Author: Transparentgroup
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागेको प्रतिक्रिया दिएका छन् । अख्तियारले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘मेरो नियत भ्रष्टाचार गर्ने होइन, म बाट भ्रष्टाचारका लागि आदेश दिने काम भएको छैन’, अध्यक्ष नेपालले भने, ‘मेरो राजनीतिक क्यारियर समाप्त पार्ने केपी ओलीको नियत नै हो । पहिला पनि उहाँले पटकपटक यस्तै कोशिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चलिरहनुभएको छ ।’
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको आरोप लगाएको छ । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि एकीकृत समाजवादीले यस्तो टिप्पणी गरेको हो । पार्टी उपाध्यक्ष वेदुराम भुसालले बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पार्टी अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको भन्दै राजनीतिक र कानुनी प्रतिवाद गर्ने बताए । ‘मुद्दाको सम्बन्धमा दुईवटा पक्ष छन् । एउटा, यसको राजनीतिक पक्ष छ । दोस्रो, यसको कानुनी पक्ष छ । राजनीतिक प्रतिशोध साधेर जुन आक्रमण भएको छ, यसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं । कानुनी पक्षको कुरामा…
काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि पहिलो प्रतिक्रिया दिएका छन् । उनले आफूलाई अहिलेसम्म के के भयो भन्ने कुरा थाहा नभईसकेकोले काठमाडौं आएर कानून व्यवसायीसँग परामर्श लिने प्रतिक्रिया दिएका छन् । गृहजिल्ला रौतहटमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किँदै छन् । उनी बुधबार गृहजिल्ला रौतहट गएका थिए । पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचारमा मुद्दा दायर भएको थाहा पाएपछि नेपाल आजै काठमाडौं फर्किन लागेका हुन् । उनी काठमाडौं फर्किएपछि पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।…
रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप अस्वीकार गर्दै उक्त कदम प्रतिशोधपूर्ण भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेको र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको स्पष्ट पारे। बिहीबार गृह जिल्ला रौतहट क्षेत्र नं(१ मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूविरुद्ध सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको आरोप लगाए। आफूले ‘नबिराउनु, नडराउनु’ को मान्यतालाई आत्मसात् गरेको बताउँदै अध्यक्ष नेपालले कुनै पनि अनुचित काम नगरेको र त्यस्ता कार्यलाई प्रोत्साहन समेत नगरेको…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा लगेको भ्रष्टाचार मुद्दामा उक्त मागदाबी गरेको हो । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम बिगो १८ करोड ५८ लचाख ५० हजार कायम गरी सोही ऐनको दफा ३ को उपदफा ( १० को देहाय (झ ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ ( पहिलो संशोधन सहित ) को दफा ३ को उपदफा (१ ) को देहाय ( ज ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१…
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव भेष्म नेउपानेका अनुसार आजदेखि नै लागु हुने गरि ४ वर्षको लागि ज्ञवालीलाई सीईओमा नियुक्त गरिएको हो । यसअघि उनी बैंकका कामु सीईओ थिए । २०७७ सालमा नबिल बैंक प्रवेश गरेका ज्ञवाली नायब महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृत बन्न सफल भएका छन् ।
काठमाडौँ । नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायकरथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारीको बुझबुझारथ गरेका हुन् । यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वीपृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । उनको नाम सिफारिश भइसकेकाले उनको केही समयमै उपरथीमा बढुवा हुने सम्भावना छ । त्यहाँका पृतनापति पवनराज घिमिरेको जङ्गी अड्डामा सरुवा भइरहेको छ । नयाँ प्रवक्ता यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए । सूचना र जनसम्पर्कका माध्यमद्वारा नागरिक र सैनिक सम्बन्ध सुदृढ तुल्याउन महत्वपूर्ण भूमिकामा रहने जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक नेपाली…
काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । काठमाडौं । नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री…
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बिहीबार विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिए । ‘भ्रष्टाचार मुद्दाको फाइल विशेष अदालतमा पुगेको छ’, उनले भने, ‘हामी केहीबेरमा औपचारिक विज्ञप्ति पनि निकाल्दैछौँ ।’ ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म प्रधानमन्त्री रहेका नेपालले पतञ्जलीलाई हदबन्दीमा जग्गा खरिद गर्न दिन १८ माघ २०६६ मा मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए तर दुई महिना नबित्दै ६ चैत २०६६ मा मन्त्रिपरिषद्बाट अर्को निर्णय गराई बेच्न स्वीकृति दिलाएका थिए । उक्त जग्गामा प्लटिङ गरिएको छ ।नेपाल मन्त्रिपरिषद्ले…
काठमाण्डौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको दाबीसहित लगातार प्रतिनिधिसभाको बैठक अवरोध गर्दै आइरहेका प्रतिपक्षी दलहरू अहिले पनि छलफलमै छन्। दिउँसो १ बजे डाकिएको प्रतिनिधिसभाको बैठक उनीहरूले ठोस निर्णय नगर्दा अझै सुरु हुन सकेको छैन। प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन र मन्त्रीको राजीनामालाई बटमलाइन बनाउँदै आइरहेका छन्। यसबारे आगामी रणनीति के हुने भन्ने टुंगो लगाउन अहिले प्रतिपक्षी दलका नेताहरू छलफलमै रहेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए। हामी छलफलमै छौँ। उच्चस्तरीय छानबिन समितिको अडानबाट हामी पछि हटेका छैनौँ…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क