Author: Transparentgroup
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव एवं स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले ठेक्का सम्झौता शर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदै झुट्टा बिल–बिजक, गलत प्रतिवेदन र भुक्तानी प्रक्रिया पूरा गरिएको ठहर गरेको हो । आयोगका अनुसार विभागले आर्थिक वर्ष २०८०र८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको प्रमाणित भएको छ । आयोगले सार्वजनिक खरिद ऐन र नियमावली विपरीत म्याक्सिम…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारलाई पूर्णता दिने तयारी तिव्र पारेकी छिन् । सरकार गठन भएको एक महिना व्यतित हुँदापनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै सार्वजनिक रुपमा आलोचना बढ्न थालेपछि प्रधानमन्त्री कार्की आजरभोलिभित्रै मन्त्रिपरिषद् पूर्णता दिनेगरि गृहकार्यमा जुटेकी छिन् । रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय नेतृत्वविहीन भएको भन्दै प्रश्न उठन् थालेको छ । तर, प्रधानमन्त्री कार्की भने यी दुवै मन्त्रालय आँफै राख्ने निश्कर्षमा पुगेकी छिन् । जेनजी आन्दोलनका अगुवाहरुको भावनासमेत समेट्नेगरि प्रधानमन्त्री कार्की आज साँझसम्म मन्त्रिहरुको नाम तय गर्नेगरि छलफलमा जुटेकी छिन् । तिहारअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बालुवाटारको तयारी छ । यसअघि प्रस्तावित नामहरु विवादमा परेकोले प्रधानमन्त्री कार्की…
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जेन–जी विद्रोह आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने कुरामा असफल भएको बताएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले जेन–जी आन्दोलन संसद् भंग गर्ने र अन्तरिम सरकार बनाउनेसम्म पुगे पनि बलिदान, जीवनको आहुती, नेपाली जनताले दिएको साथ, लाखौं जनता सडकमा निस्किएको आन्दोलनको मर्मलाई पूरा गर्नेखालको राजनीतिक उद्देश्य भने प्राप्त हुन नसकेको बताएका हुन् । जेन–जी आन्दोलनको जगमा बरु उल्टो नयाँ षड्यन्त्रहरु देखिएको विप्लवको भनाइ छ । विप्लवले जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार उनीहरुले उठाएको मागअनुकूल र अनुरुप नभएको बताए । कार्की नेतृत्वको सरकार बनाउँदाखेरी नै…
काठमाण्डौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्यले पदबाट राजीनामा दिएका छन्। आफूले राजीनामा दिएपछि उनले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन्। स्वास्थ्यका कारण महासचिवले पद छोडेको र सल्लाहकारमा बस्ने गजुुरेलले बताए। क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले आफूलाई महासचिवका रुपमा अनुुमोदन पनि गरिसकेको उनले बताए। पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । उनले पार्टी महासचिवको पद छोडेका हुन् । ‘स्वास्थ्यको कारणले राजीनामा दिनुु भएको हो, पार्टी छाडेको होइन,’ गजुरेलले भने, ‘उहाँ सल्लाहकारमा बस्नुहुन्छ। अनि महासचिवको नेतृत्वमा बन्ने विशेष समितिमा पनि रहनुहुन्छ। ‘म पूर्ण महासचिव भइसकेँ। केन्द्रीय समिति बैठकले नै महासचिवका रुपमा अनुमोदन गरिसकेको छ,’ उनले…
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले अहिलेको केन्द्रीय समितिको म्याद थप्न नहुने बताएका छन् । केन्द्रीय सदस्य गुरु घिमिरे, मनोजमणि आचार्य लगायतले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको म्याद थपिने आशंका गर्दै त्यसो गर्न नहुने बताए । पत्रकार सम्मेलनमा बोल्दै आचार्यले समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्न खोजिएको आरोप लगाए । उनले भने, ‘असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक विनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक छठपछि अर्थात् कात्तिक १३ पछि मात्र डाकिएको र कहिले सकिने समेत टुङ्गो नभएकाले वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत…
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध अमेरिकाभर विशाल प्रदर्शन भएको छ। “नो किङ्स” नाम दिइएको आन्दोलन न्युयोर्क, वासिङ्टन डीसी, शिकागो, मियामी र लस एन्जलससहितका ठूला शहरमा एकैसाथ सुरु भएको हो। न्युयोर्कको प्रसिद्ध टाइम्स स्क्वायरमा स्थानीय समय अनुसार बिहानैदेखि हजारौँ प्रदर्शनकारी भेला भए। राजतन्त्र नभइ लोकतन्त्र चाहिने जस्ता नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शनकारीहरूले सडक र सबवे प्रवेशद्वार भरिएको थियो। ट्रम्प प्रशासनले कार्यकारी आदेशमार्फत् संसदले पास गरेको बजेट रोक्ने, संघीय निकाय विघटन गर्ने र राज्यहरूको विरोध हुँदाहुँदै नेशनल गार्ड परिचालन गर्ने जस्ता कदम संविधानविपरीत भएको प्रदर्शनकारीले आरोप लगाएका छन्। ट्रम्पका पछिल्ला नीतिहरुले उनलाई संचारमाध्यमहरुले राजाको संज्ञा दिन थालेका छन्। बीबीसीका अनुसार ट्रम्पले…
काठमाडौँ। सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता गरी वर्षौँदेखि काम नगरेर आयोजना अलपत्र पार्ने २५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको छ। सडक विभागअन्तर्गत पुष्पलाल ( मध्यपहाडी ) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयहरूले यी ठेक्काहरू तोड्न प्रक्रिया थालेका हुन्। शुक्रवार १७ र शनिवार १ गरी हालसम्म १८ ठेक्काबारे प्रक्रिया सुरु भइसकेको छ भने आइतबार थप सात ठेक्कासम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरिएको छ। सडक डिभिजन कार्यालय काठमाडौंले ७, ओखलढुङ्गा र अछामले ५–५, पाल्पाले ४, धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले १–१ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका हुन्।…
पाल्पा । हिन्दुहरूको दोस्रो ठुलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका बजारमा झिनियाँ बिक्री बढ्दो छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप झिनियाँ दिने गर्दछन् । जसका कारण यसको माग बढ्दो छ । यति बेला यहाँका महिला उद्यमीलाई झिनियाँ बनाएर बेच्न भ्याइनभ्याई छ । तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकार पनि स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका छन् । जिल्लाका तानसेन, निस्दीको गल्धा, रामपुर नगरपालिका, रम्भा, माथागढी, रिब्दीकोट, बगनासकालीलगायत पालिकाका महिला यति बेला झिनियाँ…
काठमाडौ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी…
काठमाडौं। सरकारले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई लक्षित गर्दै आज सुरक्षा रणनीतिबारे छलफल गर्दैछ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज दिउँसो बस्ने केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले शान्तिपूर्णरूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल हुन लागेको हो । उक्त छलफलमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी रहनेछन्। गृहमन्त्री अर्यालले मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गठन गरेका थिए । यस समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क