Author: Transparentgroup

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्न सरकारले प्रक्रिया अघि बढाएको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। हालसम्म जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागरिकता दिने व्यवस्था छ। समितिको बैठकमा बिहीबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ताहरूसँग छलफल भएको हो। सो बारेमा उठेका प्रश्नको जबाफ दिने क्रममा गृहमन्त्री लेखकले जिल्ला सदरमुकाम टाढा हुने र आवतजावतमा झमेला र खर्चिलो हुने भएकाले झनै जटिलता हुने स्थितिलाई मध्यनजर गर्दै सरकारले नजिकको इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता प्राप्त हुन सकोस् भनेर इलाका प्रशासन कार्यलयबाटै पनि नागरिकताको…

Read More

काठमाडौं । नेपालको उच्च हिमाली क्षेत्रका गाउँबस्ती अहिले रित्तो जस्तै देखिएका छन् । हिउँ पग्लिएर खाली भएका नागी पाटनहरुमा यार्सा गुम्बा टिप्न गाउँलेहरु गएपछि गाउँ रित्तो भएको हो । गाउँमा अशक्त, सुत्केरी, बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन् । मुगुको मुगुम कर्मारोङ गाउँमा पुग्दा यस्तै दृश्य देखियो । मुगु जिल्लाको विकट मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ८ माँग्रीमा कक्षा एकमा अध्ययनरत सोनाम छिरिङ लामालाई साथीहरु ‘किरा कोर्न’ गएपछि स्कुल बिदा भएको थाहा छ । तर ‘किरा कोर्ने’ भनेको के हो भन्नेमा उनी अनविज्ञ छन् । उच्च हिमाली क्षेत्रका पाटनहरुमा पाइने यार्सागुम्बा टिप्ने कामलाई स्थानीय भाषामा ‘किरा कोर्ने’ भन्ने गरिन्छ । मुगु लगायत…

Read More

काठमाडौं । माओवादी केन्द्रले नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशको पूर्ण पाठ आएपछि मात्रै आधिकारिक धारणा बनाउने भएको छ । बिहीबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सर्वोच्चको उक्त आदेशप्रति असन्तुष्टि समेत जनाएको छ । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले आफ्नो मुद्दाबारेको सर्वोच्च अदालतको हिजोको आदेश पूर्णपाठ हेरेर मात्र टिप्पणी गर्ने बताएका छन् । खुमलटारमा पदाधिकारी बैठकपछि उनले भने ‘अहिले आदेशको लिखित पनि आएको छैन । पूरै अध्ययन गर्नुपर्छ । मैले हिजोदेखि भन्दै आएको कुरा हो( अहिले छलफल गर्नुपर्ने आवश्यकता छैन ।’ उनले यो विषयमा आ(आफ्नै ढंगले प्रचार गरिएको भन्दै ती प्रचारमा कुनै सत्यता नभएको जिकिर…

Read More

काठमाडौं।आइसीसी विश्वकप लिग २ अन्तरगत स्कटल्यान्डमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै हिजो नेदरल्यान्ड्समाथि ५ विकेटको जित दर्ता गरेको छ । मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकीय इनिङ्ससँगै स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ। बुधबार आफ्नो दोस्रो नेपालले अंक तालिकामा शीर्ष दुईमा रहेको नेदरल्यान्ड्समाथि ५ विकेटको जित हासिल गरेको हो। लगातार दोस्रो जितसँगै सातौं स्थानमा यथावत नेपालले १४ खेलमा १० अंक पुर्‍याएको छ। नेदरल्यान्ड्स २१ खेलमा २६ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ। नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७।१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनको विषयलाई प्राथमिकता राखेको प्रवक्ता अग्नि सापकोटाले बताए । उनले भने, ‘हामीले व्यक्ति विशेष कुरा गरेका छैनौँ । मुख्य कुरा छानबिनको हो । सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भनेर कुरा भइरहेको छ । सरकारसित र विपक्षी पार्टीहरूसँग कुराकानी गर्छौँ ।’ सरकारले आफ्ना मागहरूलाई कसरी लिन्छ भन्ने कुरामा निर्भर हुने बताए । विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिन समितिको माग राख्दै सदन अवरोध गरिरहेका छन् । पछिल्लो समय माओवादी गृहमन्त्रीको राजीनामा नआए सरकारले छानबिन समितिको…

Read More

काठमाडौं । नवराज सुबेदी नेतृत्वको जनआन्दोलन समितिले काठमाडौं केन्द्रित आन्दोलनलाई देशभरि फैलाउने निर्णय गरेको छ । समितिमा आवद्ध ४५ दल, समूह र अभियानको आज भएको वैठकपछि सो निर्णय सार्वजनिक गरिएको हो । नवदुर्गा पार्टी प्यालेसमा भएको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित बनेका थिए । उनको अनुपस्थितिमा प्रश्न उठाउँदै केही कार्यकर्ताले होहल्ला गरेपछि बैठक बिना निस्कर्ष स्थगन गरिएको थियो । सोही वैठकको भावना अनुसार नयाँ कार्यक्रम निर्धारण गरिएको भन्दै सुबेदीले विज्ञप्ति जारी गरेका छन् । पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावि स्वरुपमा परिवर्तन गरिएको उनले बताएका छन् । काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरु निरन्तर जारी रहने…

Read More

काठमाडौं । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन…

Read More

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि भनेर गठन गरिएको संयुक्त जनआन्दोलन समितिको बैठकमा होहल्ला भएको छ ।आन्दोलनको समीक्षा गर्न भनेर धुम्बाराहीमा बुधबार बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्‍देन नआएपछि होहल्ला भएको हो । उनी बैठकमा सहभागी नभएकोमा धेरै सहभागी असन्तुष्ट भएका थिए । संसद् बैठकका कारण लिङ्‍देन उपस्थित हुन नसकेको भनेर बैठकको सुरुमै जानकारी गराइएको थियो । त्यसका बावजुद पनि धेरै नेताहरुले असन्तुष्टि जनाएका थिए । समीक्षा बैठक भएपनि पत्रकार सम्मेलनमा जस्तो सञ्चारकर्मीलाई पहुँच दिइएको विषय पनि उठेको थियो । शीर्ष नेता डराएर मिडियालाई बस्न दिएको कतिपय सहभागीले होहल्ला गरेका थिए । त्यसपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्ने समयमा होहल्ला…

Read More

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य वस्तु निर्यात गर्नेगरी सरकार अघि बढेको बताएका छन् । पूर्वाधार पत्रकार समाजले गरेको कार्यक्रममा उनले खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन गरेर उपयोग गर्ने मात्रै नभई निर्यात गर्नेसम्म सम्मको बजेटमा राखिएको बताउँदै त्यस्ता कार्यक्रमको प्रभावकारी कार्यन्वयन गरिने पनि बताएका हुन् । अर्थमन्त्री पौडेलले निर्माण क्षेत्रमा नदीजन्य वस्तुहरुको अभाव हुन नदिने बताउँदै भने, वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य र नदीजन्य निर्माण सामग्री उत्खनन र प्रशोधन गरी आन्तरिक उपयोग गर्नेछौं । नेपालमा मात्रै नभई निर्यात गर्ने व्यवस्था मिलाउनेछौं । अर्थमन्त्री पौडेलले यस्तो बताएपनि बजेटमा राखेको कार्यक्रम अदालतको फैसला विपरीत रहेको भन्दै…

Read More

काठमाण्डौं । सरकारले विपद् व्यवस्थापन कोषमा रु चार अर्ब ६५ करोड २४ लाख मौज्दात रहेको जानकारी दिएको छ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८९ करोड २९ लाख, केन्द्रीय विपद् व्यवस्थापन कोषमा रु एक अर्ब २७ करोड ४७ लाख, प्रदेश विपद् व्यवस्थापन कोषमा रु ७९ करोड ४१ लाख मौज्दात रहेको छ। कोसीमा रु छ करोड, ९० लाख, मधेसमा रु ११ करोड ७८ लाख, बागमतीमा रु सात…

Read More