Author: Transparentgroup

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको जानकारी दिनुभएको छ । उहाँले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “तयारी अझै द्रुततर गतिमा अघि बढाइँदै छ । सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ ।” प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीसमेतको उपस्थितिमा चार वटै सुरक्षा निकायका प्रमुखसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा शनिबार शीतल निवासमा गम्भीर छलफल गरेको जानकारी दिनुभएको छ । उहाँले चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “सबै सुरक्षा प्रमुखले उच्च मनोबलका साथ…

Read More

काठमाडौँ । सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल, एटीएफ तथा राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोकेको छ । राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरुले सामाखुसी र एकान्तकुनादेखि नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली गर्न लागेका थिए । उनीहरुलाई प्रहरीले घेरा हालेर रोकेको हो ।

Read More

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगाना राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरूले राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताए। । जेनजी युवा मिरज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताएका छन् । साथै, उनले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने प्रष्ट पारेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभइ निर्वाचनमा नजाने उनको भनाइ छ । ‘हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु भनेर कदापी होइन । यो…

Read More

काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १.२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १.२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् देवमणि भट्टराईले जानकारी दिए। काग तिहार भने आइतबार परेको उनको भनाइ छ। बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व…

Read More

काठमाडौँ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । पाइपलाइनबाट हालसम्म छ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल आयात भएको प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । अहिले मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टितेल आयात भइरहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी…

Read More

पर्वत । गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट भएको छ । गत आर्थिक वर्ष विसं २०८१–०८२ को कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गरी नेपालमै उत्कृष्ट स्थान हासिल गरेको हो । एक सय पूर्णाङ्कको नतिजामा पर्वत प्रशासनले ९५ दशमलव ७१ अङ्क प्राप्त गरी नेपालमै पहिलो बनेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष विसं २०८१–०८२ को पहिलो त्रैमासिकमा २९ दशमलव ०६, दोस्रो त्रैमासिकमा १९ दशमलव २५, तेस्रो त्रैमासिकमा १७ दशमलव ८७ र चौथो त्रैमासिकमा २९ दशमलव ५२ अङ्क प्राप्त गरेको थियो । गृह मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूमा पूर्ण रूपमा…

Read More

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । शहरी विकास मन्त्रालयअन्तर्गत रहेको उक्त कोषलाई निष्क्रिय नराखी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी प्रभावकारी रुपमा अगाडि बढाइने मन्त्री घिसिङले उल्लेख गरे । कोषका कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले विद्युतीय सवारी साधन ९सार्वजनिक यातायात०, चार्जिङ स्टेसनजस्ता इ—मोबिलिटीका क्षेत्रमा लगानी गर्न सुझाव दिए। नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गर्ने कोषका लागि फोहोरबाट ऊर्जा उत्पादन गरिने परियोजना लगानीको क्षेत्र हुनसक्ने भन्दै घिसिङले ऊर्जा पनि उत्पादन हुने र फोहोरमैला व्यवस्थापन गर्न सकिने त्यस्ता परियोजनामा लगानीको सम्भाव्यता…

Read More

काठमाडौं । चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई राष्ट्रपति निवास शितलनिवास बोलाईएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ती सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर देशको पछिल्लो अवस्थाबारे ब्रिफ लिएका छन् । छलफलमा केही मन्त्रीहरु पनि सहभागी रहेको जनाईएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आवश्यक तयारी गर्न सरकारले प्रवन्ध गरिरहेको अवस्थामा राष्ट्रपतिले पनि पछिल्लो अवस्थाबारे छलफल गरेका हुन् । हिजोमात्रै नेपाली सेनाले जेनजी आन्दोलनको बारेमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राखेको थियो ।

Read More

काठमाडौं । एमालेले सरकार निर्वाचनको आधार बनाउनेतिर नभइ उल्टो बाटो हिँडिरहेको निष्कर्ष निकाल्दै प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संविधान पक्षधर राजनीतिक शक्तिहरुलाई एकजुट हुन अपील गरेको छ । केन्द्रीय कमिटीको तीन दिनसम्म काठमाडौंमा चलेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै संविधानको रक्षाका लागि एक हुने उल्लेख गरेको छ । बैठकले शुक्रबार पारित गरेको २२ बुँदे प्रस्तावमा एमाले लोकतन्त्रको रक्षाका लागि उभिएको पार्टी भएको र ताजा जनादेश लिने कुरामा स्पष्ट भए पनि अहिले परिस्थिति त्यतातर्फ नरहेको उल्लेख गरेको छ । ‘मुलुकको प्रमुख राजनीतिक पार्टी र लोकतन्त्रको प्राप्ति एवं रक्षाका लागि अग्रपङ्क्तिमा उभिएको पार्टी हुनुको नाताले नेकपा ९एमाले० ताजा जनादेश लिने,…

Read More

काठमाडौं । काठमाडौंका मुख्य ५ ठाउँमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शनलगायतका विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलीदेखि थप २ महिनासम्म लागु हुनेगरि विभिन्न पाँच ठाउँमा विरोधका कार्यक्रम गर्न बन्देज लगाएको हो । यसअघि पनि यी ठाउँमा विरोध गर्न प्रशासनले रोक लगाएको थियो । आज प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा थप २ महिनासम्म राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, सिंहदरबार र अन्य संवेदनशील क्षेत्रमा भेला, जुलुस, धर्ना तथा प्रदर्शन गर्न निषेध गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी सीडीओ पौडेलले मुख्य प्रशासनिक केन्द्र, अति विशिष्ट व्यक्तिहरूको निवास तथा त्यस वरपरका क्षेत्रमा…

Read More