Author: Transparentgroup

नवलपरासी । त्रिवेणी ( नवलपरासी)  । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको उनले बताए । डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ । यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल ढलान भएको छ । असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजना छ । रासस

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र भारतबिचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएका छन् । नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा राणाले नेपाल–भारत बिच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीव्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् । नेपाल र भारतले दुई देशबिचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत समृद्धिमा रूपान्तरण गर्ने समय आएको प्रसङ्ग उल्लेख गर्दै उनले भनिन् “म एउटा यस्तो भविष्यको प्रतीक्षामा छु कि जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बईको बजारमा पुग्छ र एक भारतीय पर्यटक दिल्लीमा बिहानको…

Read More

काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि भूमि समस्या समाधान आयोगले निवेदन आह्वान गरेको छ ।उनीहरुलाई जग्गा वितरणका लागि आयोगले पुनस् सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ । निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक खटिएका छन् । उनीहरू मार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ । यो सूचना पहिलोपटक वैशाख ३१ गते प्रकाशित भएको थियो ।

Read More

मुस्ताङ । मुस्ताङ भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्। घरपझोङ गाउँपालिका(४ भ्रप्सोस्थित पेरिसडाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका हुन्। बौद्ध परम्पराअनुसार प्रचण्डले निर्माण कार्यको शिलान्यास गरे। त्यसक्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नै पार्टी कार्यालय निर्माण भएपछि जिल्ला पार्टीले जनताको पक्षमा थप ऊर्जा र उत्साहका साथ काम गर्न सक्ने विश्वास व्यक्त गरे। उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए। माओवादी केन्द्र मुस्ताङका ‘इञ्चार्ज धीरेन्द्र बिकका अनुसार ६ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र(२ छ्ङ्गुरका ढच्युङ गुरुङले निःशुल्क जग्गादान गरेका छन्…

Read More

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थाबारे छलफल हुनेछ ।

Read More

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ । यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्नुहुने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आ.व. २०८२/ ०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भगरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, आ.व. २०८२/ ०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूचि रहेको छ ।

Read More

काठमाण्डौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अपनाउन लागिएको हो । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा तेस्रोपटक निर्वाचन तालिका संशोधन गरिएको थियो । तर सहमति नजुटेपछि आज बिहानबाट ८ बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको छ । उम्मेदवारको अन्तिम नामावली हिजै सार्वजनिक गरेर विद्युतीय मेसिनमा उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ। निर्वाचन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युतीय मेसिनमार्फत हुनेछ। २४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा। सुजन कडरियाबीच प्रतिस्पर्धा हुँदै…

Read More

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ९हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक० प्रदीप परियारलगायत ७ जनाउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ । अख्तियारको आरोपपत्रमा ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको भनिएको छ । अख्तियारले परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाललाई प्रतिवादी बनाएको छ ।

Read More

काठमाडौं । ढिला गरी सुरु भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले भोली बिहिबार तीन बजे बस्ने जानकारी दिए। आज पनि सुरु हुनेवित्तिकै प्रतिपक्षी दलको विरोधका कारण अघि बढ्न सकेन। सचेतकसँग सभामुखले छलफल गरे पनि निष्कर्ष ननिस्किएपछि सदन सुरु भएको थियो। सदनमा प्रतिपक्षदलले आफूहरूको माग पूरा गर्नुपर्ने, भिजिट भिसामा संलग्नहरूको कारबाही, छानबिन समिति गठन गर्नुपर्ने लगायतका विषय राखेर नाराबाजी गरेका थिए।

Read More

काठमाडौँ । संवैधानिक निकायका ५२ पदमा पदाधिकारी नियुक्ति विवादको रिटमाथि सर्वोच्च अदालतले आज निर्णय नसुनाउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको छलफल नसकिएपछि सर्वोच्चले निर्णय सुनाउने मिति सारेको हो। अब सर्वोच्चले यसबारे असार १८ गते निर्णय सुनाउने प्रवक्ता अच्युत कुइँकेलले थाहाखबरलाई जानकारी दिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा अध्यादेशमार्फत ऐन संशोधन गरी नियुक्ति दिएका थिए। ओली सरकारले परिषदको कानुन दुईपटक अध्यादेशमार्फत् संशोधन गरेर दुवै पटक नियुक्ति गरेको थियो। पहिलो पटक २०७७ मंसिर ३० सिफारिस गरी माघ २१ गते…

Read More