Author: Transparentgroup
जनकपुर । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा न्यायाधीशमाथि इजलास कक्षमा दुर्व्यवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्था कडा गरेको छ। १४ जना न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका ‘पिएसओ’ र अन्य सुरक्षाकर्मीलाई परिवर्तन गरी सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ। न्यायाधीश डा। खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि नेकपा ९बहुमत० का तीन कार्यकर्ताले बिहीबार दिउँसो करिब ४ बजे इजलास कक्षमा दुर्व्यवहार गरेका थिए। सिरहाको गोलबजारका गर्भु महतो, सर्लाहीको बरहथवाका शक्ति गाइडर र प्यूठानका किशोर रेग्मीलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा मट्टुले दुर्व्यवहार गर्नेहरूलाई म्याद थपका लागि शुक्रबार जिल्ला अदालत पर्सामा पठाइएको बताए। ‘खाजा खाने…
काठमाडौँ । नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यको उपस्थितीका लागि अनुरोध गरिएको मुख्यसचिव पौडेलको भनाइ छ ।
अहमदावाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ ।अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर ९३३० फिट० को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलकासदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रुपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए । “सुरुमा मलाई पनि म मर्न लागेको जस्तो लागेको थियो, तर पछि मैले आँखा खोलेँ र थाहा पाएँ कि म अझै जीवित छु,” बेलायती नागरिक विश्वासकुमार रमेशले अस्पतालको शैयाबाट राष्ट्रिय प्रसारक डीडी न्यूजसँग बताउनुभयो । प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा उहाँहरुबीच नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले विश्व बैँक नेपालले तयार गरेको छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचा ९२०२५–२०३१० लाई बैँकले स्वीकृत गरेकोमा धन्यवाद दिँदै दिगो विकास लक्ष्य हासिल र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नतिका लागि निरन्तर आर्थिक र प्राविधिक सहयोगका लागि खुसी व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले कृषिको आधुुनिकीकरण, उत्पादकत्ववृद्धि, उद्यमशीलता, व्यवसाय र सेवा क्षेत्रमा युवाहरुको सहभागितामा सरकारले…
काठमाडौं । सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति गठन गरेको छ । समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी रहेका छन् । तीन वटै मन्त्रालयका सचिव समेत समितिमा रहेर काम गरिरहेका छन् । मन्त्री राणाका अनुसार समितिको बैठक दुई तीन पटक बसिसकेको छ ।शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्ने क्रममा परराष्ट्रमन्त्री राणाले यस्तो जानकारी दिएकी हुन् । ‘वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय प्रस्तुत गर्न समिति गठन भएको छ । गृहमन्त्री, श्रममन्त्री र परराष्ट्रमन्त्रीका साथै तीन वटै मन्त्रालयका सचिव बसेर गहनतम रुपमा छलफल गरेर…
इटहरी। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन्। आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताए । “केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ”, महामन्त्री थापाले भने । उनी तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका हुन् । त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गरे । उनले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको बताउँदै नेपाली…
काठमाडौँ । संसद्को जारी गतिरोध अन्त्यका लागि आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । संसद्को बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बोलाएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । सत्तापक्ष समक्ष प्रस्ताव गरिएको ड्राफ्टमा विपक्षी दलहरूबिच साझा धारणा बनाउनका लागि बैठक बोलाएको उनले बताए । त्यसपछि सत्तापक्षसँग छलफल हुने पाण्डेले स्पष्ट पारे । ‘पहिले हामी विपक्षी दलहरूबिच छलफल गरेर साझा धारणा बनाउँछौँ । त्यस लगत्तै हामी सत्तापक्षसँग छलफल गर्छौँ । आज एउटा मिलन बिन्दुमा पुगिन्छ होला’, पाण्डेले भने । बिहीबार माओवादीले नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेर सत्तापक्षसँग छलफल गरेको थियो…
काठमाण्डौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियू० को अध्यक्षमा डा। सुजन कडरिया निर्वाचित भएका छन्। बिहीबार काठमाडौँमा भएको निर्वाचनमा कडरियाले निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मत पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन्। कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाएका छन्। कडरिया यसअघि केन्द्रीय कमिटीको सचिव थिए।नेकपा एमालेको भ्रातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० का अध्यक्षमा डा। सुजन कडरिया विजयी भएका छन्। आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिल अध्यक्षमा निर्वाचित भएका हुन्। अखिलको मतगणना स्थलमा रहेका नेताहरूले दिएको जानकारी अनुसार कडरियाले ७३२ मत प्राप्त…
तेहरान । इजरायलले शुक्रबार बिहान इरानका आणविक प्रशोधन केन्द्रहरूमा हवाई आक्रमण गरेको छ । इरानी राज्य मिडियाका अनुसार, आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक उर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको छ । आक्रमणपछि राजधानी तेहरानलगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् इजरायलको आक्रमणमा इरान रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको छ। सलामीको मृत्यु भएको इरानी अधिकारीले पुष्टि गरेका छन्। केही दिनयताको तनावपछि इजरायलले इरानमाथि आक्रमण शुरु गरेको हो। इजरायली रक्षामन्त्री इजराइल काट्जले आक्रमणको पुष्टि गरेका छन्। इरानमा आक्रमण गरेपछि इजरायलले आफ्नो देशमा प्रतिकारात्मक आक्रमण हुन सक्ने आशंकामा संकटकाल घोषणा गरेको छ। रक्षामन्त्री…
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ। प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अबरोध गरे पछि आज सम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन । बैठकमा मुख्यतयाः उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२्८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो। प्रतिपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गते देखी नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क