Author: Transparentgroup
काठमाडौं । भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई–१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तरराष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्काएको छ । जहाजले धावनमार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रीको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । दुर्घटनामा २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशङ्का गरिएको छ । बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाका कारण नागरिक उड्डयन क्षेत्रले एक भयानक…
भारत । टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ दिने घोषणा गरेको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो। टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग सुनिश्चित गर्ने पनि बताएको छ। कम्पनीले टाटा सन्स र एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले ट्विटरमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, एयर इन्डियाको उडान १७१ सँग सम्बन्धित भयानक घटनाबाट हामी गहिरो दुःखी छौं। यस क्षणमा हामीले महसुस गरिरहेको शोकलाई शब्दमा व्यक्त गर्न सकिँदैन। हाम्रा विचार र प्रार्थनाहरू आफ्ना प्रियजनहरू गुमाएका परिवारहरू र घाइते भएकाहरूसँग छन्। पोस्टमा थप लेखिएको छ, टाटा…
काठमाडौँ । तीनकुनेमा आवन्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले ७ जनालाई पुर्पक्ष र अन्यलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । दुर्गा प्रसाईँ समर्थक युवा समूह एटिएफमा आबद्ध हरिहर चौलागाईं लाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ । सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भिम’लाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । गोपाल मल्ल ठकुरीलाई २० हजार, पशुपति खड्कालाई १० हजार, विष्णु पराजुली १० हजार, पुष्कर खतिवडा २० हजार, मुनेन्द्र राजभण्डारी…
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईंसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई १० हजारदेखि एक लाख रुपियाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ । रासस
काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का कार्यबाहक प्रवक्ता मनीष झाले छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएको जानकारी दिए । ‘हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिषा मार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ,’ कार्यबाहक प्रवक्ता झाले बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका थिए । सत्ता र विपक्षी दलहरूबीच सहमति जुट्न नसक्दा प्रतनिधिसभा चल्न सकेको छैन ।
काठमाडौं । गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणबारे धारणा बनाउन संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ । भिजिट भिसा प्रकरणका कारण लगातार संसद् अवरुद्ध हुँदै आएपछि मोर्चाले धारणा तय गर्न मूल समितिको बैठक बोलाएको हो । मोर्चाको घटक मध्येको एक राष्ट्रिय मुक्ति पार्टीको शान्तिनगरस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो ३ बजे मूल समितिको बैठक बोलाइएको सो पार्टीका नेता केशव झाले जानकारी दिएका छन् । उनका अनुसार मोर्चाको बैठकमा भिजिट भिसा प्रकरणसँगै मोर्चाको कार्यविधि र आदिवासी जनजाति र मधेसीसँग गरिने सहकार्यका विषयमा पनि छलफल हुने छ । संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारलाई सहयोग…
काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। दाहाल र घिमिरेबीच बिहीबार ( आज) सभामुखकको कार्यकक्षमा भेटवार्ता भएको हो। उनीहरूबीच संसद्को जारी गतिरोधबारे छलफल भएको हो। प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीले सदन अवरुद्ध गर्दै आएका छन्। भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै यी दलहरूले सदन अवरुद्ध गर्दै आएका हुन्। आज पनि दिउँसो ३ बजे बस्ने भनिएको बैठक अझै बस्न सकेको छैन।
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ । गुजरातका पूर्वमुख्यमन्त्री समेत सवार भएको खुलेको छ । अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो । उक्त जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ । २४२ यात्रु सवार एयर इन्डियाको ड्रिमलाइनर विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ । लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स…
म्याग्दी । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने तालिम दिएको छ । बेनी नगरपालिकाको हामी सक्छौँ, हामी गर्छौं कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाइएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने २५ जना विद्यार्थीलाई उनीहरूको रुचीअनुसार १५ दिने कपाल काट्ने तालिम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले बताए । विद्यार्थीको माग र रुचीअनुसार कपाल काट्ने तालिम छनोट गरिएको हो, उनले भने, यही जेठ २६ गतेदेखि सुरु भएको तालिम असार १० गतेसम्म सञ्चालन गर्छौँ । विद्यार्थीलाई बेनीका अभिषेक श्रेष्ठले कपाल काट्ने तालिम दिइरहेका छन् । दिउँसो ४ बजे विद्यालयको नियमित कक्षाको पठनपाठन सकिएपछि दुई घण्टाका दरले तालिम सञ्चालन…
काठमाण्डौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कार्यपालिका बैठक र नगरसभा बोलाउन तयार भएका छन्। काठमाडौं प्लाजास्थित मेयर कार्यालयमा उपमेयर सुनिता डंगोल, तीन जना वडाध्यक्षसहितको छलफलमा मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाउन सहमति जनाएका हुन्। छलफलमा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा.३२ का अध्यक्ष नवराज पराजुली र वडा. १५ का अध्यक्ष ईश्वरमान डंगोल सहभागी थिए। हिजो मेयर साब चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्न सहमत हुनुभएको छ, मानन्धरले भने अब चाँडै बैठक बस्छ। पछिल्लो समय पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन। यसले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसमेत अन्योलमा परेको थिय मेयर बालेन शाहले महानगरका प्रशासकीय…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क