Author: Transparentgroup
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेल पर्यटनका लागि उर्वर भूमि भएको बताएका छन् । विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस ९एम्स०का पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा उनले यस्तो बताएका हुन् । सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौड सफलतापूर्वक भइरहेका छन्, हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ भन्ने मेरो विश्वास छ, यसमा एम्सजस्ता अन्तर्राष्ट्रिय सङ्गठनले नेपालको खेल पर्यटनलाई प्रोत्साहन गरून् भन्ने हाम्रो अपेक्षा छ,राष्ट्रपति पौडेललाई उद्धृत गर्दै उनको निजी सचिवालयले जनाएको छ । उनले विश्वशान्ति, भ्रातृत्व र सद्भावका लागि खेलकुदको ठूलो महत्त्व…
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले संसदीय प्रणालीको नियमअनुसार संसद् सञ्चालन गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० सँग आग्रह गरेका छन् । आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औँ पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै निधिले माओवादीकै हातमा संसद् चल्न दिने वा नदिने भन्ने कुरा निर्भर रहेको बताएका हुन् । संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमअनुसार संसद् सञ्चालन गर्न दिन आग्रह गरे । सांसद निधिले भने, ‘संसद् अहिले अवरुद्ध छ । प्रतिपक्षीले अवरोध गरिरहेको छ । अब यो घडीमा आएर माओवादीकै हातमा संसद् चल्न दिने वा नदिने भन्ने रहेको छ । संसद्लाई माओवादीकै तर्फबाट अवरोध गर्ने काम…
काठमाण्डौ. । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज (आइतबार) छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाइ तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको हो। भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसहितको छलफलमा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दश वर्षदेखि बसोबास र अन्य सरकारी जग्गा नपाएका नागरिकलाई भूमिहीन, सुकुम्वासी पहिचान गर्ने तथा अव्यवस्थित बसोबासीका हकमा कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्ती जमिनामा आवाद/कमोद गरेर बसोबास गरिरहेको हुनुपर्ने मापदण्ड…
काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा लगेको छ । मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ । आरोपपत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ । पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बन भएपछि २०८१ भदौमा सरकारले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो । टेलिकमको बिलिङ प्रणाली लगायतमा भ्रष्टाचार गरेको आरोपमा पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
काठमाडौँ । अवरुद्ध प्रतिनिधिसभा बैठक चल्न दिनेरनदिने भन्ने विषयमा छलफल गर्न जारी विपक्षी दलहरूको बैठक नसकिएकाले सदन सुरु हुन ढिलाइ भइरहेको छ । दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एक घण्टा ढिला हुँदासम्म पनि सुरु हुन सकेको छैन । सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले विपक्षी दलहरूको बैठकका कारण सदन सुरु हुन ढिलाइ भइरहेको जानकारी दिए । ‘प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र ) का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुख ज्यूलाई लाई जानकारी दिनुभएको छ । सभामुख ज्यू निर्णय कुरेर बसिरहनु भएको छ,’ प्रेस संयोजक अधिकारीले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…
कोशी । कोशी नदीमा सशस्त्र प्रहरीका बेपत्ता गोताखोर सुरज साउदको शब भर्खर फेला परेको छ । कुरिनटार बाट गएका अनुभवी गोताखोर डिएसपी पुरुषोत्तम भन्डारिको टोलिले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक बाट शब निकालेको हो ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् । बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ । जेठ १५ गते पवपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् ।…
चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो ।कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस कार्यालयमा रहेका दुई हजार ४०० मूल्य अभिवृद्धि करदाताले विवरण बुझाएका थिएनन् । उनीहरूमध्ये विभागले २०८२ साल वैशाख ११ गते सार्वजनिक गरेको सूचनापछि २७ जनाले विवरण बुझाएका थिए । विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको छभने खरिद बिक्री नगर्न उपभोक्तालाई जानकारी गराइएको छ । विभागले मूल्य अभिवृद्धिकर ऐन, २०५२ को दफा १७ को उपदफा ८ मा…
अमेरीका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति उद्यमी एलन मस्कसँग आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन्। शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले मस्कसँगको बिग्रेको सम्बन्ध सुधार्न आफूले नचाहेको स्पष्ट पारेका हुन्। आफ्नो प्रमुख घरेलु नीतिमाथि मस्कले सार्वजनिक रूपमा आलोचना गरेपछि चिसिएको सम्बन्धबारे सोधिएको प्रश्नमा ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्। एनबीसी न्युजले ‘के तपाइँहरूको घनिष्ठ सम्बन्ध अब सकिएको हो ? ’ भनेर सोध्दा ट्रम्पले भने, ‘म त्यस्तै अनुमान गर्छु, हो।’ बिग्रेको सम्बन्ध सुधार्न चाहनुहुन्छ कि भन्ने प्रश्नमा उनले ‘चाहन्नँ’ भनी जवाफ दिए। कुनै समय ट्रम्पको चुनावी अभियानमा लाखौं डलर सहयोग गरेका र ह्वाइट हाउसका सल्लाहकारसमेत बनेका मस्कले राष्ट्रपतिको प्रमुख कर तथा…
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय परिसरमा गर्ने छन् । महाधिवेशनले संगठनको नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वमा पहिलोपटक ३२ वर्षे उमेर हद लागू हुने छ । उमेर हद लागू हुने भएपछि नेतृत्वको दाबेदार मानिएका १५ जना पदाधिकारी प्रतिस्पर्धाबाट अलग हुनेछन् भने नेतृत्व गर्ने अवसर सचिव तहमा आउने छ । ११ जेठमा बसेको एमाले सचिवालय बैठकले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जस्तै अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क