Author: Transparentgroup
काठमाण्डौं । नेकपा ९एमाले०निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्यार्थीहरूले निर्वाचन प्रकृया अघि बढाइरहेको अवस्थामा एक्कासी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सुजन कडरियाको नाम प्रस्ताव भएपछि विद्यार्थीहरू आक्रोसित बनेका छन्। विद्यार्थीहरू आक्रोसित बनेपछि बन्द सत्र सुरु भए पनि निर्वाचन प्रकृया अघि बढेको छैन। निर्वाचन प्रकृयामा अघि बढ्न पाँच जनाले अध्यक्ष पदमा दाबी गरेका छन्। निर्वाचन तालिका सार्वजनिक भएसँगै पार्टीले कडरिया अध्यक्ष, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी, महासचिवमा दिपक धामी लगायतको नाम पार्टीको लाइनमा अध्यक्ष मण्डलले घोषणा गरेपछि निर्वाचनको महोल खलबलिएर नाराबाजी सुरु भएको एक विद्यार्थी नेताले बताए। ‘अध्यक्ष मण्डलले प्रस्ताव गरेको नाममा अरू…
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र )का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा ९एकीकृत समाजवादी० र नेकपासँग एकताको लागि छलफल चलिरहेको खुलासा गरेका छन् । माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीसँग मोर्चाबन्दी भैरहेको र विप्लवले नेतृत्व गरेको नेकपासँग पनि सहकार्य भैरहेकोले छिट्टै एकता हुने सम्भावना सुनाए । आज ( मंगलबार ) खुमलटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । अहिले नेकपा ( एकीकृत समाजवादी ) र नेकपा समाजवादी मोर्चामा छन् । उनले अब समाजवादी क्रान्तिलाई नयाँ चरण र उचाईंमा लगिने विश्वास दिलाए । त्यसको लागि विगतमा पार्टीैले गरेका गल्ती तथा कमजोरीलाई सच्याउँदै अघि बढिने…
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२(८३ को बजेटले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री कार्यालयसहित अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेका थिए । बजेटको बुँदा ८७ ले अदालतको अवहेलना गरेको दाबी उनले रिटमा गरेका छन् । अवहेलनाको कसुरमा संलग्नलाई हदैसम्मको कारबाहीको माग उनले गरेका छन् । संविधानले न्यायपालिकालाई संविधान एव कानुनको अन्तिम व्याख्याताको रूपमा स्थापित गरेको छ । अदालतले दिएका आदेश एव फैसलाहरू प्राज्ञिक महत्वका लागि मात्र नभई प्रभावकारी कार्यान्वयनमा समेत हुने गरेकोमा अर्थमन्त्री विष्णुप्रसाद…
काठमाण्डौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ। स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ। सिरिजका सुरुवाती दुई खेलमा जितेको नेपाल आज तेस्रो जितको खोजीमा रहेको छ। पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो। त्यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो। यता नेदरल्यान्ड्स भने पहिलो जितको लक्ष्यमा रहेको छ। नेदरल्यान्ड्स स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो। नेपाल १५ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा छ। नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ। विभिन्न आठ…
काठमाडौँ। बागमती प्रदेशमा दर्ता भएको सवारीसाधनको विद्युतीय अभिलेखीकरण ९डिजिटाइजेसन० राख्ने काम एक वर्षमा सम्पन्न गरिने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीमा दर्ता भएकामध्ये ५८ हजार सवारीसाधनको विद्युतीय अभिलेखीकरण भएको छ । यातायात व्यवस्था कार्यालय साना ठुला सवारी एकान्तकुनाले हालसम्म झन्डै आठ हजार चारपाङ्ग्रे सवारी विद्युतीय अभिलेखीकरण गरेको छ । कार्यालयले ३० जना ज्यालादारी कर्मचारी राखेर दैनिक काम गरिरहेको कार्यालय प्रमुख पवित्र कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो महिनादेखि छुट्टै कर्मचारी राखेर कामलाई गति दिएका छौँ । अहिलेसम्म दुई सय वटा चारपाङ्गे्र सवारी अनलाइन अभिलेख भएका छन् । एक वर्षमा सबै सक्ने योजनासहित काम गरिएको छ ।” एकान्तकुना कार्यालयमा तीन लाख सवारीका फाइल रहेका…
काठमाडौं । आम जनता पार्टी ९आजपा० निकटको आम सुकुम्बासी तथा अब्यवस्थित बासोबासी संघले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको माग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा आज ज्ञापनपत्र बुझाएको छ । काठमाडौंको सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूमा खानेपानी आपूर्ति नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ । खानेपानी संघर्ष समिति सुकुम्बासी बस्ती काठमाडौंले आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । आम सुकुम्बासी तथा अब्यवस्थित बासोबासी संघका अध्यक्ष एवं संघर्ष समितिका संयोजक समेत रहेका कालबहादुर विकले एक हप्ताभित्रमा आफूहरुको माग सम्बोधन नभए खाली गाग्री सहित खानेपानी कार्यालय घेराउन गर्ने बताए । संघर्ष समितिले ध्यानकर्षण सहितको ज्ञापनपत्र बुझाएको र…
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी समेत ५ जना भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टको नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुसररिसवत लिईरदिई गरी भ्रष्टाचार गरेको भन्दै आज अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । प्रेस विज्ञप्ति —————————————— नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा। चन्द्र बहादुर अधिकारी समेतले जिल्ला रुपन्देही सिद्धार्थनगर(१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको च्बमष्ककयल उचयवभअत को नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनी नगद रु।१९,००,०००।( ९उन्नाईस लाख० रकम लिएको भन्नेसमेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान…
नवलपरासी । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गर्नुभएको छ । नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले उक्त बेसिनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुवान र सिंचाइको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । “यस क्षेत्रका माननीय ज्यूले मलाई यो कार्यक्रममा आउनुअघि नै भनिसक्नुभएको छ कि यहाँ रहेका ६ वटा नदिहरुमा तटबन्ध गर्नुछ, त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ, यसका लागि सरकार गम्भीर छ,”–…
काठमाडौं । सरकारले दक्षिण कोरियामा ‘डी टु’ र ‘डी फोर’ भिसामा स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी स्थगित् गर्दा विभेद र असमान व्यवहार गरेको भन्दै पीडित विद्यार्थीहरुले आक्रोश पोखेका छन् । रिपोर्टर्स क्लब नेपालमा आज ९सोमबार० पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले तत्काल रोकिएको एनओसी खोल्नुपर्ने र यसको लागि सरकार संवेदनशील हुनुपर्ने माग राखेका छन । एनओसी रोकिएका विद्यार्थी आयु सिंहले आधिकारिक कारण र पूर्व जानकारीबिना आफूहरुको एनओसी रोकिएको भन्दै आक्रोश पोखे । उनले भने,‘हामी ब्ल्याकलिष्टेड युनिभर्सिटीमा जान मिल्दैन् । एनओसी किन भ्यालिड रिजन बिना बन्द गर्नुभयो रु म सरकारलाई प्रश्न गर्न चाहन्छु । कतै चलखेल त भएको छै रु विद्यार्थीको…
काठमाडौँ । संघिय संसद अन्तगर्तको प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ । दिउँसो बसेको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबार एक बजेसम्मका लागि स्थगित गरिएको हो । प्रतिपक्षी दलहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिनका लागि संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै विपक्षीले बैठक अवरुद्ध गर्दै आएका छन् । यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीले बिभिन्न ५ बुदे प्रस्ताब राखेर संसद अवरोध हटाउन सक्ने धारणा अघि सारेको छ । जसले गर्दा बैठक स्थगित हुन पुगेको हो ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क