नाराका साथ आज ९बुधबार० नेपालगञ्जमा आजपाद्वारा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रधानमन्त्री निवास बालुवाटारमा बुनेको एक महत्वपूर्ण काण्ड ‘भिजिट भिसा काण्ड’ भएको आरोप लगाएका हुन्। ‘प्रधानमन्त्रीको कनेक्सन गृहमन्त्रीलाई फसाउने र मोर देन कांग्रेस बनेर गिजोल्ने काम भइरहको छ। यो सबै घटनाक्रममा भिजिट भिसा प्रकरणमा केपी ओलीको हात छ। यहाँ प्रस्टै देखिन्छ काँखमा राखेर छुरा हान्ने काम भएको छ,’ आजपा…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि भोलि दिउँसो १ बजेलाई सारिएको छ । आज बिहान ११ र पछि सवा ३ मा तय गरिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गरिरहेका विपक्षी र सत्ता पक्षबीच कुरा नमिलेकाले सदन निरन्तर अवरुद्ध भइरहेको छ । सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेपनि दुवै पक्ष अडानबाट पछि हटेनन् । सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ । तर, विपक्षीले गृहमन्त्री बोल्ने भए छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने शर्त राखेको छ ।

Read More

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत भएको छ । बुधबार दिउँसो बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए । आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रदेश सभामा सरकारकातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्नेछन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका…

Read More

काठमाडौं। भिजिट भिसा प्रकरणले सदनको अवरोध जारी रहेको बेलामा गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने छलफलमा जुटेका छन् । संसद भवनमा नै दुई नेताबीच भलाकुसारी भएको हो । माओवादीले गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरोध जारी राखेको छ । तर, गृहमन्त्री लेखकले भने आफूले राजीनामा नदिने अडान लिएका छन् । बरु, उनले सदनमा आफ्नो कुरा राख्न पाउनुपर्ने माग गरेका छन् । आज दिउँसो १ बजेको लागि बोलाईएको प्रतिनिधिसभाको बैठक अहिले ३ बजिसक्दापनि बस्न सकेको छैन् । बैठक सुचारु गर्नको लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर, सो…

Read More

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रिय पुँजीको निर्माण, रोजगार वृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझावहरू बुझाएको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई सात बुँदे सुझावपत्र बुझाएको हो । महासङ्घले अर्थतन्त्र ओरालो लागेका बेला आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथमिकता दिने रणनीतिहरू कार्यान्वयनका लागि आग्रह गर्दै सम्बोधन हुन छुट भएका विषयमा ध्यानाकर्षण गराएको छ। महासङ्घका अध्यक्ष घिमिरेलेले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणलाई छिटो सम्पन्न गरी विदेशी क्रेताहरूलाई नेपाल ल्याउन माग गरिएको छ । यस्तै लगानी वृद्धि र पर्यटन आकर्षणका…

Read More

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिएको छ । बैठकको आकस्मिक समयमा सांसद मायाप्रसाद शर्माले भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । सांसद शर्माले सरल रूपमा छानबिनको प्रक्रिया अगाडि बढाउन नैतिकताको आधारमा राजीनामा दिएर गृहमन्त्री लेखकले सहयोग गर्नुपर्ने माग गरे । “निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर बाटो खुलाउनुपर्छ । कर्मचारी मात्रै दोषी भए पनि छानबिनमा सहयोग गर्न राजीनामा दिएर मार्ग सहज बनाउनु पर्छ । यस विषयमा छानबिन गर्नुपर्ने र यसका लागि मन्त्री लेखकले राजीनामा दिनुपर्छ”, उनले भने, “छानबिनमा सत्तारुढ दल…

Read More

काठमाडौं । सदनको जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको बैठक निष्कर्षविहीन बनेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले सदन अवरोध जारी राखेका छन् । सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, बैठकमा कुनै सहमति नबनेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले भने, ‘हामीले हाम्रो कुरा प्रष्ट बैठकमा राख्यौं । तर उहाँहरू टसमस हुनभएन । कुरो मिलेन ।’आज दिउँसो १ बजेको लागि बोलाएको प्रतिनिधिसभाको बैठक अझै सुरू हुन सकेको छैन । हिजो पनि सहमति नहुँदा आजसम्मको लागि स्थगित गरिएको थियो । सत्तापक्षले गृहमन्त्रीले…

Read More

काठमाडौँ, – प्रतिनिधि सभा बैठक सञ्चालनको विषयमा सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा प्रमुख सचेतकहरूका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया पनि सहभागी छन्। सभामुखले आज दिउँसो १ बजेका लागि बैठक बोलाए पनि सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमति कायम नहुँदा गतिरोध कायमै रहेको छ। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएका छन्। गृहमन्त्री रमेश लेखकको राजीनासमेत उनीहरूको मागमा रहेको छ। तर, सत्तापक्ष उक्त मागमा सकारात्मक नभएकाले संसद् अवरुद्ध भएको हो। मंगलबार दुईपटक सूचना टाँसेर बैठक बस्न नसकेपछि…

Read More

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक ( आईजीपी )  राजु अर्यालले विपद् न्यूनीकरणका लागि समुदायमा विपद् स्वयंसेवक आवश्यक रहेको बताएका छन् । स्विट्जरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणको लागि विश्वव्यापी प्लेटफमको आठौं सत्रलाई सम्बोधन गर्दै आईजीपी अर्यालले उक्त कुरा बताएका हुन् । अर्यालले सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भइ विपद् व्यवस्थापनसँग सम्बन्धी उच्चस्तरीय तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको बताए । यसका साथै समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचक मार्फत भौगोलिक तथा विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्त हुने र यसले विपद् व्यवस्थापनमा सहकार्य तथा सहजता आउने अर्यालले बताए । सशस्त्रले…

Read More

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचार विरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डेको नेतृत्वमा गएको टोलीले उजुरी दर्ता गराएको हो । वर्षौँदेखि भ्रष्टाचार मौलाउँदै गएको नेपाल वायुसेवा निगममा कुनै पनि अधिकारीमाथि कारबाही हुन नसकेको भन्दै भ्रष्टाचारी विरुद्ध उजुरी दर्ता गराउन पार्टी बाध्य भएको अध्यक्ष पाण्डेले बताए । यस्तो विषयलाई समाधान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दिएको प्रतिवेदन, २०८१ का सुझाव तत्काल लागु गर्न जेष्ठ १३ मा ध्यानाकर्षण गराई उक्त पार्टीले नेपाल वायु सेवा…

Read More