Author: Transparentgroup
पोखरा । पौडी खेल्ने क्रममा पोखराको बेगनास तालमा बेपत्ता भएका ब्यक्तिको शव सशस्त्र प्रहरीका गोताखोरले निकालेका छन् । उनको हिजो साँझैदेखि खोजी शुरु भएको थियो । जेठ २५ गते सांझ कास्की जिल्लाको पोखरा महानगरपालिका – ३१ माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखा जिल्ला शहिद लखन गाउँपालिका ३ मनकामना बस्ने ४३ बर्षिय राजेश श्रेष्ठ बेपत्ता भएका थिए । श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भए पश्चात खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको थियो । सो टोलीले १० बजे ३५ फिट गहिराईमा शव फेला पारी पानीबाट…
काठमाडौं। अन्तिम ओभरमा दुई विकेट गुमाएपछि नेपाल आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा ह्याट्रिक जित निकाल्न चुकेको छ। नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक एक र नेदरल्यान्ड्समाथि पाँच विकेटको जित हात पारेको थियो। तर, डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग २ रनले पराजित भएको हो। यो नतिजासँगै १९ खेलबाट २४ अंक जोडेको स्कटल्यान्ड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। सातौं स्थानमा यथावत् रहेको नेपालको १५ खेलमा १० अंक जोडेको छ। स्कटल्यान्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा मात्र ३२१ रन बनाउन सक्यो । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले बनाएको यो सर्वाधिक योगफल हो । अन्तिम ओभरमा ८ विकेट…
मुग्लिन । मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा ५३ प्रतिशत काम सम्पन्न भएको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन–पोखरा सडक योजना ( पश्चिम खण्ड) ले जनाएको छ। योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र भएको बताए। पश्चिम खण्डमा तीन किलोमिटर एकतर्फी कालोपत्र बाँकी छ र जेठ मसान्तसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य छ। पश्चिम खण्डमा १२ मध्ये १० पुल र १०० मध्ये ९२ कल्भर्ट निर्माण सम्पन्न भएका छन्। चार सय २४ विद्युत् पोल हटाउन बाँकी छ, जसले काममा ढिलाइ भएको कुँवरले बताए। तालचोकदेखि आदर्शचोक र डाँडाको नाकदेखि विजयपुरसम्मका पोल…
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत ५ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । पेट्रालियम पदार्थको डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सिसी क्यामेरासमेत बन्द गरेर बढी पेट्रोलियम पदार्थ पठाएको पाइएको अख्तियारले जनाएको छ । कुल १२ हजार लिटर डिजल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका…
पाल्पा । रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिएका हुन् । रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो । गाउँपालिकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ । पालिकाले सूचना नै निकालेर सो क्षेत्रमा प्रवेश निषेध गरेको हो । प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको…
काठमाण्डौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक आज दिउँसो १ः१५ बजे बस्ने भएको हो। आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्यालले ‘जलस्रोत विधेयक, २०८१’का सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने छन् भने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज ( सञ्चालन तथा व्यवस्थापन ) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन्।
काठमाण्डौं । संघिय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संघीय संसद् नयाँ बानेश्वरमा आज दिउँसो २ः०० बजे बैठक बस्ने भएको हो। संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र ) लगायतले संसद् अवरोध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो। हिजो दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भए पनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका थिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने भन्दै प्रतिपक्षी दलहरूले दुई सातादेखि निरन्तर संसद् अवरोध गर्दै आएका छन्।
काठमाडौँ । प्रतिनिधिसभा बैठक सूचना टाँसेर आज दोस्रो पटक सारिएको छ । आज एक बजेका लागि बैठक बोलाइएको थियो । त्यो बेला बैठक बस्न नसकेपछि सवा तीन बजे सम्मका लागि सूचना टाँसेर सारिएको थियो । त्यो बेला पनि बस्न नसकेपछि बैठक सूचना टाँसेर साढे ५ बजेसम्मका लागि सारिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा भइरहेको सेटिङमा नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिनका लागि संसदीय समिति वा न्यायिक छानबिन आयोग बनाउनु पर्ने माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।
काठमाडौँ । प्रतिनिधिसभा बैठक सूचना टाँसेर ३ – १५ बजेसम्म स्थगित भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर सवा तीन बजेसम्मका लागि स्थगित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा भइरहेको सेटिङमा नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिनका लागि संसदीय समिति वा न्यायिक छानबिन आयोग बनाउनु पर्ने माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।
काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ। जनकपुर निवासी २५ वर्षीया एक पारलैङ्गिक ( ट्रान्सजेन्डर ) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनःनिर्माण गरिएको हो। अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो। त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो। अस्पतालका प्रवक्ता तथा सह प्राडा गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए। उनले भने, ुलिङ्ग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क